• शनिबार, ६ पौष, २०८१
  • ०८:४६:०१

३ सय गोरखालीले २४ सय अंग्रेजलाई हायलकायल पारेको सिन्धुलीगढी युद्ध   

काठमाडौँ । सिन्धुली गढी नेपालको इतिहासमा लेखिएको नेपालीको बहादुरीको गाथा मात्र होइन,  लोकलयमा समेटिएको भाका पनि हो । ‘‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई, कत्तिमा राम्रो दरबार  मार्यो नि मायाले मार्यो  बोलको गीतले सिन्धुलीगढीलाई सबैमाझ चिनाएको छ । लोकगायक  स्वर्गीय कृष्णविक्रम थापाले  वि.स. २०३६ सालमा यहि गीत गाएर प्रथम स्थान हासि गरेका थिए । त्यसयता यो गीत सधै बजिरहन्छ । अनि यहि गीतले सिन्धुलीगढीलाई चिनाएको छ । 


तर सिन्धुलीगढीको इतिहास, महिमा र महत्वको यो गीत भन्दा पनि अझ परसम्म फैलिएको छ । यस स्थालने धार्मिक, पुरातात्विक,सामरिक तथा सभ्यताको महत्व बोकेको छ ।

वि.सं. १७३८ मा सिन्धुली मकवानपुर राज्यअन्तर्गत राजा माणिक सेनको ठाकुराई मातहत थियो । यसै समयमा कमला नदीभन्दा पूर्वको भाग मान्धाता सेनको राज्य थियो । माणिक सेन र मान्धाता सेनबीच राज्यको भागबन्डामा किचलो उत्पन्न भइरहेको बखत कान्तिपुरे राजा पार्थिवेन्द्र मल्लले सिन्धुलीगढीलाई आफ्नो अधीनमा पारे । 

 जहाँ मानव बस्तीको पुरानो इतिहास हुन्छ, त्यहाँ राजनीतिक, सांस्कृतिक अस्तित्वको वैभवता पनि हुन्छ । त्यसको एक उदाहरणको रुपमा लिन सकिन्छ  सिन्धुली गढीलाई ।  याज्ञवल्क्य स्मृतिमा सिज्धुली (विदेहको उत्तरी पहाडी भूमी) लाई याज्ञवल्क्यले तपस्या गरेको स्थान भनेर मानिएको छ । इतिहासका विभिन्न कालखण्डहरुमा राजा, महाराजाको शासन, हस्तक्षेप, आक्रमण, प्रत्याक्रमणमा सिन्धुली साक्षी भएर उभिएको छ । प्रमाणित दस्तावेजलाई आधार मान्दा पार्थिवेन्द्र मल्लको पालादेखि सिन्धुली  गढी क्षेत्रमा सैनिक गतिविधि बढेको पाइन्छ । 

वि.सं. १७३८ मा सिन्धुली मकवानपुर राज्यअन्तर्गत राजा माणिक सेनको ठाकुराई मातहत थियो । यसै समयमा कमला नदीभन्दा पूर्वको भाग मान्धाता सेनको राज्य थियो । माणिक सेन र मान्धाता सेनबीच राज्यको भागबन्डामा किचलो उत्पन्न भइरहेको बखत कान्तिपुरे राजा पार्थिवेन्द्र मल्लले सिन्धुलीगढीलाई आफ्नो अधीनमा पारे । 
कान्तिपुरे राजा शिवसिं मल्लले वि.सं. १६५५ तिर कान्तिपुर राज्यलाई सिन्धुलीसम्म फैलाएका थिए । यसै समयमा यिनले सिन्धुलीको कमलामाई मन्दिरमा एउटा चाँदीको कमलको फूल पनि चढाएका थिए । 

मान्धाता सेनको मृत्युपश्चात् मोरङ र विजयपुरका राजा विधाता इन्द्र सेनले झगडालाई अझ तीव्र बनाउन थाले । उनले कान्तिपुरे राजाको सहयोग लिएर एक मकवानपुर बनाउने रणनीति लिएका थिए । 

वि.सं. १७४८ असोजमा मोरङ र विजयपुरका तत्कालीन वादशाह विधाता इन्द्र सेन कान्तिपुर गई राजा भूपालेन्द्र मल्लसँग बृहत् मकवानपुर निर्माण गर्न सैनिक सहयोगका लागि भेट गरेका थिए । 

