• मंगलबार, १८ बैशाख, २०८१
  • ०७:२६:०८

राणाहरुले राज्यको ढुकुटी र कर्मचारीमाथि यसरी कब्जा जमाउँथे  

काठमाडौं।  राणा शासन कालमा हरेक क्षेत्रमा उनिहरुकै आदेश नै सर्वे सर्वा हुन्थ्यो भन्ने करा त सबै थाहा भएकै हो । तर पनि राज्यका संयन्त्रहरुमा आफ्नो कब्जा जमाउँनका लागि उनिहरुले विभिन्न निकायहरु बनाइ त्यसको निगरानी आफूहरुले नै गर्न सक्ने बनाएकाहुन्थे ।

राज्यको ढुकुटी, कर्मचारी र सेना जस्ता महत्वपूर्ण क्षेत्रमा कब्जा जमाउँनका लागि उनिहरुले सम्बन्धित् क्षेत्रको निकाय निर्माण गरेका थिए । यस्तै मध्येको एक हो मुलुकीखाना । मुलुकीखानाले राज्यको सबै ढुकुटी चलाउँने काम गर्दथ्यो ।  

यसका लागि छुट्टै निकाय नै बनाइएको थियो । उक्त निकायको नाम  कमेन्डरी किताबखाना  थियो ।  यस अड्डाले श्री ३ महाराजदेखि तल्लो दर्जामा काम गर्ने सबै कर्मचारीहरुको नामावली तयार गर्नु पथ्र्यो, चाहे जिल्लाको होस् या केन्द्रको । त्यसैले यसलाई किताबखाना वा का कि भनिएको हो । यसको स्थापना जङ्गबहादुरले गरेका थिए ।

 

यस अड्डाको नाम हेर्दा साथ यसको माने राष्ट्रको ढुकुटी हो, जहाँ देशको सबै सम्पत्ति रहन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।  मुलुकी खानाको स्थापना पहिलोपल्ट जङ्गबहादुरले गरेका थिए । यसको मुख्य काम देशभरिको आम्दानी रुपैयाँ वा जिन्सीको रुपमा उठाउनु थियो । यसको एक पैसा पनि प्रधानमन्त्रीको आदेशविना खर्च गर्न सकिदैनथ्यो ।

पछि जुद्धसमशेरले आफ्नो समयमा सनदद्धारा ‘तीन साँचो’ को व्यवस्था गरी ‘मुलुकी खाना’ उपर महाराजा, मुख्तियार र जङ्गी लाठको जिम्मा राखे । नत्र यसभन्दा अगाडि जङ्गबहादुरको समयदेखि यो अड्डा र यसको प्रशासन कमाण्डर– इन– चिफ (मुख्तियार) को अन्तर्गत नै हुन्थ्यो ।

यस्तैगरी हजुरीया जर्नेललाई यस अडडाको दिनपर दिनको प्रशासन चलाउने हाकिम र यसको सुरक्षा गर्ने जिम्मा दिइयो । यसका प्रसिद्ध हाकिमहरुमा काजी नारायणभक्त माथेमा थिए । उनी धेरै वर्षसम्म यसका हाकिम भएका थिए । यस अड्डाको अन्तिम हाकिम गुरुज्यू क्षेत्रनाथ अधिकारी थिए । जुद्धशमशेरले हुन सक्नेसम्म यस राष्ट्रको ढुकुटी उपर आफ्नो हात वा अधिकार कायम गरेका थिए ।

यस्तैगरी राष्ट्रका लागि आवश्यक रकम साधारण ढुकुटी अन्र्तगत तुरुन्त खर्च गर्ने (चल्ती रकम) र तुरुन्त खर्च नगर्ने  (बेचल्ती रकम) गरि दुई ढुकुटी खोलिएको थियो । जसलाई एक साँचो ढुकुटी  (चल्ती रकमको ढुकुटीलाई) र तीन साँचो ढुकुटी (बेचल्ती रकमको ढृुकुटीलाई ) भनिन्थ्यो । यो एक साँचो ढुकुटीको साँचो तहविल डिठ्ठा सित रहन्थ्यो र यस्तै गरी साधारण तीन साँचो ढुकुटीमा रकम (रुपैया) र जिन्सी सामान रहन्थ्यो । जसको तीन साँचो मध्ये एक खजान्ची (जो यस ढुकुटीको हाकिम हन्थे) संग, एक तहविल डिठ्ठासंग र अर्को तहविलसित हुन्थ्यो ।

यसरी कुनै प्रकारले यी ढुकुटीबाट केही हराएमा तहविल डिठ्ठा नै त्यसको उत्तरदायि हुन्थे भने तीन साँचो ढुकुटीबाट केही हराए क्रमशः खजान्ची, तहविल डिठ्ठा र तहविल नै जिम्मेदारी हुन्थे । तर मुख्य ढुकुटीबाट केही पनि कुरा हराए त्यसको कुनै अर्थ हुदैनथ्यो । यसबाट पनि प्रष्ट हुन्छ की राष्ट्रको ढुकुटीलाई कुन रुपमा राणाहरुले राखेका थिए । मुलकी खानाबाहेक एउटा अर्काे सरकारी ढकुटी थियो । उक्त ढुकुटी भण्डारखाल ढुकुटी कहलिन्थ्यो । राष्ट्रिय संकटको बेलामा मात्र यसबाट रकम निकालिन्थ्यो । यसको लागि पनि प्रधानमन्त्रीको स्वीकृति आवश्यक भने हुन्थ्यो नै ।

