• बिहीबार, १० जेठ, २०८१
  • ११:४३:१४

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ।पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर  रुपैयाँले मूल्य वृद्धि भएको छ ।

मंगलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर २ रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर ३ रुपैया ४६ पैसा मूल्य बढेको हो । 

नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि १ सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।