नेपाल अभियानअन्तर्गत कम्पनी सेनाहरू यो गढीसम्म आइपुगेका बेला यस गढीक्षेत्रमा ठूलो बंगला, भीमसेनको मन्दिर तथा ठूलो ढुङ्गे कुवा भएको कुरा कप्तान किनलोकले उल्लेख गरेकाले आजभन्दा करिब २ सय ५० वर्षअघि सिन्धुलीगढीको सामरिक रूपमा अस्तित्व थियो भन्ने बुझ्न सकिन्छ । नेपालको एकीकरणपश्चात् सिन्धुलीगढीलाई तत्कालीन शाहवंशीय राजाहरूले अझ बढी महत्व दिएका थिए ।  रणबहादुर शाहले सिन्धुलीगढी क्षेत्रमा अवस्थित पौवागढीको मर्मत सम्भार गर्नुका साथै आडको निर्माणसमेत गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा सिन्धुलीगढीमा ठूलो संख्यामा नेपाली सेना तैनाथ गरिएको थियो ।

बंगाली सेनालाई सोत्तर 
पृथ्वीनारायण शाह मकवानपुर राज्यका अन्तिम राजा दिग्बन्धन सेनका  बहिनी ज्वाइँ थिए । समान उमेरका दिग्बन्धन सेनलाई बहिनी ज्वाइँ पृथ्वीनारायण शाहले आफ्नी साक्खै बहिनी इन्द्रकुमारीको डोला नबुझेर मकवानपुर राजाको मानमर्दन गरेको कुरामा भित्रभित्रै प्रतिशोधको भावना पलाएको थियो ।  

राजा हेमकर्ण सेनको मृत्युपश्चात् वि.सं. १८१६ मा मकवानपुरको राजा भएका दिग्बन्धन सेनको शुरुको ३ वर्ष  गोर्खालीको सम्भावित आक्रमणबाट बच्ने  रणनीति तयार गर्दै बितेको थियो । बंगालका सुल्तानले आवश्यक परेको बखतमा दिग्बन्धनलाई सैन्य सहयोग दिने बचन गरेका पनि  थिए ।  तर वि.सं. १८१९ को भाद्र १९ गते गोर्खाली सेनाले अकस्मात्  मकवानपुर राज्यमा आक्रमण गर्यो ।  आक्रमणबाट पराजित भई राजा दिग्बन्धन सेन मन्त्री कनक सिंह बानियाँसहित सपरिबार भागेर हरिहरपुरगढीमा लुक्न पुगे ।


करिब एक महिनापछि गोर्खालीहरूले यी सबैलाई हरिहरपुरगढीमा नै पक्राउ गरे । पक्राउबाट उम्कन सफल भएका राजा दिग्बन्धन सेन र मन्त्री कनकसिं बानियाँले बंगालका तत्कालीन शासक मिरकासिमसँग पूर्ववचन अनुसार सैन्य सहयोग माग्न पुगे । मिरकासिमले पनि २ हजार जति फौज मकवानपुरको सहयोगार्थ पठाए । तर, ढडुवाबासमा गोर्खालीहरूले एक्कासि आक्रमण गरिदिँदा बंगाली फौजको नराम्रो क्षति भयो । उनिहरु हारे । यो जितले गोरखाली सेनाको मनोबल झन् बढ्यो  भने शत्रु पक्षको मनोबल झन् घट्यो । अनि मकवानपुर सदाका लागि नेपाल राज्यमा गाभियो । 

सिन्धुलीमा अंग्रेज सेनाको प्रवेश  

इस्ट इण्डिया कम्पनीले उत्तर भारतको बंगाललाई अपार साधन र स्रोतको केन्द्र मानेर आँखा गाडिरहेको थियो । २२ अक्टोबर १७६४ मा भारतको बक्सारमा भएको युद्धमा भारतीयहरूले हारेपछि भारतमाथि अंग्रेजको शासन चल्यो । यता पृथ्वीनारायण शाह नेपाल एकीकरणको अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै आइरहेका थिए ।

