• मंगलबार, १८ बैशाख, २०८१
  • ०४:३७:५३

नेपालको उथल पुथलमा विदेशीको अक्रोश !

  • Netizen Nepal
  • बुधबार, ५ बैशाख, २०८१- १८:०५:००/ Wednesday 04-17-24

दृश्य : एक
गहिरो निद्रामा मस्त सुतिरहेको बेला एक्कासी मोबाइलको ‘ रिङ्गट्रोनको आवाज बजेपछि जुरूक्क उठेर छाम छुम गरि शिरानी नजिकै रहेको मोबाईल हेर्दा मध्य रातको १२ पो बजेको रैछ ! 
हत्तपत्त हेलो हेलो !  गर्दै गरेको त अंग्रेजी भाषामा महिलाको स्वर सुनियो । मैले पनि हेल्लो ! हु इज टकिङ्ग ? भनेर सोध्दा अमेरीकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस सचिवालयबाट बोल्दै छु  भन्ने जवाफ आयो । हैट मलाई अमेरीकी राष्ट्रपतिको सचिवालयबाट कल ! मजाक लाग्यो र भने ”तपाईंले खोजेको मानिस म होईन ।” तर ती महिलाले तपाईंलाई नै खोजेको हो भनिन् । विश्वास नमानि नमानि उनीसंग बात मार्न तम्सिएं । 
उनी भन्दै थिइन “तपाईंको देशका जुन सुकै नेताले सत्तामा आए पछि म उथल पुथल ल्याउछु भन्छन नि त । नेताहरुले विक्रम सम्वत २००७ सालदेखि नै देशमा उथल पुथल ल्याउछु भन्दै आएका हुन नी । स्थिरता र शान्ति ल्याई मुलुकको समग्र विकासमा राजनितीक नेताहरू लाग्नु पर्नेमा जहिले पनि उथल पुथलमै रमाई सत्ताको स्वाद मात्रै लिएको देखिन्छ छ त ।” भन्दै ती महिलाले फोन काटिन् ।

ती महिलाले लगाएको आरोप सुनेपछि म पनि एक छिन घोरिएं । हो हामी कहांँ नयाँ पुराना सबै दलका नेताहरू मुलुकमा उथल पुथल मात्रै ल्याउछौ भन्छन् । चाहे त्यो सुन तस्करी गरेर होस् वा नक्कली भुटानी शणार्थी बनाइ नगद दोहन गरेर होस वा सहकारी संस्थाका बचत कर्ताको रकम खर्लप्पै पारेर होस ।  सबै जसो नेताहरू आजभोलि नोट बनाउने उद्यममै लागेको पाईन्छ । विना लगानी रातारात करोडपति अरबपति बन्ने नेताहरुको चालाले उनीहरुको उद्यम त यै रैछ भन्ने छाप आम नेपालीको मनमष्टिकमा पर्न गएको छ । 

राजनीति र शक्तिको आडमा जसरी पैसा कमाउनका लागि हलि बन्न, नब्बे डिग्रीको धनुषटंकार गरि लंमपसार पर्ने नेता कार्यकर्ता तंछाड मछाड गरिरहेको देखिन्छ । चाकरी चापलुसी गरे छोटो समयमै रोडपतीबाट करोडपति हुने उद्यम अघि बढाउन अचुक उपाय बुझेकाहरु शक्तिको अगाडि पछाडि लर्को नै देखिन्छ ।आर्थिक, सामाजिक, राजनितीक र समावेशि लोकतंत्रलाई सवल, सक्षम र सुसंकृत सुशानमार्फत मुलुक अगाडि बढाउन तछाड मछाड गर्नु पर्ने बेला सत्ताको दुरुपयोग गरी आर्थिक लाभ लिन उथलपुथलमा व्यस्त छन हाम्रा नेताहरु । यो अवस्था देख्दा त ति महिलाले भनेकाके कुरा पनि पनि ठिकै हो जस्तो लाग्यो ।  

