• शनिबार, १५ बैशाख, २०८१
  • ०८:५०:४६

श्री ५ लाई श्री ३ को सत्कार : सुन्दरी केटी र मंगोलियाको अफिम

काठमाडौं । राजा त्रिभुवन राणाहरुको आदेश अनुसार ल्याइएका सुन्दरी केटीहरुसंग हुन्थे । श्री ३ महाराजभन्दा केही मात्र कम राम्रा र विशिष्ट रुपका सुन्दरी र सिंगाारिएका केटीहरुद्धारा घेरिएर बसेका हुन्थे राज भित्रुवन । जुन केटीहरुलाई राणा प्रधानमन्त्रीका नै व्यक्तिहरुले राजालाई सन्तुष्ट राख्न र भुलाउन शहरमा खोजीखोजी छानेका हुन्थे ।

भनिन्छ, राणा शासनकालमा राजाहरु खोपीका देउता मात्र थिए;—अर्थात राणाहरु राजालाई सकेसम्म दरबार भित्रै भुलाएर देशमा आफ्नो अधिनायकत्व जमाउन सफल भएका थिए । यतिसम्म कि राजाहरुको खानपान, शिक्षा, खर्चपर्चदेखि हिँडडुल र भेटघाट पनि राणाको खटनमा नै हुने गथ्र्यो । शाही राजाहरु यो स्थितिमा पुग्नुका पछाडि उनीहरुका थुप्रै यस्ता कमजोरीहरु छन्, जसले राणाहरुलाई बलियो बनाउन मद्दत पुर्यायो ।  

पृथ्वीनारायण शाहको मृत्युपछिका करिब सबै राजाहरु नाम मात्रका राजा थिए । उनीहरुमध्ये कसैले पनि प्रत्यक्ष शासन गर्न सकेनन् । राणाहरुले राजालाई एक आध्यात्मिक प्रमुख अर्थात भगवान विष्णुको अवतारका रुपमा मात्र प्रचार गरे । विदेशी दूतहरुको ओहदाको प्रमाणपत्र ग्रहण गर्न वा सरकारी अध्यादेश कानुनमा हस्ताक्षर गर्न मात्र राजालाई बोलाइन्थ्यो । राजनीतिक जीवनदेखि टाढा राख्न राणा शाासकहरुले युवराजधिराज छँदाखेरि देखि नै राजालाई भोगविलासको जीवनमा भुलाएर राख्दथे । राजनीतिक र प्रशाासनिक क्षेत्रमा राणा प्रधानमन्त्री र उनको परिवारका सदस्यहरुकै आधिपत्य हुने गरेको कुरा सतिश कुमारले उल्लेख गरेका छन् ।  

राणा परिवारमा जन्मिएर प्रत्यक्ष रुपमा शासन व्यवस्थालाई नियालेका बालकृष्ण समले मेरो कविताको आराधना भाग–१ मा  त्रिभुवनको शिक्षा सम्बन्धि प्रसङ्ग प्रस्तुत गर्दै राजाहरुको हरेक निर्णय राणाहरुको हातमा रहेको उल्लेख गरेका थिए । राजा त्रिभुवनलाई पढाउने दुईजना शिक्षक वटु बाबु र तुलसीमान सिंहमध्ये तुलसीमान सिंहले राजालाई भुगोल, इतिहास, दर्शन र क्रान्तिकारी विचारधारा सम्बन्धि विषहरु पनि पढाइदिए ।

राजाले कसैलाई ५ रुपैयाँ भन्दा बढी बकस दिनुप¥यो भने पनि प्रधानमन्त्रीको अनुमति लिनुपथ्र्यो । विसं १९८० साल आश्विन २९ गते राजा त्रिभुवनले १० हजार रुपैयाँ माग्दा चन्द्र शमशेरले फटाहाहरुलाई पैसा दिन नसक्ने प्रतिक्रिया दिएका थिए । 