उनले दुई शक्तिशाली राज्यहरू मकवानपुर र कीर्तिपुरलाई पराजित गरी गोर्खा राज्यमा गाभेपछि कान्तिपुरलाई  गाभ्नुपर्ने बाध्यता आइसकेको थियो । यो अवस्थामा कान्तिपुरे राजा जयप्रकाश मल्लले बंगालका गभर्नरसँग गोरखाली फौजविरुद्ध लड्न सहयोगको याचना गरे । भारतमा बक्सारको विजय उन्मादमा मस्त भएको अंग्रेजको आँखा स्वाभाविक रूपले बंगालनजिकैको सानो तथा प्राकृतिक स्रोतको विपुलता भएको देश नेपालतिर गाडिन थालेको थियो ।

उनका १६ सय सेनाहरू यस युद्धमा मारिए ।  कप्तान किनलोकसहित बचेका ८ सय सेनाहरूको भागाभाग भयो । किनलोकले जयप्रकाश मल्लका दुतहरुले दिएको सूचनाका आधारमा तयार पारेको विवरणमा त्यतिखेर गोरखाली सेनामा कूल ५० हजार सैनिक भएको,त्यसमध्ये २० हजार सेना लडाईमा होमिएको र ३० हजार सेना आफ्नो राज्यको सुरक्षका लागि खटिएको उल्लेख छ । सिन्धुलीगढीमा भने ३ सय गोरखाली सेना मात्र भएको किनलोकले उल्लेख गरेका छन् । यिनै ३ सय गोरखाली सेनाले २४ सय ब्रिटिश सेनामध्ये १६ सयको ज्यान लिएका थिए भने बाँचेका ८ सय सेना त्यहाँबाट भागेका थिए ।  

जयप्रकाश मल्लले गोर्खाविरुद्ध लड्न आवश्यक पर्ने सैनिक सहयोगका लागि गरेको अनुरोधलाई इस्ट इण्डिया कम्पनीअन्तर्गत बंगालका तत्कालीन गभर्नर ह्यारी वेरेल्स्टले एक सुनौलो अवसर प्राप्त भएको महसुस गरे । ह्यारीले जयप्रकाश मल्लका २ जना दूतहरूसँग कान्तिपुरको बारेमा सूचना लिएर सहयोगकोका लागि स्वीकृति प्रदान गरे । यसपछि कलकत्ताबाट कप्तान किनलोकको नेतृत्वमा कम्पनीतर्फका र भारतीयतर्फका गरी करिब २ हजार ४ सय सेना १८ कम्पनीमा विभाजित भई काठमाडौंतर्फ पठाए ।

क्याप्टेन किनलकको फौज काठमाडौं आउँदै गर्दा बर्षात्ले गर्दा उनिहरुको यात्रा निकै कठिन भएको थियो । वर्षातको समयमा हातहतियार तथा खाद्यान्नलगाएतका वस्तुहरुका साथ गण्डकी, बाग्मती र कमल नदी पार गर्दै जनकपुरसम्म ल्याउनुपर्दा धेरै कठिन भइसकेको थियो । यसका वावजुत पनि उक्त टोली  वि.सं. १८२४ असोज ३ गते जनकपुर आइपुग्यो । जनकपुरमा दानदेव चौधरीले रसदपानीको व्यवस्था गर्नेछन् भनेर विश्वस्त दिलाइएको थियो तर, चौधरीले किनलोकलाई असहयोग गरीदिए । त्यसपछि उनको फौजलाई खानाको जोहो गर्न समेत ठूलो समस्या भयो ।

एकरात अकस्मात् आएको बाढीले रसदपानी र केहि गोलीगठ्ठा समेत बगाइदियो । यस घटनाले त किनलोकलाई नेपाल यात्रा अभियान नै रोक्ने अवस्थामा सोत पुर्याएको थियो । अन्ततोगत्वा धेरै हन्डर, भय, भोक र भविष्यलाई आत्मसात् गर्दै असोज १० गतेतिर किनलोकको फौज कमला नदीको भेललाई पार गर्दै  सिन्धुली आइपुग्यो ।

