• शनिबार, १२ श्रावण, २०८१
  • १२:०९:०३

७४ वर्षमा रेडियो नेपाल : विगतदेखि बर्तमानसम्म यस्तो छ इतिहास ? 

काठमाडौँ । रेडियो नेपाल आजबाट ७४ वर्षमा प्रवेश गरेको छ । मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपालको स्थापना वि.सं. २००७ साल चैत्र २० गते भएको थियो । 

नेपालमा पहिलो रेडियो सर्वप्रथम वि. सं २००३ साल मङ्सिर महिनामा हाल विद्युत् प्राधिकरण रहेको भवनबाट ५ वाटको शक्तिबाट आरम्भ भएको थियो । यो प्रसारण –८ महिनासम्म मात्र सीमित रही बन्द भएको थियो । यस स्थानबाट दिनको १ः३० देखि ३ बजेसम्म रेडियो प्रसारण हुन्थ्यो । पद्म शम्शेरको देश निकालासँगै मोहन सम्शेर गद्दीमा आएपछि यो प्रसारण बन्द हुन पुगेको थियो । 

  राजा त्रिभुवनबाट २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा भएसँगै विराटनगर कटन मिलको एउटा सानो कोठाबाट सञ्चालित क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियोको प्रसारण बन्द भएकाे थियाे । जनक्रान्ति बन्द भएपछि विराटनगरबाट तारिणीप्रसाद कोइराला काठमाडौं फर्किनुभयो । उहाँले काठमाडौंकै मुटु सिंहदरबार भित्र रेडियो स्थापना गर्ने विचार गरी सुब्बा ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस रहेको पाको पोखल ड्याङस्थित घरमा प्रथम बैठक राख्नुभएको थियो ।

 

जहानियाँ राणा शासनको अन्त्य गर्ने उद्देश्यले २००६ सालमा विराटनगरमा एक आकाशवाणी केन्द्रको स्थापना गरिएको थियो । २००७ साल मङ्सिर २८ गते बिहान ८ः३० बजे एकाएक एउटा प्रसारण सुनियो,‘यो नेपाल प्रजातन्त्र रेडियो हो। हामी विराटनगर मुक्ति मोर्चाबाट बोलिरहेका छौ।’

  रघुपति जुट मिलको एउटा कोठामा आकाशवाणी सेट राखेर ४१ मिटर ब्यान्ड शर्टवेभमा यो कार्यक्रम प्रसारण गरिएको थियो । यसको प्रसारण काठमाडौँ, दार्जिलिङ, कलकत्ता, गोरखपुर र बनारससम्म सुनिएको थियो ।

यी स्थानहरू २००७ सालको राणा विरोधी सङ्घर्ष सञ्चालनका प्रमुख केन्द्र थिए । सशस्त्र सङ्घर्षका समाचार प्रसारण गर्न यो रेडियो केन्द्र अत्यन्त उपयोगी माध्यम साबित भएको थियो। यस रेडियो केन्द्रको स्थापना र सञ्चालन गर्नमा तारिणीप्रसाद कोइरालाको उल्लेख्य योगदान रह्यो। यसका सर्वप्रथम उद्घोषक थिए, गजाधरभक्त माथेमा ।

तारिणीप्रसाद कोइरालाले नेपालीमा, हिन्दीका प्रसिद्ध कवि फणीश्वरनाथ रेणुले हिन्दीमा र विजयालक्ष्मी (वि.पि. कोइरालाकी बहिनी)ले अङ्ग्रेजीमा समाचार प्रसारण गर्नुहुन्थ्यो । त्यसको केही समय पछि निर्झ भन्नेले हिन्दी कार्यक्रम सञ्चालन गर्नुका साथै हिन्दीमा समाचार प्रसारण गर्न थाल्नुभएको थियो । यो रेडियोको प्रसारणले राणा शासन हटाउन ठूलो मद्दत र्गयो।

राजा त्रिभुवनबाट २००७ फागुन ७ गते प्रजातन्त्र घोषणा भएसँगै विराटनगर कटन मिलको एउटा सानो कोठाबाट सञ्चालित क्रान्तिकारी प्रजातन्त्र नेपाल रेडियोको प्रसारण बन्द भएकाे थियाे । जनक्रान्ति बन्द भएपछि विराटनगरबाट तारिणीप्रसाद कोइराला काठमाडौं फर्किनुभयो । उहाँले काठमाडौंकै मुटु सिंहदरबार भित्र रेडियो स्थापना गर्ने विचार गरी सुब्बा ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस रहेको पाको पोखल ड्याङस्थित घरमा प्रथम बैठक राख्नुभएको थियो ।

त्यस बैठकमा बालकृष्ण सम, मुरारीकृष्ण शर्मा, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ आदि सम्मिलित हुनुहुन्थ्याे । दोस्रो बैठक बालकृष्ण समको निवासस्थान ज्ञानेश्वरमा बसेको थियो । बैठकले सिंहदरबार भित्र राणा प्रधानमन्त्रीका नाति नातिनाहरुलाई पढाउने गरेको बंगला, जहाँ आकाशवाणी सेट पनि रहेको थियो, त्यहीँबाट २००७ चैत्र २० गते विहान र बेलुका गरी एक एक घन्टाको कार्यक्रम प्रसारण गर्ने निर्णय गर्याे ।

