• मंगलबार, १८ बैशाख, २०८१
  • ०९:११:४९

बारामा धान उत्पादनमा वृद्धि

काठमाडौं  । बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर २ लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायणप्रसाद साहका अनुसार चालु आर्थिक वर्षमा अग्हनी धान ३४ हजार १ सय २० हेक्टरमा लगाइएकामा १ लाख ३३ हजार ८ सय ९२ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, भदैया धान ११ हजार ९ सय हेक्टरमा रोपेर ५१ हजार १ सय ७० मेट्रिक टन फलाइएको थियो । १६ हजार हेक्टरमा गरिएको चैते धान ८० हजार मेट्रिक टन उत्पादन भएको थियो ।

अधिकांश किसानले खेतबाट नै धान बेचेका थिए । अग्हनी प्रतिक्विन्टल रु ३ हजार ४ सय, भदैया प्रतिक्विन्टल २ हजार ९ सय र चैते धान प्रतिक्विन्टल ३ हजारमा बिक्री भएको थियो । गत वर्ष २ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । रासस।