• बिहीबार, १८ पौष, २०८१
  • ०५:३४:५२

कस्तो छ २८ करोडमा बिक्रि भएको टोपी ?

काठमाडौं ।यूरोप साम्राराज्यमा शासन गरेका चर्चित राजनीतिज्ञ नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ।  प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको 'ह्याट' २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ।   तर यो  टोपी किन्ने व्यक्तिको नाम भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । 


  २ तर्फ चुच्चो परेको र त्रिरङ्गी ब्याच भएको फ्रान्सेली शासकको उक्त “ब्ल्याक बिभर” ह्याट फ्रान्सको प्यारिस स्थित ओसेनट अक्सन हाउसमा बिक्रीका लागि राखिनु अघि प्रदर्शनीमा राखिएको थियो। उहाँले आफ्नो जीवनकालमा १ सय २० वटा जति यस्ता टोपी प्रयोग गर्नुभएको थिए।  यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन ६ लाख देखि ८ लाख युरो गरिएको थियो।

यद्यपि त्यसमध्ये २० वटा मात्रै बाँकी रहेको र अधिकांश निजी सङ्कलनमा रहेको बताइन्छ।  यो टोपी बिक्रीका लागि राखिएको ओसेनट अक्सन हाउसमा सन् १८१५ मा नेपोलियनले भूमध्यसागर पार गर्ने क्रममा लगाएको कोकेड पनि टाँसिएको छ। 

नेपोलियनले यो टोपी लगाउने शैली अन्य अफिसरहरूले लगाउने भन्दा भिन्नै हुने गर्थ्यो।   यहाँ बिक्रीमा राखिएका अन्य सामग्रीहरूमा सन् १८१५ मा वाटरलूमा उहाँ पराजित भएपछि नेपोलियनको बग्गीबाट लुटिएको  सामग्रीहरू छन्।