• शुक्रबार, २ कार्तिक, २०८१
  • ०३:२८:५०

दशैंको टीका लगाउँने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

बाठमाडौं । घटस्थापनाको दिन  विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा  प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।  देवी विसर्जनको साइत बिहान ८ः३३ बजे रहेको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ३६  मिनेटमा उत्तम  साइत रहेको छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ भने टीका लगाइदिने ब्यक्ति पश्मितिर फर्किनु पर्नेछ । 

दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ ।ठूला वा मान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको बताइएको छ ।