• आइतबार, १६ बैशाख, २०८१
  • ०९:१९:३२

निर्वाचनका नारा र नतिजा प्रभाव

  • Netizen Nepal
  • मंगलबार, ६ चैत, २०८०- १५:५९:००/ Tuesday 03-19-24

नेपालका राजनितीक दलहरूले मौसम बेमौसमी चुनावको मिसनको चर्चा गर्दै जादा कुनै पनि तहको - संघिय, प्रादेशिक वा स्थानीय तहको चुनाव प्रचारक र त्यहांबाट आउने नाराले  महत्वपूर्ण भुमिका खेल्ने गरेको वैश्विक परिवेशमा देख्न र सुन्न पाईन्छ । 

नेपालका मुलधारका दलका नेताहरूमा कसैले मिसन ८४ भनेका छन भने कसैले मिसन ८१ देखिकै मिसन सेट गर्न खोजेको देखिन्छ । 

विश्वका चर्चित नेताको नारा 

नेकपा एमाले र रास्वपा मिसन ८४ को कुरा गर्ने गर्दछ भने नेपाली कांग्रेस पार्टिका केहि पदाधिकारीहरू मिसन ८४ होईन मिसन ८१ देखिनै पार्टिको मिसनहरू सेट गर्नुपर्छ भन्ने अभिवक्ति दिई रहेकाछन । यी दलहरूले भन्ने गरेका मिसनहरू फगत सत्तामा पुग्ने खुडकिला मात्रै हुन भन्ने आम बुझाई छ । मिसनहरूमा हुनुपर्ने मसला तथा नाराहरू ( slogans) केहि देखिएको छैन ।

यस अर्थमा दलका नेता तथा पदाधिकारीहरूले मिसन सेट गर्दा मिसनको नारा सेट गर्नुनै पर्छ । यो नारा लिएर जनताका मांझ जाने नेताहरू “स्टार प्रचारक” को रूपमा चिन्ने गरिन्छ । स्टार प्रचारकको व्यक्तिगत चरित्र, क्षमता, राजनितीक लक्ष, सार्वजनिक  व्यतित्व  र आफुले लिन सक्ने जिम्मेवारीको ग्यारेन्टि दिनसक्ने र जनतालाई विश्वास लाग्ने नेताहरूनै हुनुपर्छ भन्ने विश्व मान्यता रहेको छ । 

दक्षिण अफ्रिकाका महान नेता श्री नेल्सन मन्डेलाको नारा थियो - शान्ती, लोकतंत्र र स्वतंत्रता दक्षिण अफ्रिकी जनताको लागी  । तत्कालीन  अमेरीकी रास्ट्रपति रोनाल्ड रेगनको नारा थियो - Make America Great ( MAG)  ।अर्थात अमेरीकालाई विश्वको महान देश बनाउन मलाई भोट देउ भनेर माग्दै अमेरीकी राष्ट्रपतिको दुई कार्यकाल संम्पन्न गर्न सफल भएका थिए रोनाल्ड रेगन ।

चिनका वर्तमान राष्ट्रपति श्री जीन पिंगले चीनको सपना “ सामाजिक सदभाव” को नारा दिएर बिगत तीन दशक देखि सत्तामा रहदै गर्दा गरिबी र भ्रष्टाचार मुक्त समाज स्थापना गरि चीन विश्वको शिखरमा पुग्ने लक्ष लिएर हिडेको देखिन्छ । 

फिलिपिन्सका वर्तमान राष्ट्रपति बोगं बोग मार्कोशले हामी ( फिलिपिनो) सबै संग मिलीजुली देशलाई विश्वमानसपटलमा पुनः उदाउछौ भन्ने नारा दिएर सन २०२२ देखि सत्तामा छन । 

भारतमा नेहरू, ईन्दिरा गांधी देखि वर्तमान प्रधानमंत्री श्री नरेन्द्र मोदीसम्मको राजनितीक नारा लाई हेर्दा वर्तमान समयका नेताहरूमा नरेन्द्र मेदी एक्काईसौ सताब्दिका स्टारा चुनाव प्रचारकमा अब्बल देखिएका छन । छिमेकी मुलुक भारतको भारतिय जनता पार्टिको नाराहरू अलि आक्रामकनै रहेको देखिन्छ । यस अर्थमा दलको नेताकोव्यक्तिगत चरित्र, क्षमता, ईमान्दारिता, सार्वजनिक व्यक्तित्व र जनताको बिचमा विश्वसनियताका साथ अफुले बाचा गरेको नाराहरू ( slogans ) लागु गर्नसक्ने ईमान्दारीतापुर्णको ग्यारेन्टी दिन सक्ने स्टार प्रचारकको पहिचान गर्नु जिम्मेवार दलहरूमा रहेको छ । 