चन्द्र शमशेरले राजालाई प्रेम कथा, अरबका रातहरु र गुलिभरको भ्रमणजस्ता रमाइला कथाहरु, सिकार खेलहरुको वर्णन, पाक शास्त्र आदि मात्र पढाउने आदेश दिएका थिए । त्यतिबेला राजाको आँखा खोलिदिनुलाई अक्षम्य अपराध मानिन्थ्यो । उक्त कुरा थाहा पाएपछि चन्द्र शमशेरले तुल्सीमानलाई बोलाएर प्रश्न गरे । तुल्सीमानले चतुर्याइँका साथ बहुलाएको अभिनय गरी राजालाई तँतँ–मम गर्न थाले । त्यसपछि उनी दिमागी हालत ठिक नभएको भन्दै दण्डबाट उम्किन सफल भए  ।  

राजाले माग्ने राणाले नदिने    

त्रिभुवनको समयमा राजालाई अलि बढी कडीकडाउ नै थियो । राणा प्रधानमन्त्रीहरुमा जंगबहादुर पछि चतुर प्रधानमन्त्री चन्द्रशमशेर नै थिए भने शाह राजाहरुमा रणबहादुर शाह पछि चतुर शासक राजा त्रिभुवन नै थिए । अतः यिनीहरुले एक अर्कालाई दबाउने प्रयास भइरहेको कुरा राममणि आचार्य दिक्षितको पुस्तक ‘पुरानो सम्झना’बाट प्रष्ट हुन्छ । त्यसमा पनि रुपैयाँ सम्बन्धी मामलामा त झनै कढिकढाउ थियो । 

पुस्तकमा यसो भनिएको छ,—“श्री ५ महाराजाधिराजको रुपैयाँ चाहियो भन्ने खबर लैजाँदा मैले गाली पनि पाएको छु,—चाहिने कुराको वास्ता छैन यस्तै नचाहिने कुरा मात्रै लिएर आउँछौ जाउ अहिले । ...यस्तैमा कहिलेकाहीँ श्री ५ लाई नै पनि अल्लि कडा चिठी पठाइबक्सीन्थ्यो । 

केही दिनपछि केही रुपैयाँ पुनः त्रिभुवनले मागिबक्स्यो । ...अस्ति भर्खर रुपैयाँ टक्राएको हो त्यसको फेहरिस्त हामीले पनि हेर्न पाउनुपर्छ जाउ विन्ती चढाउ भनी श्री ३ चन्द्रशमशेरले भनेका थिए । चन्द्रशमशेरले राजा त्रिभुवनलाई पठाएको एक कडा चिठीको जवाफमा श्री ५ त्रिभुवनले बढो नम्रतापुर्वक लेखिबक्सेको थियो अबदेखि म यस्तो नचाहिने खर्च गर्दिनँ, अहिले मलाई नरिसाइकन आठ वा दश हजार नोट देउ ।”

साथै राजाले कसैलाई ५ रुपैयाँ भन्दा बढी बकस  दिनुयर्यो भने पनि प्रधानमन्त्रीको अनुमति लिनुपथ्र्यो । विसं १९८० साल आश्विन २९ गते राजा त्रिभुवनले १० हजार रुपैयाँ माग्दा चन्द्र शमशेरले फटाहाहरुलाई पैसा दिन नसक्ने प्रतिक्रिया दिएका थिए । 

राजालाई नशामा लठ्याएर राजनीतिबाट पर राख्न मंगोलियाको मिठो र अति राम्रो अफिम उनकै प्रेमिका, रखौटी र उनको पारिवारिक डाक्टर बैद्यद्धारा नै लिन सल्लाह दिन लगाउथे पनि ...। यसरी राजालाई एक सानो बालकको रुपमा राखी उनको मन सुरा, सुन्दरी र नशालु पदार्थमा भुलाइ नेपालको राजनीति व्यवस्थाबाट हटाइ राखिएको थियो । यस कुरालाई राममणि आचार्य दीक्षितको पुरानो सम्झनामा श्री ५ अधिराज पृथ्वी विरविक्रम शाह र गाजा शिर्षकले प्रष्ट पार्छ । 

