• शनिबार, १२ श्रावण, २०८१
  • ०९:४०:२३

संकट र संघर्ष : दक्षिण कोरियाको समृद्धिको धरातल

सोल (दक्षिण कोरिया) ।  ३५ वर्षको जापानी उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्र भएको भई  सिंगो कोरिया विभाजित भएर  बनेको  दक्षिण कोरिया अहिले संसारमा आर्थिक तथा ब्यापारिक प्रभाव पार्ने मुलुक भएको छ।  सिंगो कोरिया  दुई कोरिया विभाजित हुदा दक्षिण कोरिया आर्थिक तथा अन्य बिकासका दृष्टिले धेरै पछाडी थियो।  तर अहिले उत्तर कोरिया भन्दा दक्षिण कोरिया आर्थिक र अन्य बिकासमा धेरै अगाडी छ।  यो लेखमा दुई कोरियाको तुलना गर्न खोजिएको होइन तर राजनीतिक नेतृव सहि भयो र विकासमा स्पष्टता भयो भने एउटा मुलुकले कसरी छलांग मार्न सक्छ भन्ने कुराको उदाहरण भने दक्षिण कोरिया पक्कै हो। 

 सन्  १९५३ जुलाईमा  उत्तर कोरिया संगको युद्धको समाप्ति पछि  दक्षिण कोरियाले राज्य बिकासको उपयुक्त मोडेल खोजिरहेको थियो।   तर दक्षिण कोरियाले संसारलाई नै चकित पर्ने गरि हासिल गरेको बिकासको अहिले अवस्थाको जग भने सन् १९६० दशक बाट बसालेको देखिन्छ।  

गणतन्त्र कोरियाको राष्ट्रपति भवन परिसर 

  मुलुकलाई समृद्धिको बाटोतिर लैजान कृषिमा आश्रित अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गर्ने सोचका साथ सैन्य कुबाट आएका  तात्कालिन राष्ट्रपति पार्क चुङ हीले आर्थिक विकासको नयाँ लक्ष्य र रणनीति  बनाए । उनको  अवधारणाअनुरुप सन् १९६० को दशकमा कोरियाले औद्योगिक युगमा प्रवेश गर्ने उद्घोषका साथ निर्यातलाई प्रवद्र्धन गर्ने कानून सहित कोरिया व्यापार प्रवद्र्धन संस्थान तथा अन्य निकायहरुको  स्थापना ग¥यो । राज्य संचालनको न्युनतम आधारमाहरु जुटाउन   संघर्ष गरिरहेको बेलामा कोरिएको बिकासको रेखाले  आजको विकसित कोरियाको  बनाउन भूमिका खेलेको  तथ्यहरुबाट देखिन्छ।   

सन् १९६४ मा वृहत्तर अटोमोबाइल्स प्रवद्र्धन योजना लागु गर्दै स्वदेशमै कार उत्पादनलाई प्रोत्साहन गरियो ।   कोरियन अटोमोबाइल्सले विश्वभरी आज जसरी बजार प्रभाव जमाएको छ, त्यसको प्रवेश विन्दु  नै यहि योजनालाई मानिन्छ ।

निर्यातमुखी नीतिले खोलेको ढोका  
कोरियामा सन् १९६० सम्म ४० प्रतिशत उद्योगधन्दाहरु कृषिमा आधारित थिए । देशमा बेरोजगारीको  समस्या बढ्दै थियो ।  त्यतिखेर उर्जाको उच्च अभाव भएका कारण राज्यले उर्जा कम खपत हुने हलुका बस्तुको उत्पादनलाई प्रथमिकता दिएर औद्योगिक यात्रा सुरु ग¥यो।  हेभी मेसिनरी उत्पादनका लागि पनि दीर्घकालिन योजना बनायो । यस अन्तर्गत जापानबाट आयातित पार्ट पुर्जाको एसेम्बल गरेर उत्पादन गरिने कारलाई निरुत्साहन गर्दै सन् १९६२ मा अटोमोबाइल्स संरक्षण ऐन पारित गरियो ।  सन् १९६४ मा वृहत्तर अटोमोबाइल्स प्रवद्र्धन योजना लागु गर्दै स्वदेशमै कार उत्पादनलाई प्रोत्साहन गरियो ।  कोरियन अटोमोबाइल्सले विश्वभरी आज जसरी बजार प्रभाव जमाएको छ, त्यसको प्रवेश विन्दु  नै यहि योजनालाई मानिन्छ ।