नेपालमा चुनावी नारा 

नेपालमा बिक्रम संबत २०१५ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले “ जसको जोत उसैको पोत” भन्ने नारा अगाडि सारेर संसदमा दुई तिहाई मत पायो।  र  नेपाली कांग्रेस नेपालको राजकिय सत्तामा पुगेको थियो । नेपाली कांग्रेस पार्टिनै एउटा पार्टि हो जसले २०१५ , २०४८ र २०५६ सालमा एकल नेत्रित्वको सरकार वनाउन सफल भएको थियो ।

यी तिनै निर्वाचनमा नेपाली कांग्रेस पार्टिले कुनै दलसंग चुनाव अगाडी गठबंन्धन गर्नुपरेको थिएन । यसको मुख्य कारण हो पार्टिका स्टार प्रचारक नेताहरूको क्षमता,  व्यक्तिगत ईमेज, निष्ठा र ईमान्दारिता, सार्वजिनक  व्यक्तित्व र जनतालाई छुने समभाव पुर्ण नाराहरूले काम गरेको थियो भनेमा अतियुक्ती पक्कै हुने छैन । 

नेपालको चुनावी रणनिती अर्थात सत्ता गठबन्धन जस्को जो जोसंग होस फगत सत्तामा पुग्ने र आ आफ्नालाई नाता गोता हुक्के बैठके पोस्ने , सत्ताको तर मार्ने बाहेक केहि रैनछ भन्ने नेपाली जनतालाई चैत वैशाखको घाम जस्तै छर्लंग हुन गएकोछ । 

चुनावको बहानामा चंदा असुली एउटा भिन्दै धन्दा हुने गरेको वैश्विक घटना दुर्घटनाहरू व्यापक रूपमा यत्र त्यत्र रहेको जानकारी हुदैछ । चाहे त्यो अमेरीकी राष्ट्रपतिको चुनाव प्रचारमा ठुला ठुला व्यपारीक कॅपनीहरूबाट अरबौं डलरको असुली हुने गरेको तथ्य एंव प्रमाणहरू विभिन्न माध्यमाबाट जानकारीमा आईनै रहेकाछन ।

हाम्रो छिमेकी देश भारतमा हालै एस बि आई बैंकले जारी गरेको चुनावी ब्राण्ड ( Electoral Bond) खरिद गरि भारतका प्रमुख राजनितीक दलहरूलाई ठुला ठुला ब्यपारीहरू, भ्रष्ट पदाधिकारी, ठुला घरानाहरूले  आ आफुले एस बिआई बैंक मार्फत खरिद गरिएका ब्राण्डहरू पार्टिहरूलाई चुनावी धन्दा चलाउन सहयोग गर्ने गरेको तथ्य जनसामु आईरहेकाछन । यो ब्राण्डबाट (racketing ) वर्तमान सत्ता धारि पार्टिले अधिक फाईदालाई रहेको आरोपहरू विभिन्न पार्टिहरूले लगाउंदै आई रहेका छन । हाल सम्म भारतिय रू ६९ अरब ८५ करोड नगद भुक्तान ब्राण्ड मार्फत भएको छ ।

तर भारतकै अन्नय दलहरूलाई समेत चुनावी ब्राण्ड मार्फत सहयोग गरेको रकमको हिसाब गर्ने हो भने यो racketing   खरबौंमा हुने अनुमान गरिएको छ । सन २०२४  को अमेरीकाको राष्ट्रपतिका उम्मेदवार हुने लक्ष लिएका पुर्व राष्ट्रपति श्री डोनाल्ड ट्रम्पले राजनितीक सत्ताको आडमा व्यापारिक ठगिगरेको ठहर हुंदा ४६५ मिलीयन डलर अर्थात झंडै रू ६२ अरब  रकम अमेरिकी अदालतले ट्र्म्पलाई ठगि गरेकोमा जरिवाना ठोकेको छ ।

