• शनिबार, १२ श्रावण, २०८१
  • १२:०५:५५

क्रिकेट रंगशाला निर्माणकाे ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने

काठमाडौं  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरेको छ । मंगलबार बिहान बसेको प्रदेश सरकारको बैठकले रंगशाला निर्माणका लागि प्रदेश सरकारले बेहोर्ने ७० प्रतिशत रकमको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको हो ।

रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिका र प्रदेश सरकारले लगानी सम्झौता गरेका थिए । सम्झौता अनुसार लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्नेछ ।

क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले पेश गरेको ७५ करोड रुपैयाँ मध्ये प्रदेशले बेहोर्ने ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चितत गरिएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । बैठकले रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन भरतपुर महानगरपालिकालाई आग्रह समेत गरेको छ ।