• शुक्रबार, १८ फाल्गुण, २०८०
  • १०:३१:४६

नगदे बाली फेर्दै किसान

काटमाडौं।   दशकअघि पुस/माघको लगलगी मुटु कमाउने जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा पस्नासाथ खलखली पसिना आएको बालापन महोत्तरीको बर्दिबास–६ कृष्णपुर बनराटोलका ६५  वर्षीय इन्द्रबहादुर शाहीले बिर्सनुभएको छैन । आफ्नो बस्ती र छिमेकका बस्ती जहाँ हेरे पनि भर्जिनियाँ सुर्ती खेतीमात्र देखिने  दशकअघिको कुरा अब स्मृतिमा मात्र रहेको शाही बताउनुहुन्छ ।

“जुन गाउँबस्तीमा हेर्यो, बारनैबारन ! फाँटभरि सुर्तीका लहलहाउँदा बोट । अनि हिउँद लाग्यो कि सुर्तीका पात टिप्ने, पात फट्टा (भाटा) गाँथ्ने, सुर्तीको पात गाँथिएको फट्टा बारनघरमा झुण्ड्याउने र ७ दिनपछि फट्टा निकाल्ने चटारो हुन्थ्योे”, लयमा हुने सुर्ती  खेतीका काम सम्झँदै सोही बस्तीका रघु काफ्ले भन्नुहुन्छ, “देख्दादेख्दै जिल्लाको उत्तरी क्षेत्रका बस्तीपिच्छे देखिने बारनघर ढले, अब त सुर्ती खेती नै कतै गरेको देखिँदैन ।” समूहमा गरिने त्यो कामको रमाइलो शाही, काफ्ले र उहाँका पुस्ताका किसानलाई अझै सम्झना छ । 

  एक दशकअघि महोत्तरीका गाउँ-टोल जताततै देखिने उखुखेती पछिल्ला / वर्षयता निकै पातलिएको छ । २०७० अघि केही वर्ष १८ हजार बिघासम्म गरिने उखुखेती त्यसयता घट्दै गएर  हजार बिघामा झर्यो । पछिल्ला २ वर्षयता फेरि उखु खेती अलिअलि बढ्दै गएर यसपालि ७ हजार बिघामा पुगेको छ । 

 

४ दशकअघिसम्म जिल्लाका उत्तरी क्षेत्रका हालका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका करिब १ सयभन्दा बढी बस्तीको मुख्य खेती नै भर्जिनिया सुर्ती थियो । समयक्रममा जनकपुर चुरोट कारखाना धरासायी बन्दै गएसँगै बारनघरका लागि कोइला र दाउराको अभाव हुन थालेपछि घट्दै गएको यो खेतीको अहिले कतैै देखिदैन ।

भर्जिनियाँ सुर्ती खेती सुकेपछि किसानले केही समय सुकाउन बारनघर नचाहिने नाटु सुर्ती रोजे । केही वर्षमै जनकपुर चुरोट कारखानाले सुर्ती लिन छाडेपछि किसानले बाध्य भएर यो खेती पनि छाड्न पर्यो । त्यसपछि उखुखेतीमा पसेका किसानको पछिल्ला केही वर्षयतादेखि यसप्रतिको आकर्षण पनि घट्दै गएको देखिँदैछ । 

एक दशकअघि महोत्तरीका गाउँ-टोल जताततै देखिने उखुखेती पछिल्ला / वर्षयता निकै पातलिएको छ । २०७० अघि केही वर्ष १८ हजार बिघासम्म गरिने उखुखेती त्यसयता घट्दै गएर  हजार बिघामा झर्यो । पछिल्ला २ वर्षयता फेरि उखु खेती अलिअलि बढ्दै गएर यसपालि ७ हजार बिघामा पुगेको छ । 

जिल्लामा केही वर्षअघिसम्म करिब १८ हजार बिघासम्म पुगेको उखुखेती यसपालि आइपुग्दा ७ हजार बिघाको आसपासमा झरेको छ । अहिलेको सात हजार बिघा पनि पछिल्ला तीन वर्षयता भुक्तानी सहज बनेपछि बढेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।

“तीन वर्षअघि त उखुखेती  हजार बिघामा झरेको थियो, पछिल्ला वर्षमा क्रमशः बढ्दै गएको हो” कुशवाहा भन्नुहुन्छ, “चिनी उद्योगले भुक्तानी अलि सहज बनाए पनि फसलको मूल्य निर्धारण समयमा नहुँदा किसानको जाँगर मरेको छ ।” किसान यसको विकल्प के होला भनेर घोत्लिन थालेको कुशवाहा बताउनुहुन्छ ।