त्यही निर्णयअनुसार चैत्र २० गते तारिणीप्रसाद कोइरालाको अगुवाईमा विहान बालकृष्ण सम, रश्मि राज्यलक्ष्मी, मुरारीकृष्ण शर्मा, हरिप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, हरिबहादुर रञ्जितकार, जीवनाथ लोहनी र प्रतिमान परियार आदि त्यही बंगलामा भेला भई रेडियो नेपालको प्रसारणको शुभारम्भ सुरु गर्नुभएकाे थियो ।

रेडियो नेपाल प्रारम्भिक अवस्थामा २५० वाटको ट्रान्समिटरबाट दैनिक ४ घण्टा प्रसारण हुने गर्दथ्यो । वि.सं. २०१७ सालमा प्रसारण अवधि बढेर दैनिक ५ घण्टा  पुर्याइएको थियो ।

वि.सं. २०२५ सालमा रेडियो नेपाल दैनिक १२ घण्टा प्रसारण हुन थाल्यो ।  वि.सं. २०४१ सालबाट दैनिक साढे १३ घण्टा प्रसारण हुन थालेको रेडियो नेपाल  वि.स. २०७३ भदौ १ देखी २४ सै घण्टा प्रसारण हुन थाल्यो । 

रेडियो नेपालले वि‍. सं २०५० चैत्र २० गते देखि क्षेत्रीय प्रसारण केन्द्रहरू द्वारा क्षेत्रीय प्रसारण सेवा सुरु गरेको थियो। सुरुमा क्षेत्रीय प्रसारण सेवा प्रत्येक दिन बिहान ११ बजे देखि १२ बजेसम्म मात्र एक घण्टा चल्दथ्यो। यसमा स्थानीय भाषामा गीत(सङ्गीतको साथ साथै स्थानीय समाचार मूलक विभिन्न कार्यक्रमहरू प्रसारण गर्ने गरेको थियो।

पछि गएर रेडियो नेपालले क्षेत्रीय प्रसारण कार्यक्रमको समयलाई थप गरी बिहान ०९:४५ देखी ११:०० सम्म र राती ४:०० बजे देखी ६:०० सम्म गर्नुका साथै क्षेत्रीय प्रसारण केन्द्रबाट स्थानीय भाषामा समाचार प्रसारणको काम सुरु गरेको थियो ।  हाल ७ वटै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय र मुलुकको विभिन्न ३२ स्थानका एफ।एम। 

 रेडियो प्रसारणको अलावा रेडियो नेपाल अध्ययन, अनुसन्धान गर्ने प्रमुख थलोको रुपमा परिचित भइरहेको छ । रेडियो नेपालमार्फत विराटनगरमा पहिलो सञ्चारग्राम, तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम सञ्चालन भइरहेको  छ । गीत सङ्गीतको पर्यायवाचीको रुपमा रहेको रेडियो नेपालले सङ्गीत प्रशिक्षणदेखि स्वर परीक्षा, गीत रेकर्डिङ सहित आधुनिक, शास्त्रीय लोक तथा स्वदेशगान प्रतियोगिता र सम्मेलनसमेत हरेक वर्ष सञ्चालन गर्दै आइरहेको छ।

 

रिले स्टेशनबाट रेडियो नेपाल प्रसारण भइरहेको छ । रेडियो नेपालले हाल संघीय, प्रादेशिक प्रसारण कार्यालय तथा स्थानीय तहमा एप.एफ. रिले स्टेसनहरू,अनलाइन तथा  मोबाइल एपबाट सेवाहरू दिइरहेको छ । 

हाल रेडियो नेपालको पहुँच (अनलाइनबाहेक) मुलुकको ९३ प्रतिशत जनसङ्ख्यामा छ । हाल रेडियो नेपालका ३२ वटा एफ. एम. रिले प्रसारण केन्द्रहरू, छ वटा मिडियम वेभ र डिजिटल प्लेटफर्म (रेडियो नेपाल अनलाइन न्युजपोर्टल, ओ.टी. टी. एप, सोसल मिडिया र यु–ट्युव मार्फत स्वदेश तथा विदेशमा रहेका रेडियो नेपालका श्रोतालाई २४ सै घण्टा सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

हाल रेडियो नेपालबाट २२ भाषामा समाचार र २१ भाषामा कार्यक्रमहरू प्रसारण भइरहेका छन् । अहिले रेडियो नेपालका वि.सं. २००७ साल देखिका पुराना श्रव्य सामग्रीहरूलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्यसमेत भइरहेको छ । रेडियो नेपालले हालसम्म आफ्ना पुराना गीत तथा कार्यक्रम गरी करिब पचास हजार श्रव्य सामग्रीहरूलाई डिजिटल रुपमा रूपान्तरण गरिसकेको छ । 

रेडियो प्रसारणको अलावा रेडियो नेपाल अध्ययन, अनुसन्धान गर्ने प्रमुख थलोको रुपमा परिचित भइरहेको छ । रेडियो नेपालमार्फत विराटनगरमा पहिलो सञ्चारग्राम, तारिणी प्रसाद कोइराला स्मृति सञ्चारग्राम सञ्चालन भइरहेको  छ । गीत सङ्गीतको पर्यायवाचीको रुपमा रहेको रेडियो नेपालले सङ्गीत प्रशिक्षणदेखि स्वर परीक्षा, गीत रेकर्डिङ सहित आधुनिक, शास्त्रीय लोक तथा स्वदेशगान प्रतियोगिता र सम्मेलनसमेत हरेक वर्ष सञ्चालन गर्दै आइरहेको छ । अनलाइन रेडियो नेपाल