भारतमा एस हि आई बैकको चुनावी धन्दा (election racketing) चलाउन टांग मुनीबाट चुनावी ब्राण्ड बनाई बैकले गोप्य राख्ने प्रयास गर्दै गर्दा त्यहांको सर्बोच्च अदालतले चुनाव निस्पक्छ होस भन्ने अभिप्रायले गैर कानुनी रूपमा ब्राण्ड मार्फत दलहरूलाई रकमको लेनदेन गर्ने गराउनेलाई समेत न्यालयको कठघरामा उभ्याउने प्रयास गरिरहेको देखिन्छ ।यो ब्राण्ड बिक्रीको कार्यले संम्पति सुद्धिकरणकरण ( Money Laundering) ऐनको खिल्ली समेत उडाएको छ  । सत्तामा रहेका दलहरू र यसका मुखियाहरू सत्तामै सदा सर्वदा रहिरहन चुनावमा गैर प्रजात्रान्त्रिक र अनैतिक  क्रियाकलापबाट जित्ने प्रपंच हुने गरेको केहि झलकहरू मात्र हुन ।  

नेपालमा पनि सुन तस्करी, ललिता निवास जग्गा कांड, भुटानी सरणार्थी बनाई तेस्रो मुलुक पठाउने  धन्दाको  बहानानै किन नहोस यो सबै क्रियाकलापहरू राजनितीक संरक्षण दिई विभिन्न व्यक्तिहरूसंग रकम दोहन गर्ने प्रपंचनै हुन भन्ने आम नेपालीले बुझेका छन । यी रकम कलमको दोहनको अलाबा नेपालका चर्तित नेता र उनका पारिवारिक सदस्यहरू नेपाल सरकारका विभिन्न संघ संस्थाहरूमा राजनितिक निउक्ति वा अन्य उच्चपदहरूमा निउक्ति गर्न गराउन राजनितीक तहका उपल्लो वर्गका नेताहरू आफै वा आफ्ना भरपर्दा दलालहरू मार्फत निउक्ति गर्न रकम असुली गर्ने गरेको चर्चा भुक्तभोगीहरूले समय समयमा  रुञ्चे स्वरमा सुनाउने गरेकोछन ।

यति मात्र होर आफ्नै दलका आफ्नै समर्थकहरूबाट समेत चुनाव लड्न कुनै पनि तहका उम्मेदवार बनाउन नेता र यिनका दलालहरू रकम असुली गर्ने गरेको यत्र तत्र सर्वत्रनै सुनिन्छ ।अतः नेपालमा राजिनिक दलहरूका उपल्लो तहका नेता नेत्रि भनाउदाहरूबाट विभिन्न प्रकारका प्रपंच रचि रकम दोहन तिर लागेको समाचार जता ततै सुन्ने गरिन्छ । यो नै चुनावी भ्रष्टाचारका हथकन्डाहरू हुन भन्ने आम नेपालीहरूले बुझेका छन । 

नेपालमा हरेक ५ - ५ बर्षमा स्थानीय चुनाव, प्रादेशिक सभाको चुनाव र संघिय संसदको लागी हुने चुनावमा राजनितीक दलहरूले आ आफना चुनावी नाराहरू लिएर जनताका मांझ जाने स्टार चुनाव प्रचारकहरूको खोजि र पहिचान गर्नुपर्ने  हुन्छ । यी स्टार चुनाव प्रचारकहरू आ आफना राजनितीक दलको विचार र शिद्धान्तलाई निष्ठा पुर्वक अगाडी बढाउन सक्ने क्षमतावान, इमान्दार  र  जनप्रिय नेतानै हुनुपर्छ भन्ने आम बुझाई छ । यी स्टार प्रचारकहरू सामान्तया युवा र जोशिला राजितीक विचारकहरूनै हुनुपर्दछ ।

चुनाव प्रचारमा संलग्न हुने विचार संवाहक ( opinion makers)  वुद्धिजिवी र पुराना नयां ईमान्दार जोशिला युवा युवतीहरू संलग्न गराउने कार्यको थालनी दलहरूले गर्नुपर्छ भन्ने मांग रहेको छ । स्टार चुनाव प्रचारकले आ आफना दलका उम्मेदवारहरू छनौट गर्दा यी कुराहरूको हेक्का राख्न जरूरी छ  ।  भ्रष्ट आचरण र व्यवहारमा डामिएको ( भुटानी शर्णार्थी लेनदेन, सुन चोरी कार्यका अभिउक्त, ललिता निवास जग्गा लेनदेन, सहकारी ठगि कान्ड आदि) किमार्थ हुदैंन ।

आ आफना उम्मेदवारहरूलाई जिताउने स्टार प्रचारकहरले सहयोगिको भुमिका खेल्न सक्ने हुनुपर्छ । यी स्टार चुनाव प्रचारक र चुनावमा दलबाट मनोनयन भएका उम्मेदवारहरूको  व्यक्तिगत चरित्रिक स्वच्छता भएका, ईमान्दारितामा खरो रूपमा प्रमाणित भएका, जनतासंगको स्वच्छ संपर्क अर्थात रकम दोहनका लागी मात्र संपर्क गर्ने चरित्र भएकाहरूलाई किमार्थ स्टार प्रचारक वा चुनाव लडने उम्मेदवार बनाउने गल्ति नेपालका पार्टिहरूले गर्न हुंदैन । 