गोर्खा फौजको युद् तयारी 

ब्रिटिश सेना काठमाडौं जाँदै गरेको सूचना पृथ्वी नारायण शाहले पाइसकेको थिए । सम्पूर्ण विहार आफ्नो हातमा आइसकेको बेला प्राकृतिक सम्पदाले परिपूर्ण देशबाट यी सम्पदाको दोहनमात्र होइन, काठमाडौँबाट चीनका लागि समेत मार्गप्रशस्त हुने अवसर मिल्ने कुरा किनलकले बुझेको हुनुपर्छ भन्ने तर्फ  पृथ्वीनारायण शाहले सोचिसकेका थिए । त्यसैले उनले कुनै पनि हालतमा ब्रिटिशहरुलाई हराउने युद्धको रणनीति सुझबुझका साथ बनाए ।  

यहि बेला नेपालको घेरा उठाउनू र हाम्रा मित्र राजा (जयप्रकाश) का उपर फेरि हमला नगर्नू । त्यसो गरेनौ भने कम्पनीका मर्यादाको रक्षाको निम्ति तिमीलाई हामी शत्रु घोषित गर्नेछौँ, भन्ने आशयको पत्र रम्बोल्डबाट पृथ्वी नारायण शाहलाई आयो । 

यसपछि पृथ्वीनारायण शाहलाई कम्पनीले कान्तिपुरको सहयोगार्थ सैनिक अभियान चलाउने नै भयो भन्ने कुरा पक्का भयो । यस पश्चात उनले युद्धको तयारीसहित विश्वासी सेनानायकहरू कीर्तिपुर जिताउने श्रीहर्ष पन्त र मकवानपुर जिताउने काजी वंशराज पाण्डे (कालु पाण्डेका  छोरा) लाई दक्षिणी मोहडातर्फको आरम्भकै पौवागढीमा तैनाथ गराए ।  यसैगरी सिकारी अफिसर वंशु गुरुङ र खजान्ची वीरभद्र उपाध्यायमाथिको दुर्ग ठूलो गढीमा तैनाथ थिए ।

उता जटिल भूगोल,चिप्लो बाटो, प्रतिकूल मौसमबाट आजित बनेका किनलोकले सबै घटनालाई पुनर्मूल्यांकन गर्दे साहसी सेनाहरूलाई सिन्धुलीगढीमा आक्रमण गर्न तीनतिरबाट खटाए । ढनमनातिरबाट गएको फौजले डाँडाको टापुबाट गोर्खालीहरूको गढी देखे । किनलोकको भनाइमा त्यो गढी अत्यन्त अस्वस्थकर ठाउँ थियो,  जहाँ युद्ध गरेर जित हात पार्न संभव छैन भन्ने लाग्यो । यो अवस्था देखपछि उनले हरिहरपुरको बाटो भएर काठमाडौं छिर्ने योजना बनाए  र सोही अनुसार २४ सयको फौजलाई परिचालन गरे र फौजसहित हरिहरपुर गढी पुगे । 

सिन्धुलीगढीमा गोर्खालीसँग युद्ध हुनुभन्दा करिब ४ वर्ष मात्र अगाडि बेलायतले अर्काे शक्तिशाली देश फ्रान्सलाई हराएर आएको थियो । यस्तो शक्तिशाली देशको सेना सिन्धुलीगढीमा नराम्रोसँग पराजित हुनमा गोरखाली सेनाको उच्च क्षमता र रणकोसल मुख्य थियो । नेपालको छिमेकी राष्ट्र भारतमा तत्कालीन समयमा इस्ट इण्डिया कम्पनीले भारतका राज्य र रजौटाहरूलाई ध्वस्त बनाउँदै आफ्नो हुकुमत कायम गर्दै आइरहेका थिए । यस्तो शक्तिशाली देशको सेनासंग वीर गोर्खालीहरूले डटेर मुकाबिला गरे र उनीहरूलाई नराम्रोसँग हराएर अखण्ड नेपालको परिकल्पना साकार पार्न सहयोग भएको थियो ।

त्यहाँ पनि कठिन भूबनोट, भोक, सैनिक निराशाजस्ता समस्याले किनलोकको काठमाडौं तर्फको यात्रा निराशापूर्ण भयो । गोरखाली सेनाले उनलाई त्यहि कारवाही गर्यो । उनी गोर्खाली अगाडि टिक्न सकेनन् । उनका १६ सय सेनाहरू यस युद्धमा मारिए ।  कप्तान किनलोकसहित बचेका ८ सय सेनाहरूको भागाभाग भयो । 

