• बुधबार, १९ बैशाख, २०८१
  • ०१:४९:०४

तोलामा ७ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य  सोमबार प्रतितोला  सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला  सय रुपियाँले वृद्धि भई  लाख ३७ हजार  सय रुपियाँ निर्धारण भएको छ ।

शुक्रबारको तुलनामा आइतबार २ हजार २ सय रुपियाँले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।   

यस्तै, तेजाबी सुन  सोमबार प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपियाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला १ हजार ७ सय रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७ सय १५ रुपियाँ निर्धारण भएको छ । रासस।