कमेन्डरी किताबखाना

राजकाज चलाउँन अति आवश्यक संयन्त्र कर्मचारी संयन्त्र भएकाले राणाहरुले कर्मचारीको छनौट, अभिलेख तथा परिचालनलाई पनि आफ्नै निगरानी रहने गरी व्यवस्था गरेको थिए । यसका लागि छुट्टै निकाय नै बनाइएको थियो । उक्त निकायको नाम  कमेन्डरी किताबखाना  थियो ।  यस अड्डाले श्री ३ महाराजदेखि तल्लो दर्जामा काम गर्ने सबै कर्मचारीहरुको नामावली तयार गर्नु पथ्र्यो, चाहे जिल्लाको होस् या केन्द्रको । त्यसैले यसलाई किताबखाना वा का कि भनिएको हो । यसको स्थापना जङ्गबहादुरले गरेका थिए ।

यस अड्डाले प्रत्येक निजामती र सैनीक कर्मचारीहरुको नाम, पद र उनीहरुले काम गर्न थालेको मितिको विवरण र रेकर्ड राखेको हुन्थ्यो । यस्तैगरी कुनै पनि सरकारी कर्मचारीहरुले यस अड्डाको वार्षिक हिसाबबाट सफाई नपाएसम्म तलब प्राप्त गर्न सक्दैनथे । यस्तैगरी यस अड्डाको पदमा कसैलाइ पनि भर्ना गरिदैनथ्यो, जबसम्म सो पद खाली भएको घोषण अड्डाले गर्दैन र सो व्यक्तिलाई सफाई दिदैनथ्यो ।

चन्द्रशमशेरले विस १९७३ श्रावण १० गते यस अड्डालाई दुई भागमा विभाजन गरे र दुइ जना हाकिम बनाए । बजकी यसभन्दा अगाडि एकजना हाकिम थिए । खोलिएका दुई विभाग वा फाँटहरु दर्शन फाँट र दर्ता फाँट  थिए । 

 यस्तैगरी दर्शन भेट प्रथाले त झन यस कुरालाई प्रमाण पुर्याउँदछ । जँहा  एक पिउनसम्मले पनि प्रधानमन्त्रीसमक्ष उपस्थित हुनुपर्दथ्यो ।  यो अड्डा कमाण्डर इन चिफको मातहतमा हुन्थ्यो र मुलुक वन्दोबस्त अड्डाअन्तर्गत रही कार्य गर्दथ्यो । यस अड्डामा धेरै वर्षसम्म मी.सुं दैवज्ञराज जोशी हाकिम थिए ।

 

दर्शन फाँटले सबैभन्दा पहिले श्री ३ महाराजाको समक्ष दर्शन गराउने काम र कमाण्डर इन चिफको दर्शन गराउने काम गर्दथ्यो । दर्शन फाँटको काम सकिसकेपछि उक्त व्यक्तिलाई दर्ता फाँट पठाइन्थ्यो । यसले के प्रष्ट गर्दछ भने दर्शन भेट नगरिन्जेलसम्म कुनै पनि व्यक्तिको नाम र पदको दर्ता गरिदैनथ्यो भन्ने कुरा.....। यसरी यस अड्डाले प्रत्येक वर्ष पजनी विवरण  तयार गरी सबै निजामती र फौजदारी कर्मचारीहरुको नामावली पद र कार्य गर्न थालेको मिति प्रष्ट गरी एकप्रति मुलुकी वन्दोबस्त अड्डामार्फत मुख्तीयारलाई र अर्को एकप्रति जङ्गी बन्दोबस्त अड्डामार्फत जङ्गी लाठलाई पठाउँदथ्यो । यसरी पाँच प्रकारले पजनी कार्य सम्पन्न हुन्थ्यो । उदाहरणका लागि भर्ना ,सरुवा, बढुवा, खोसुवा र थमौति । यसरी पुन नयाँ नामावली तयार गरी दर्शन गराई दर्ता गराउँथे । यो प्रत्येक वर्षको एकचोटि गरिन्थ्यो ।

यसरी यस अड्डाको तरिका र कार्यहरु हेर्दा पुरानो परम्परागतमा आधातिर राणाहरुको व्यक्तिगत प्रशासन थियो भनेर भन्न सकिन्छ । किनभने यस अड्डाले दिनपर दिनको प्रशासनमा बाधा पुर्याई प्रशासनलाई उग्ररुपले केन्द्रीकरण गरेका थिए । यसरी नै प्रशासनलाई स्वतन्त्ररुपले कार्य गर्न नदिई कर्मचारीहरुलाई शोषण गर्ने मुख्य केन्द्र र माध्यम यस अड्डालाई बनाइरहेका थिए । यो कुरा बुच कमिटीको रिपोर्टले पनि प्रष्ट गर्दछ । 

यस्तैगरी दर्शन भेट प्रथाले त झन यस कुरालाई प्रमाण पुर्याउँदछ । जँहा  एक पिउनसम्मले पनि प्रधानमन्त्रीसमक्ष उपस्थित हुनुपर्दथ्यो ।  यो अड्डा कमाण्डर इन चिफको मातहतमा हुन्थ्यो र मुलुक वन्दोबस्त अड्डाअन्तर्गत रही कार्य गर्दथ्यो । यस अड्डामा धेरै वर्षसम्म मी.सुं दैवज्ञराज जोशी हाकिम थिए ।
 डा.राजेश गौतद्वारा लिखित राणकालीन नेपालको  प्रशासनिक, शैक्षिक र सामाजिक सूधारहरु नामक पुस्तकमा आधारित