किनलोकले जयप्रकाश मल्लका दुतहरुले दिएको सूचनाका आधारमा तयार पारेको विवरणमा त्यतिखेर गोरखाली सेनामा कूल ५० हजार सैनिक भएको,त्यसमध्ये २० हजार सेना लडाईमा होमिएको र ३० हजार सेना आफ्नो राज्यको सुरक्षका लागि खटिएको उल्लेख छ । सिन्धुलीगढीमा भने ३ सय गोरखाली सेना मात्र भएको किनलोकले उल्लेख गरेका छन् । यिनै ३ सय गोरखाली सेनाले २४ सय ब्रिटिश सेनामध्ये १६ सयको ज्यान लिएका थिए भने बाँचेका ८ सय सेना त्यहाँबाट भागेका थिए ।  

सिन्धुलीगढीको लडाइँ तत्कालीन समयमा असाधारण थियो । बेलायती साम्राज्यवादलाई तत्कालीन अवस्थाको संसारमा कसैले हराउन सकेका थिएनन् । तर, त्यो शक्ति सिन्धुलीगढीमा नराम्रोसँग पराजित भयो । सिन्धुलीगढीको युद्धमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिङ्गो नेपालको निर्माण असम्भव थियो । तत्कालीन समयमा बेलायत महाशक्ति राष्ट्र थियो । उसले स्पेन र क्यानाडाजस्ता शक्तिशाली राष्ट्रलाई अमेरिकाबाट चुटेर निकालिदिएको थियो र अमेरिकामा बेलायत एक मात्र देशले शासन गरिरहेको थियो ।

सिन्धुलीगढीमा गोर्खालीसँग युद्ध हुनुभन्दा करिब ४ वर्ष मात्र अगाडि बेलायतले अर्काे शक्तिशाली देश फ्रान्सलाई हराएर आएको थियो । यस्तो शक्तिशाली देशको सेना सिन्धुलीगढीमा नराम्रोसँग पराजित हुनमा गोरखाली सेनाको उच्च क्षमता र रणकोसल मुख्य थियो । नेपालको छिमेकी राष्ट्र भारतमा तत्कालीन समयमा इस्ट इण्डिया कम्पनीले भारतका राज्य र रजौटाहरूलाई ध्वस्त बनाउँदै आफ्नो हुकुमत कायम गर्दै आइरहेका थिए । यस्तो शक्तिशाली देशको सेनासंग वीर गोर्खालीहरूले डटेर मुकाबिला गरे र उनीहरूलाई नराम्रोसँग हराएर अखण्ड नेपालको परिकल्पना साकार पार्न सहयोग भएको थियो ।

सिन्धुलीगढीको इतिहास 

हाल सिन्धुलीगढी भएको ठाउँ परापूर्वकालदेखि नै काठमाडौं जाने मुख्य नाकाको रूपमा थियो । यही नाका भएर यक्ष मल्ल, शिवसिं मल्ल, मकबानी सेन राजाहरूले विभिन्न लडाइँहरू लडेका थिए । यी लडाइँहरूको परिणामलाई विश्लेषण गर्दा  जसजसको अधीनमा यो ठाउँ रह्यो, उनीहरूले नै यो ठाउँमा दह्रो दुर्ग बनाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ ।

कान्तिपुरे राजा पार्थिवेन्द्र मल्लले सिन्धुलीगढीलाई आफ्नो अधीनमा पारेका थिए । यस समयको शिलालेख तलेजु भवानी मन्दिरको सामुन्नेमा अहिले पनि छ । यस सिलालेखमा भनिएको छ, ’असल योद्धाहरूद्वारा पहाडको टुप्पोमा रहेको, जान गाह्रो, पहिलेका राजाहरूले महत्व नबुझेको सिन्धुली दुर्ग खोसेर लिनुभयो ।’

सिन्धुलीगढीको बाटो अति व्यस्त बाटो थियो । पूर्वी तराईका जिल्लाहरूदेखि काठमाडौं जाने सबै खाले मानिसहरूले यो बाटो प्रयोग गर्थे ।   सिन्धुलीगढी क्षेत्र प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकाको दक्षिणी द्वारको रुपमा रहेको थियो । त्यतिखेर सिन्धुलीगढीबाट धापचौकी हँुदै तीनपाटन झरेर अनि कमला नदीको किनारालाई समातेर हालको चिसापानी गोदार निस्किएर धनुषाधाम हुँदै उत्तर विहार निस्कनुपर्दथ्यो भन्ने कुरा विभिन्न पुस्तकमा उल्लेख छ । 
व्यापारीहरू, बुद्धिजीवीहरू, साधारण मानिसहरू, किसानहरू काठमाडौं तथा रामेछाप जाने बाटोको रूपमा यो मार्ग व्यस्त हुन्थ्यो ।  

