• शुक्रबार, १८ फाल्गुण, २०८०
  • ११:४९:१२

जाजरकोट भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

काठमाडौँ । जाजरकोट भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु  अर्ब रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये मंगलबार रु ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ ।

“हिजो मात्रै अर्थ मन्त्रालयले १ अर्ब निकासा गरेको थियो, हामीले आज तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौँ,”प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भन्नुभयो ।

उहाँले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिनुभयो । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु १ अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा ५ करोड पठाइएको बताउनुभयो । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु १ अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार ३ सय ३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत ४ हजार ३ सय ६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ।