• शनिबार, १२ श्रावण, २०८१
  • ०५:४७:३८

चुकन्दर र गाजर जर्मन निर्यात गर्दै छविलाल न्यौपाने

काठमाडौं । ९ बर्ष अघिबाट व्यावसायिक अर्ग्यानिक कृषि उत्पादन गर्दै आउनु भएका किसान छविलाल न्यौपानेले चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर जर्मन  निर्यात गर्न लाग्नु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत चितवनका एक दर्जन किसानले  अर्ग्यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर चुकन्दर र गाजर पठाउन लाग्नु भएको हो ।

जिल्ला प्राङ्गारिक संघ, चितवन मार्फत फागुनको अन्तसम्ममा सय टन चुकन्दर र सय टन गाजर निर्यात गर्न लागिएको प्रभातका सञ्चालक  न्यौपानेले जानकारी दिनुभयो  । चुकन्दर र गाजर उत्पादन र निर्यातको लागि  पेश्की रकम समेत प्राप्त भइसकेको उहाँले बताउनुभयो । ‘हामीले फागुनसम्म यसको उत्पादन सबै दिइसक्नुपर्छ । यसपछि सुर्खेतमा जर्मनहरूकै प्रशोधन कारखाना छ , उहाँले भन्नुभयो , त्यहाँबाट यसको प्रशोधन गरेर सातु (धुलो) जर्मन लगिन्छ ।’ अर्ग्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च भएको कारण आगामी वर्षदेखि यस खेतीको विस्तार समेत गरिने न्यौपानेको भनाई छ  । जर्मन निर्यातको लागि  न्यौपानेको  डेढ विघा बारीमा  ३० टन चुकन्दर र करिब २० टन गाजर उत्पादन हुने प्रक्षेपण छ । 

उहाँले यसअघि पनि अर्ग्यानिक भ्याली  र अर्ग्यानिक भेन्चर बिक्रेता मार्फत अर्ग्यानिक तरकारी, धान, मकै, गहुँ, तोरी, तरकारी लगायतका कृषि उपज बिक्री गर्दै आउनु भएको छ ।  ‘हामीले गर्ने हरेक उत्पादन शुन्य एग्रोभेट विलिङ्गको उत्पादन हो, उहाँले भन्नुभयो , यसलाई चाहिने मल र विषादी पनि प्राङ्गारिक नै हुन्छ ।’    

अन्य कृषि उपज भन्दा चुकन्दर र गाजर खेतीमा रोगको जोखिम कम भएकोले उत्पादन र मुनाफा पनि सुनिश्चित हुने न्यौपानेले बताउनु भयो  । झण्डै तीनदशक अघि आफ्नो घरको लागि मात्र अर्ग्यानिक कृषि उत्पादन गर्दै आउनु भएका न्यौपानेले ९ बर्ष अघिबाट अर्ग्यानिक उत्पादनको अभियान शुरु गर्नुभएको हो ।

 

बिना रसायन माटोलाई स्वस्थ बनाउन वर्षौसमय लाग्ने र माटो स्वस्थ भएपछि उत्पादन वृद्धि हुनुका साथै लागत पनि कम लाग्ने उहाँको भनाई छ । ‘अहिले रासायनिक मल भन्दा प्राङ्गारिक मलबाट उत्पादन गर्दा मलाई बढी मुनाफा हुने गरेको छ, उहाँले भन्नुभयो, उत्पादन स्वस्थ पनि हुन्छ टेष्टी र स्टोरेज पनि बढी गर्न सकिन्छ ।’ किसानले  उत्पादन गरेका चुकन्दरको बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट सिफारिस गरेको स्थानीय बीउबाट उत्पादन गरिएको हो । 

यसलाई विषादीबाट बचाउन र माटो स्वस्थ राख्न यसको वरपर अन्य उपज लगाएर छेकबार गरिन्छ । अहिले कम्पनीले अर्डर गरेपछि बेलाबेलामा आएर बारीमा आउने, निरीक्षण गर्ने काम गरिरहेको उहाँले बताउनु भयो  । उहाँले  यो अर्ग्यानिक चुकन्दर एउटै १ केजीभन्दा बढी वजनको हुने अनुमान गर्नु भएको छ । 

अन्य कृषि उपज भन्दा चुकन्दर र गाजर खेतीमा रोगको जोखिम कम भएकोले उत्पादन र मुनाफा पनि सुनिश्चित हुने न्यौपानेले बताउनु भयो  । झण्डै तीनदशक अघि आफ्नो घरको लागि मात्र अर्ग्यानिक कृषि उत्पादन गर्दै आउनु भएका न्यौपानेले ९ बर्ष अघिबाट अर्ग्यानिक उत्पादनको अभियान शुरु गर्नुभएको हो । न्यौपानेले मौसम र माग आए अनुसार अर्ग्यानिक तरकारी, तोरी, धान, मकै, गहुँ लगायतका अन्य नगदे बालीको उत्पादन तथा बिक्री गर्दै आउनु भएको  छ । एनटिभि बाट