नेपाल अभियानअन्तर्गत कम्पनी सेनाहरू यो गढीसम्म आइपुगेका बेला यस गढीक्षेत्रमा ठूलो बंगला, भीमसेनको मन्दिर तथा ठूलो ढुङ्गे कुवा भएको कुरा कप्तान किनलोकले उल्लेख गरेकाले आजभन्दा करिब २ सय ५० वर्षअघि सिन्धुलीगढीको सामरिक रूपमा अस्तित्व थियो भन्ने बुझ्न सकिन्छ । नेपालको एकीकरणपश्चात् सिन्धुलीगढीलाई तत्कालीन शाहवंशीय राजाहरूले अझ बढी महत्व दिएका थिए ।  रणबहादुर शाहले सिन्धुलीगढी क्षेत्रमा अवस्थित पौवागढीको मर्मत सम्भार गर्नुका साथै आडको निर्माणसमेत गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा सिन्धुलीगढीमा ठूलो संख्यामा नेपाली सेना तैनाथ गरिएको थियो । नेपाल–अंग्रेज युद्ध ( वि.सं. १८७१–१८७३ ) समयमा सिन्धुलीगढीलाई काजी रणजोर थापाले मजबुत बनाएका थिए । यस समयमा यस

गढीमा अमरसिंह थापा स्वयं पनि तैनाथ थिए ।
गढी दरबार भव्य, दुईतले, सेतो रङको र महाभारतको अलिकति समथर भागमा रहेको कौसी र बुर्जाहरू तथा झ्यालहरूले भरिभराउ थियो । बुइँगलमा भएको सहित गणना गर्दा दरबारमा ३१ वटा कोठाहरू थिए । स्नानघर र शौचालय छुट्टाछट्टै थिए । दरबारको वरपर पालेपहरा घरहरू पनि थिए ।  राणाकालमा यो गढीक्षेत्र राजनीतिक तथा आर्थिक रूपले पनि बढी महत्व राख्ने स्थान बनेको थियो । अहिले सिन्धुली गढी क्षेत्रमा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । साढे ६ करोड रुपैयाँ लगानीमा निर्माण भएको यो संग्रहालय नेपालकै पहिलो युद्ध संग्रहालय मानिन्छ, जहाँ सिन्धुलीगढीको गौरवपूर्ण युद्ध इतिहासको बारेमा जानकारी लिन सकिन्छ । 

सबैको यात्रा मार्ग 

सिन्धुलीगढीको बाटो अति व्यस्त बाटो थियो । पूर्वी तराईका जिल्लाहरूदेखि काठमाडौं जाने सबै खाले मानिसहरूले यो बाटो प्रयोग गर्थे ।   सिन्धुलीगढी क्षेत्र प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकाको दक्षिणी द्वारको रुपमा रहेको थियो । त्यतिखेर सिन्धुलीगढीबाट धापचौकी हुदैँ तीनपाटन झरेर अनि कमला नदीको किनारालाई समातेर हालको चिसापानी गोदार निस्किएर धनुषाधाम हुँदै उत्तर विहार निस्कनुपर्दथ्यो भन्ने कुरा विभिन्न पुस्तकमा उल्लेख छ । 
व्यापारीहरू, बुद्धिजीवीहरू, साधारण मानिसहरू, किसानहरू काठमाडौं तथा रामेछाप जाने बाटोको रूपमा यो मार्ग व्यस्त हुन्थ्यो ।  

सिन्धुलीगढी दरबार चन्द्र शमशेरको पालामा बम वीरविक्रम कुँवर राणाले बनाएका थिए । यो दरबारको निर्माण कार्य वि.सं. १९५६ मा सम्पन्न भएको थियो ।  सालका काठहरू सिन्धुली माढीबाट ओसारिएको थियो । इँटा भक्तपुर र जनकपुरका कालीगढहरूलाई बोलाई गढी दरबार परिसरमा नै पोलिएको थियो । यसरी यी सबै कामको संयोजनबाट करिब ३ वर्षमा गढी दरबारको निर्माण कार्य सम्पन्न भयो । सिन्धुलीगढी सबै नेपालीहरूको स्वाभिमानको गाथा हो, वीरताको कथा हो, राष्ट्रभक्ति र उत्सर्ग गरिएको पवित्र स्थान हो । यो संगै मानव सभ्यताको विकाससंग पनि सिन्धुली जोडिएको छ । 