यसरी राजाले खर्च गरेको फेहरिस्त श्री ३ सरकारले हेर्ने र रोक समेत लगाउने गरिएको थियो । तर श्री ३ ले गरेको खर्च उपर भने कसैले रोक लगाउन सक्दैनथ्यो । यी कुराले त्यस बेलाको श्री ५ को स्थिति र श्री ३ को स्थिति राम्ररी स्पष्ट हुन्छ भने राणाहरुले आफूलाई नेपालको वास्तविक शासकको रुपमा स्थापना गरिसकेका थिए भन्ने कुरा पनि बुझ्न सकिन्छ । राणाहरु जसरी मन लाग्यो त्यसरी नै राजालाई प्रयोग गर्दथे । राजा वास्तवमा एक राजनितिक बन्दीको रुपमा थिए भन्दा अत्युक्ति नहोला । अझ भन्ने हो भने राजा आफ्नै प्रधानमन्त्रीको एक कैदीको रुपमा थिए ।

राजालाई कुनै पनि कार्य राणाहरुले दिएका थिएनन् । यससम्बन्धमा ‘एरिका र श्री ५ त्रिभुवन’ नामक पुस्तकमा एरिका ल्युस्ताग लेख्दछिन्, “मलाई  अचम्म  केमा लाग्यो भने श्री ५ ले केही पनि गर्नु पर्दैन्थ्यो । सबैभन्दा अल्छी शासक ! मैले त के ठानेकी थिएँ भने अवश्य कागजपत्रहरुमा सही गरिबक्सँदो हो तर मौसुफ यस्तो केही पनि गरिबक्सन्नथ्यो ।”

राजाले के गर्थे ? 

राजा के गरेर बस्दथे त ? भन्ने बारे नेपाल ल्यान्ड अफ माइस्टी नामक पुस्तकमा ह्यासोल्डर डेभिसले लेखेका छन्,—“हालका अधिनस्थ वा पराधिन राजा (त्रिभुवन) आफ्नो प्रधानमन्त्रीभन्दा केही मात्र कम विशिष्ट रुपको दरबारमा राम्रा, सुन्दरी र सिंगाारिएका केटीहरुद्धारा घेरिएर बसेका हुन्थे । जुन केटीहरुलाई राणा प्रधानमन्त्रीका नै व्यक्तिहरुले राजालाई सन्तुष्ट राख्न र भुलाउन शहरमा खोजीखोजी छानेका हुन्थे । 

यसैगरी राजालाई नशामा लठ्याएर राजनीतिबाट पर राख्न मंगोलियाको मिठो र अति राम्रो अफिम उनकै प्रेमिका, रखौटी र उनको पारिवारिक डाक्टर बैद्यद्धारा नै लिन सल्लाह दिन लगाउथे पनि ...। यसरी राजालाई एक सानो बालकको रुपमा राखी उनको मन सुरा, सुन्दरी र नशालु पदार्थमा भुलाइ नेपालको राजनीति व्यवस्थाबाट हटाइ राखिएको थियो । यस कुरालाई राममणि आचार्य दीक्षितको पुरानो सम्झनामा श्री ५ अधिराज पृथ्वी विरविक्रम शाह र गाजा शिर्षकले प्रष्ट पार्छ । 

राणा सरकारको विरुद्ध त्रिभुवनले कुनै सङ्गठन खडा गर्न नसकुन् भन्ने उद्देश्यले राजालाई एक्लो पार्न बाह्य सम्पर्कबाट बञ्चित गरिएको थियो । जङ्गबहादुर पछि चन्द्रशमशेर नै त्यस्ता व्यक्ति थिए, जसले राजालाई तन र मनबाट कमजोर गरी जनता, राजनीति र सरकारबाट पर राखी आफ्नो उद्देश्यलाई सफल पार्दै राजालाई दरबार र नाचघरमा कैद गर्न सफल भएका थिए । प्रधानमन्त्रीले राजा उपर अरु बन्देजहरु पनि लगाएका थिए ।

