• शनिबार, १२ श्रावण, २०८१
  • ०६:३७:५२

उकालो लाग्दै सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार १ लाख ३० हजारमा कारोबार भएकोमा सोमबार भने प्रतितोला १ लाख ३१ हजार ६ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार १ लाख २९ हजार ४ सयमा कारोबार भएकामा सोमबार भने १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ५ सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।