अर्को तर्फ सरकारले तत्कालका लागि उर्जा थोरै खपत हुने र रोजगारी श्रृजना गर्ने हलुका वस्तुको उत्पादन तथा निर्यातलाई प्राथमिकतामा राख्यो । सरकारको यो रणनीति प्रभावकारी भयो भन्ने कुरा हलुका वस्तुको निर्यात परिमाण सन् १९७० मा कोरियाको विग (नक्कली कपाल) विश्व बजारमा धेरै लोकप्रिय भइ ९४ मिलियन अमेरिकी डलरको विग  निर्यात भएको तथ्यले देखाउँछ, जुन कोरियाकै तेस्रो ठूलो निर्यात वस्तु थियो । यदि राज्यको ध्यान गयो भने एउटा नक्कली कपालको उत्पादन र निर्यातबाट पनि मुलुकको आर्थिक विकासमा टेवा पुग्न सक्छ भन्ने कुराको गतिलो उदाहरणको रुपमा यो तथ्यलाई लिन सकिन्छ । त्यति मात्र होइन, सन् १९७० को दशकमा कोरिया कपडाजन्य वस्तु निर्यातमा विश्वकै तेस्रो मुलुक बन्यो । सरकारी तथ्यांक अनुसार सन् १९८० मा कपडाको निर्यात सन् १९६३ को भन्दा २ सय ८३ गुणा बढी भयो ।   यो तथ्यले निर्यात प्रति राज्य निकै मेहनत गरेर लागि परेको देखाउछ।  

विश्वका ३१ मुलुकमा समुद्री खानाहरु निर्यात गर्ने हंग संग कम्पनीका प्रमुख कार्यकारी जुन हो लिम। यो कम्पनी सन् १९६३ मा स्थापना भएको थियो। 


सन् १९७१ मा कोरियाको कूल निर्यातमा ७२ प्रतिशत हिस्सा यिनै हलुका वस्तुको थियो । तर यही दशकमा यी वस्तुको निर्यात घट्ने संकेत देखिएपछि सरकारले अटो मोबाइल्स, स्टिल, शिप जस्ता गह्रौ वस्तुहरुको उत्पादनलाई प्राथमिकतामा राखे अघि बढायो ।  
निजि क्षेत्रलाई लामो अवधिका लागि सहुलियत दरको कर्जा, जमिनको व्यवस्था, जनशक्ति तालिम तथा पूर्वाधार क्षेत्रमा सहयोग गर्दै सरकारले निजि क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने किसिमका गाडी, पानीजहाज, स्टिलजस्ता ठूला उद्योगको लगानीमा आकर्षण गर्न सन् १९६७ मा ६ वटा ऐनहरु ल्यायो । सन् १९८६ मा सबै ऐनलाई एकिकृत गर्दै औद्योगिक विकास ऐन ल्याई पुराना कानूलाई विस्थापित गरियो । यो कार्यले कोरियाको औद्योगिक विकास र निर्यातमा अर्को फट्को मार्ने काम ग¥यो । यिनै सुधारले गर्दा सन् १९६० देखि १९८० को बिचमा कोरियाले १६ प्रतिशतको औषत बृद्धि हासिल ग¥यो ।  

२ सय ८८ पटकको परिक्षण  पछि सन् १९९१ मा कोरियाले आफ्नै अल्फा इञ्जिन उत्पादन शुरु ग¥यो र सन् १९९५ मा विश्वकै पाँचौ ठूलो कार उत्पादक मुलुक बन्यो, जुन आज कोरियाले विश्व बजारमा कार साम्राराज्य खडा गर्ने आधार बनेको छ ।

सन् १९७३ मा ल्याएको अटोमोबाइल्स प्रवद्र्धन योजनाले  विदेशबाट आयातित पार्टपूर्जामा आधारित एसेम्बल कार उत्पादनलाई निरुत्साहन गर्दै स्वदेशी कार उत्पादनलाई प्राथमिकतामा राखेपछि अब अटोमोबाइल्स उद्योगको विकास शुरु भयो । सरकारको यहि नीतिका आधारमा सन् १९७६ मा ‘हुन्डाइ’ कम्पनीको ‘पोनी’ कारले पहिलो पटक इक्वडरमा ५ वटा कार निर्यात गरी कोरियाका लागि अटोमोबाइल्सको विश्व बजार खोलिदियो । पोनीले यति लोकप्रियता पायो कि शुरु गरेकै ७ वर्षमा अमेरिकी बजारमा वार्षिक साढे एक लाख बढी कार बिक्रि ग¥यो ।  आज विश्वभरि कोरियन कारको बर्चश्वको आधार यहि बाट शुरु भएको  कोरियनहरु बताउछन्।  तर  निर्यातको सफलता त्यति सजिलै प्रप्त भएको थिएन।  एक दस्तावेजमा उल्लेख भए अनुसार २ सय ८८ पटकको परिक्षण  पछि सन् १९९१ मा कोरियाले आफ्नै अल्फा इञ्जिन उत्पादन शुरु ग¥यो र सन् १९९५ मा विश्वकै पाँचौ ठूलो कार उत्पादक मुलुक बन्यो, जुन आज कोरियाले विश्व बजारमा कार साम्राराज्य खडा गर्ने आधार बनेको छ । सन् १९९० को दशकमा  पानीजहाज उत्पादन र निर्यातमा पनि अद्भूत सफलता पाए पछि  कोरियाले  औद्योगिक विकासमा  फट्को मार्ने आधार बन्यो र अर्थतन्त्र पनि बलियो भयो ।
 