भीम शमशेरको पालामा प्रचण्ड गोर्खाका सदस्य खड्गमान सिंहले भारतीय विद्रोही विपिन सहनी (विहारी) र कपिल देवजस्ता व्यक्तिहरूलाई लिएर काठमाडौंमा बम र डाइनामाइट बनाई राणाहरूलाई निमिट्यान्न पार्ने असफल योजना तयार गर्ने क्रममा पनि यही बाटो प्रयोग भएको थियो । रामेछाप, सिन्धुलीलगायत वरपरका स्थानहरूमा हुने राणाविरोधी गतिविधिहरूलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रशासकीय इकाइ स्थापना गर्ने सन्दर्भमा सिन्धुलीगढी दरबारको स्थापना भएको थियो ।

वि.स.१३८१ मा सिमरौनगढबाट राज्यच्युत भएका कर्णाटवंशी राजा हरिहरसिंहदेव दोलखातिर लाग्दा अहिलेकोे मरिणखोलाको बाटो भएर सिन्धुलीमाढीबाट पुनः तीनपाटन भई धापचौकी र सुलीभन्ज्याङ पुगेर सुनकोसी पार गर्ने योजनामा आएका थिए । तर वि.सं. १३८२ माघमा उनी सिन्धुलीमाढीभन्दा करिब ६ कोस परको दक्षिणपूर्वी स्थानमा अवस्थित सुन्दर चँदाहा नदीले बनाएको उपत्यका तीनपाटनमा बिते । तर उनकी श्रीमती देवलदेवी, मन्त्री चण्डेश्वर र राजकुमार जगतसिंह उपत्यकासम्म पुगेर लिच्छिवी कालको राजपाठ हत्याउन समेत सक्षम भए । 

सिन्धुलीगढी दरबार चन्द्र शमशेरको पालामा बम वीरविक्रम कुँवर राणाले बनाएका थिए । यो दरबारको निर्माण कार्य वि.सं. १९५६ मा सम्पन्न भएको थियो ।  सालका काठहरू सिन्धुली माढीबाट ओसारिएको थियो । इँटा भक्तपुर र जनकपुरका कालीगढहरूलाई बोलाई गढी दरबार परिसरमा नै पोलिएको थियो । यसरी यी सबै कामको संयोजनबाट करिब ३ वर्षमा गढी दरबारको निर्माण कार्य सम्पन्न भयो । सिन्धुलीगढी सबै नेपालीहरूको स्वाभिमानको गाथा हो, वीरताको कथा हो, राष्ट्रभक्ति र उत्सर्ग गरिएको पवित्र स्थान हो । यो संगै मानव सभ्यताको विकाससंग पनि सिन्धुली जोडिएको छ । 

सिन्धुली जिल्लाको प्राकृतिक स्वरुप निर्धारणमा शिवालिक क्षेत्र र महाभारत पर्वत क्षेत्रको महत्वपूर्ण योगदान छ । प्राचीन मानव जातिको सबैभन्दा बढी समय बसोबास यही शिवालिक क्षेत्रमा भएको कुरा मानव विकासको अध्ययन र उत्खनन्हरुले प्रमाणित गरिसकेका छन् । महोत्तरी जिल्लाको पाटुमा १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको अवशेष पाइएको छ । वि.सं २०३७ सालमा बुटवलको तिनाउ खोलाको किनारामा भेटिएको मानव–अवशेषसंग मिल्ने यो अवशेषले यो क्षेत्र प्राचीन मानव सभ्यता विकासको थलो पनि हो भन्न सकिन्छ । सिन्धुली जिल्ला शिवालिक क्षेत्रमा परेकाले यहाँको पुरातात्वीक तथा ऐतिहासिक वैभव पनि अपार छ । तर यो अपास संभावनाको खोजी तथा परिप्रयोगलाई बढाउँन सकिएको छैन ।