उखुमात्र नभएर पछिल्ला  ३-४ दशकभित्रको विगत हेर्दा किसानले चाँडचाँडै खेती फेर्दै आएका छन् । खासमा गहुँ, धान, मकैलगायतका अन्नबाली लगाइने क्षेत्रफल धेरै घटबढ नभए पनि नगदे खेती भने फेरिदै आएको यहाँका पाका किसान बताउँछन् । नगदे खेती मुख्य व्यवसाय हुने महोत्तरीका किसान भरपर्दो परिवेश नमिल्दा बराबर खेती फेर्ने गर्छन् ।

उद्योगमा देखिएको उतारचढाव, खेतीमा पर्ने प्रकोप र लागत असरले यहाँका किसान यसो गर्दा पो होला कि भन्ने आशमा केही वर्षभित्रै नगदे खेती फेर्नु परेको बताउँछन् । एउटै किसानको जीवनमा कैयौँ पटक नगदे खेती फेरिएका अनुभव छन् ।  

मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप बढी हुने गरेको उहाँको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५/२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी औषधि पनि थिए कि थिएनन् ? अहिले त यी थरिथरिका किरा र रोगले हतो हैरान नै पारेका छन् ।”

 

अहिले उमेरले ६० नाघ्नु भएका भङ्गाहा–४ रामनगरका किसान सत्यनारायण यादवले किसानी जीवनका थुप्रै उतारचढाव आफैँले भोग्नुभएको छ । पछिल्ला १५ वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुरु गर्नुभएका यादवले समयसमयमा मौसमको प्रतिकूलता भए पनि अझै हरेस खानुभएको छैन ।

यसमै आफूलाई घोटी रहनुभएको छ तर मौसमीय प्रतिकूलता र विभिन्न थरिका किराको प्रकोपले तरकारी खेतीको लागत बढ्दै गएपछि अब के गर्ने भन्ने चिन्ताले यादवलाई छोएको छ । पछिल्ला ४/ वर्षयता यादवले अन्नबाली बढाउँदै लगिएको बताउनुभयो ।

यसैगरी बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादवका पनि खेतीपातीभित्रका तीतामीठा अनुभव छन् ।  दशकदेखि निरन्तर खेतीमा डोरिनुभएका विन्देश्वरले आफ्नै जीवनमा भर्जिनियाँ सुर्ती, उखुपछि तरकारी खेतीमा हात हाल्नुभएको छ । पछिल्ला करिब दुई दशकदेखि विन्देश्वरको दैनिकी तरकारीका बोट, लहरा सहलाउँदै बित्दैछ । 

७ बिघामध्ये तीन बिघा जग्गामा तरकारी खेती गर्दै आउनु भएका विन्देश्वरको जग्गामा अहिले आलु, कोवी, भाण्टा, खोर्सानी र लहरे तरकारी (लौका, फर्सी, घिरौँला, करेला, झिमनी आदि) मुख्य तरकारी बाली हुन् । अब पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने उहाँ अब त विषादीले पनि किरा चिन्न छाडेको उहाँ बताउनुहुन्छ । 

मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप बढी हुने गरेको उहाँको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५/२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैनथे, यी औषधि पनि थिए कि थिएनन् ? अहिले त यी थरिथरिका किरा र रोगले हतो हैरान नै पारेका छन् ।” पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झँदै पछिल्ला वर्षहरुमा क्रमशः समयमा पानी नपर्ने, कहिले कुसमयमै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखुखेती हुँदै अहिले तरकारी खेतीमा लागेको विन्देश्वरको भनाइ छ ।

पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षहरुमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको उहाँको भनाइ छ ।   

 महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । 

 

विन्देश्वरका समवयी अरु किसान पनि पुराना अनुभव सम्झँदै अब पहिलेजस्तो महिना र मौसमको पात्रो मिल्न छाडेको बताउँछन् । “हेर्नोस् न, असार १५ ताका मज्जाले पानी पर्छ भनेर धान रोप्ने रोपार खोजिन्थ्यो, त्यस्तै हुन्थ्यो पनि”, बर्दिबास–९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतोले भन्नुभयो, “बर्खा लागेपछि पानी परी रहन्थ्यो, कुला चल्थे, त्यस्तो रोगब्याधी पनि लाग्दैनथ्यो, पछिल्ला १५-२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ हाल्नु परिरहेको छ ।” 

“न पहिलेका पानीका मुहान छन्, न झिल (पानीका दह)मा पानी छ, न त वनजंगल छ”, भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल भन्नुहुन्छ । फुँयालजस्तै उहाँका समवयी सोही बस्तीका उत्तिमलाल पासवानको पनि उस्तै चिन्ता छ । पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल र दुम्सी आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उहाँको थप गुनासो छ ।

जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार र वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । 

पछिल्लो समय जलवायु परिवर्तनको कारण गरिब किसान बढी प्रभावित भएका छन् । यादव भन्नुहुन्छ, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।” बालीनालीमा बढ्दो रासायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । रासस।