• शनिबार, १२ श्रावण, २०८१
  • ०८:४०:४७

युएईद्वारा गाजाका महिला तथा बालबालिका लागि सहायता प्रदान

काठमाडौं। संयुक्त अरब इमिरेट्सले ’अपरेसन चिभालरस नाइट–३’ मार्फत प्यालेस्टिनी जनताका लागि युएईको निरन्तर मानवीय सहयोगको अर्को अंशको रूपमा गाजाका महिला तथा बालबालिका लागि तयार पारिएको सहायता प्याकेजहरू प्रदान गरेको छ ।

एमिरेट्स रेड क्रिसेन्ट (ईआरसी) का महासचिव हमौद अब्दुल्लाह अल जुनैबीले  बालबालिका तथा महिलाहरूका आधारभूत आवश्यकता पूरा गर्न सहायता प्याकेज तयार गर्न सहयोग प्रक्रिया चिवालरस नाइट–३ चलिरहेको जनाउनुभएको छ । सहायता प्याकेजहरूले मानवीय राहत प्रयासहरू उत्तरी क्षेत्र केन्द्रित गर्दै गाजा पट्टीमा पठाइएको खाद्य सहायताले पीडितको जीवन जिउन सहजता प्रदान गर्ने उहाँले बताउनुभयो । 

एमिरेट्स न्युज एजेन्सी (डब्लुएएम) सँग कुरा गर्दै अल जुनैबीले सहायता वितरण गाजामा मानवीय सहायताका लागि युएईले सुरु गरेको राहतको अर्को अंश भएको उल्लेख गर्नुभयो । यो सहायता विमानबाट खाद्यान्न झार्ने र रफाहा सीमाबाट प्रवेश गर्नेछ ।

अल जुनैबीले आवश्यक राहत तथा खाद्य प्रावधान उपलब्ध गराई प्यालेस्टिनीहरू, विशेष गरी महिला र बालबालिकालाई सहयोग गर्ने युएईको प्रतिबद्धतालाई दोहोर्‍याउनुभयो । उहाँले विशेष सहायता प्याकेजहरू व्यापक राहत सहित प्रदान गरिएको बताउँदै यसमा अत्यावश्यक वस्तुहरू समावेश भएको जनाउनुभयो । 

गाजामा सहायताले असहज समयमा प्यालेस्टिनी जनतासँगका सुख दुःखमा सहयात्रा गर्न  युएई नेतृत्वको निर्देशनलाई प्रतिबिम्बित गर्दै यो प्रयासले विश्वव्यापी नेतृत्व तथा उद्धारशीलता प्रदर्शन गरिरहेको छ ।

अल जुनैबीले गाजा नागरिकलाई इदको लुगा उपलब्ध गराउने योजना चलिरहेको उल्लेख गर्दै राज्य संस्थाले प्यालेस्टिनी जनतालाई निरन्तर आवश्यक मानवीय सहयोग प्रदान गर्ने काम गरिरहेको जनाउनुभयो । रासस/एएनआई