राजाको इच्छा भए पनि प्रधानमन्त्रीको अनुमतिविना एकान्तमा नेपाली जनताहरुसंग भेट गर्ने अधिकार थिएन । विदेशीसँग राजाले भेट गर्ने कुरा त परै रहोस् । त्यसैले राजाको नाममा वास्तविक शासन गर्ने व्यक्ति वंश परम्परागत तरिकाबाट प्रधानमन्त्रीको- श्री ३ महाराजको पदमा आसिन हुने राणा नै हुन्थे । 
जङ्गबहादुरले श्री ५ सुरेन्द्रबाट प्राप्त गरेको लालमोहर र सनदअनुसार राणा परिवारका सदस्यहरु सबैभन्दा जेठो व्यक्तिले नै प्रधानमन्त्री तथा श्री ३ महाराजको पद प्राप्त गर्दथे र उनीहरुले नै सबै राजकीय अधिकारको उपभोग गरी नेपालको शासन चलाउँदथे । त्यसै कारणले शाहवंशीय राजाको युगलाई पनि राणा शासनकाल भनेर भन्ने गरिन्छ । 

कसरी गुमेको थियो राजाको शक्ति ? 

प्रतापसिंह शाह प्रभावशाली नभएका कारण भारदारहरुले शासनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हस्तक्षेप गर्न थालेका थिए । उनी पछि राजा हुने रणबहादुर शाह नाबालक भएकाले नायवहरुको हातमा शासनाधिकार पुग्यो । रणबहादुर शाह बालिग भइसकेपछि पनि वास्तवमा आफैंले प्रत्यक्ष शासन गर्न सकेनन् । भारदारहरुको जालमा फसेर असमयमा नै राज्य त्याग गरी देश छाड्न बाध्य भए । त्यसपछिका राजा गीर्वाणयुद्धविक्रम शाह पनि नाबालक भएको हुनाले राजाको सबै अधिकारको उपभोग दामोदर पाण्डे, भीमसेन थापा जस्ता भारदारहरुले गरे ।

राजेन्द्रविक्रम शाहको पालामा भीमसेन थापाको पतन भयो । तर गुमाइसकेको शाही अधिकार आफ्नो हातमा आइसक्दा पनि राजाले त्यसको सदुपयोग गरी शाह वंशको प्रतिष्ठा पुनःस्थापना गर्न सकेनन् । यसका पछाडि केही हदसम्म राजेन्द्रविक्रमकै कमजोर स्वभावलाई उत्तरदायी मान्न सकिन्छ तर त्यति बेलासम्म राणा भारदारहरुको षड्यन्त्रको जालो निकै बलियो भइसकेको थियो । जसले गर्दा शाही परिवारका सदस्यहरुमा समेत एकता आउन सकेन । फलस्वरुप भारदारहरुको बीचमा षड्यन्त्रको युद्ध स्वरुप “कोतपर्व” भइ जङ्गबहादुरको उदय भयो । 

जंगबहादुर राणाले आफूलाई श्री ३ महाराज घोषणा गरी छुट्टै श्रीपेच समेत बनाएका थिए । निरन्तर तीन दशक शासन गरेका उनले राजालाई हटाउन चाहेको भए नसक्ने थिएनन् तर आफैं सर्वशक्तिमान भएकाले उनले त्यसो गरेनन् । सतिस कुमारको राणा पोलिटी इन नेपाल पुस्तकमा उल्लेख भएअनुसार जंगबहादुरको राजा प्रतिको व्यवहार राम्रो थिएन । राजा भयभीत भइ झुकेर बस्थे । जंगबहादुरले आफ्नो कुरा मनाउन जोड गर्ने तथा राजासंग अनादरपुर्ण व्यवहार पनि गर्थे । तर जंगबहादुरको परिवारमा राजाको परिवारसित बैवाहिक सम्बन्ध भइसकेपछि जंगबहादुरले देखावटका लागि भने पनि शिष्ट व्यवहार गर्न थाले ।
डा.राजेश गौतमको ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरु’ नामक पुस्तकमा आधारित  ।