विश्वले भोगेको आर्थिक मन्दीको प्रभावले गर्दा सन् १९९० को उत्तरार्धमा कोरियोले अर्को  आर्थिक संकट व्यहोर्यो । खासगरी  विदेशी मुद्राको सञ्चय उल्लेखनीय रुपमा घट्यो । यो संकट टार्नका लागि चलाइएको अभियानबाट सन् १९९७ मा नागरिकले २।२ बिलियन अमेरीकि डलर बराबरको सुन दान गरे जसको हिस्सा  सरकारको ढुकुटीमा भएको  कूल विदेशी विनियमको २४ प्रतिशत थियो । नागरिक र सरकारले साझेदारी गरेर यो संकटलाई टारेपछि कोरियाको विकासले अर्को फट्को मार्ने आधार तयार भयो । यो संकट टारेपछि कोरियाले आफ्नो विकासको गतिलाई फेरि बढायो । विकाको गति यसरी बढ्यो कि  सन् २००१ मा विश्व मुद्रा कोषबाट लिएको ऋण तोकिएको समयसिमा अघि नै भुक्तानी ग¥यो ।  अहिले पनि कोरिया  अटोमोबाइल्ससंगै पानीजहाज, स्टिल, मोबाइल फोन लगायतका विद्युतीय उपकरणको निर्यात व्यापारमा अग्रण्ी स्थानमा छ । तथ्यांकहरुलाई केलाउँदा ले स्मार्ट फोनको विश्व बजारमा कोरियाको हिस्सा झण्डै एक चौथाइ देखिन्छ । 

सन् १९५३ मा ६७ डलर प्रति व्यक्ति आम्दानी भएको अति कम विकसित मुलुक कोरियामा सन् २०१८ मा ३१ हजार ३ सय ५० अमेरिकी डलर भएको सरकारी अभिलेखमा देखिन्छ, जुन ४ सय ४० गुणाले बढि हो । अहिले कोरिया विकसित मुलुकको सूचीमा मात्र परेको छैन, विश्वमै प्रभाव जमाउँने आर्थिक तथा औद्योगिक नेतृत्व गरिरहेको छ । यहाँको विकास मोडेल संसारका लागि सिक्न लायक बनेको छ । आजको समृद्धि संकटका क्षणबाट जन्मिएको कोरियनहरु बताउँछन् । उनिहरु यसमा गर्व गर्छन् । दक्षिण कोरियाले युद्ध र विभाजनको संकट भोगिरहेका बेलामा सहज अवस्थामा रहेका कैयौं मुलुकहरु अहिले पनि विश्वका अति कम विकसित मुलुकको सूचीमा छन् । यसको  उदाहरण नेपाल पनि  हो । तर वितेका ६ दशको अवधिमा दक्षिण कोरियाले आफूलाई अति कम विकसित मुलुकबाट विकसित मुलुकमा दर्ज गरायो । यसको यो सफलता केवल विकसित मुलुकको  सूचीमा मात्र सिमित छैन, यो संगै मेहनत, इमान्दारिता, नागरिकको विश्वास आर्जन र राष्ट्र निर्माणमा सामूहिक अनुशासनको महत्व कचि हुन्छ भन्ने कुरा पनि यहाँको विकास मोडेलमा देखिन्छ । 

कोरियाले राष्ट्रिय वैभवको सुचिमा राखेको पगोडा शैलीको मन्दिर

संकटमा पनि देश विकासको यथार्थ र इमान्दार प्रयास गर्ने नेतृत्वलाई जनताले साथ दिन्छन् र यहि विश्वासपूर्ण साझेदारीबाट मुलुक बन्छ भन्ने पाठ कोरियाबाट सिक्न सकिन्छ ।  संकटमा पनि समृद्धिको सोच राखी सोही बमोजिमको योजना, नीति र कार्यक्रम अनि काम गरेमा राज्यले विकासमा फट्को मार्छ अनि राज्यप्रति नागरिकको विश्वास पनि बढ्छ भन्ने कुराको उदाहरण हो दक्षिण कोरियाको विकास मोडेल । संकटलाई निराशा होइन, आशाको अवसरको रुपमा नेतृत्वले बुझेमा राष्ट्रिय विकासले स्पष्ट लय लिन्छ र यो लय जुनसुकै सरकार आए पनि अलमल र ढलमलमा पर्दैन भन्ने कुरा यहाँको विकासबाट जो कोहिले सिक्न सक्छ ।