नेपालमा स्टार चुनाव प्रचारक र चुनाव लडने उम्मेदवारहरूले जन विंश्वास जगाउन सक्ने युवा र अनुभवी नेता तथा कर्यकर्ताहरूको खोजि गर्नेपर्ने समय आएको छ । नेपाललाई सबै प्रकारको भ्रष्टाचारको रय्याकेटिगं (racketing ) बाट जोगाई मुलुकलाई सहि दिशातर्फ  डोराई नेपाली जन जनलाई उचितरूपमा गांस, बास र कपासको व्यवस्ता गर्नसक्ने दल र नेताहरूको खोजि गरौं ।

नेपालका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादि केन्द्र र मधेशवादि दलहरूले आ आफना समाज र देशलाई परिवर्तन गर्ने नाराका साथ जाने स्टार चुनाव प्रचारक र ईमान्दारिताको कसिमा खरो सावित भएका चुनावमा लड्ने उम्मेदवारहरूको खोजि कार्यका लागी सुझाव दिने कार्यको थालनी गरौं । यो पंक्तीकारले संयुक्त राष्ट्र संघको परियोजनामा काम गर्दै गर्दा श्रीलंकाका एक विद्वानसंगै काम गर्ने मौका मिलेको स्मरण गर्न चाहेको छ । ती विद्वान कुनै समय श्रीलंकाली सरकारका प्रधामंत्रीको कार्यालयमा कर्मचारीको रूपमा काम गर्दै गर्दा सो समयका त्यहांका प्रधानमंत्रीले ती विद्वान व्यक्तिलाई संघिय संसदको चुनाव लड्न तयार हुन आग्रह गरेछन ।

ती विद्वानले आफ्नो राजितीक चरित्र नभएकोमा चुनाव लड्न आना कानी गर्दै गर्दा तत्कालीन वेलाका श्रीलंकाली प्रधानमंत्री श्रीमति भंडार नाईकेले चुनावको लागी दलको टिकटमात्रै दिलाईनन प्रधानमंत्री स्वयम उनै विद्वानको चुनाव क्षेत्रमा प्रचार प्रसारको बागडोर सम्हालिन ती विद्वानलाई संघिय संसदको सासंद पनि वनाई ल्याएको कथा सुनाएको यो पंक्तीकारको मानस पटलमा अझ घुमीरहेको छ ।

श्रीलंकाली विद्वानले आफ्नो चुनावको कथा भन्दै गर्दा एउटा कुरा पक्कै विचारणिय छ - राजनेतामा ईमान्दारिता, क्षमता, निष्ठा र मुलुकलाई अग्रगामी दिशा दिन सक्ने स्टार चुनाव प्रचारक नेताले पार्टिबाट मनोनयन भएका सहि उम्मेदवारहरूलाई कुनै पनि तहको चुनाव जिताउने सामर्थ राख्ने हुन्छन भन्ने कुरामा विश्वास गर्न सकिने पर्थातता श्रीलंकाली व्यक्तिको कथाबाट छर्लंगं हुन्छ । अतः नेपाली काग्रेस होस वा अन्य राजनितीक दल होस आ आफना दलका सक्षम युवा, युवतीहरू तथा निष्ठा, ईमान्दार नेताहरू र विचार मिल्ने विद्वतहरूको पहिचान गर्ने काम नेकपा एमाले, माओवादि केन्द्र र अन्य नयां पुराना दलहरूले शुरू गर्ने समय आएको छ ।

भ्रष्टाचार र अनैतिक racketing मा डामिएकाहरूलाई चुनाव स्टार प्रचारक र चुनावमा लडने उम्मेदवार समेत वनाउनबाट रोक्न राजनितीक दलका इमान्दार  कार्यकर्ताहरू र चेतनशिल नागरिकहरू अगाडी आउन समयले मांग गरेको छ । लोकतन्त्रलाई सुदृढ र सवल वनाउन सहि उम्मेदवार र सहि स्टार चुनाव प्रचारकहरू पहिचान गरि  इमान्दारीका  साथ मुलुक अगाडि बढाउने कार्यमा सबै एक जुट हुनुपर्छ भन्ने चेतनशिल नेपालीहरूको मांग रहेको छ ।