दृश्य : दुई 
अर्को दिन फेरी बिहानै ‘ट्रिगं ट्रिगं’ गरि मोबाईलको घटी बज्यो ! मोबाईलको स्क्रिनमा  अन्र्तराष्ट्रिय कल भन्ने देखे । फोन उठाएको त डाउनिगं स्ट्रिट लन्डनबाट बोलेको भन्छ । लन्डनको डाउनिगं स्ट्रिट त बेलायतको प्रधानमंत्रीको आधिकारिक बास बस्ने ठाऊं पो हो त । किन होला भनि बडो अचम्मित हुदै फोन गर्ने मनुवालाई हेलो भनेर जवाफ फर्काएँ ।  उ त पड्केर पो बोल्छ । के भयो भनि सोधेको त । ”ए तिमीहरू कहिले सहकारी संस्था लुट गर्ने कहिले सुनको लगौंटि लगाएर अन्तर्राष्ट्रिय एयरपोर्टबाट उम्मकिनेहरुलाई नै सत्तामा पुर्याउने गर्छौ  होइन । “
 होईन होइन भन्दै त्यस मनुवालाई थम थमाउने प्रयास गरें । तर त्यो बेलायती मनुवाले चित्त बुझाएन । हुन पनि नयाँ पुराना दलका उपल्लो तहका नेताहरूको अगुवाईमा सुनको जुत्ताका सोलै चपाउने, सहकारीबाट लुट गरि कम्मर हल्लाई हल्याई चुनावी मंचमा नौटंकी गर्ने अनि सोझा साझा नेपालीलाई बहकाई बहकाई चुनाव जित्ने । सत्तामा गए पछि जनताको समस्या सामाधानका लागी सिन्नको पनि नभांच्ने नेतालाई सम्झिता त यो कुरा पनि ठिकै हो जस्तो लाग्यो ।  

दृश्य : तीन 
बेलुकीको दाल रोटी चपाएर यस्सो ओछ्यानमा ढल्याक ढुलुक गर्दै गर्दा मोबाईलको घंटी कान फुटने गरि फेरी करायो । मलाई केही अमेरिकाका कहिले बेलायतबाट कल आइरहेकाले  यो पनि पक्कै कुनै अन्तर्राष्ट्रिय कल नै हुनु पर्छ भन्ने सोचका साथ मोबाईल च्याप्प समाति कानमा पु¥याइ हाले । कानमा फोन के पु¥याएको थिए, दक्षिण छिमेकी भाषामा अलि कड्किएर बोल्छ एउटा मनुवा । “होईन तिम्रो देशका नेताहरू गरिब देशका धनाढ्य नेतामा गनिन्छन् कसरी ?” ती मनुवाको प्रश्नले म त  वाक्क न बक्क भएँ ।  उनको प्रश्नको जवाफ दिन मैले सकिन । बाराम्बार मलाई आइरहेका अन्तर्राष्ट्रिय कल बारे सोच्दै ओछ्यानमा पल्टिको के थिए स्वर्गमा हाम्रा महान नेता गणहरु बीपी कोइराला, मदन भण्डारी, पुष्पलाल, सुशिल कोइरालाहरु गम्भीर छलफल गरिरहेको देखे ।

प्रजातंत्र लोकतंत्र गणतंत्रका लागि लडेका हजारौं हजार सहिदको सपना चकनाचुर पार्ने भडुवा नेताहरूलाई ती सबै स्वार्गवासी नेताले स्वर्गमा समयमा समयमा नेपाल र नेपाली जनताको उन्नती प्रगतिको समिक्षा गर्दा रैछन । उनीहरुले छलफल पछि नेपालका पुराना र तन्नेरी दलका नेताहरूमा ठ्याक्कै एउटै चिरित्र भएके निष्कर्ष निकाले । मौका पायो की लुट्ने । लुट मचाउने बाहेक गणतंत्र आएको केहि उप्लब्धि भएन भनेर उनीहरु चिन्तित देखिन्थे । बिकल्प के त भनि मंथन गर्दै जादां भैसीलाई सिंगको भारी भएको हो की भन्ने तिर पो सोच पुर्याएछन ति स्वर्गमा भएका नेतागणहरूले । ए वित्यास पर्यो भनेर नयाँ पुराना दलका सक्षम, योग्य, ईमान्दार, क्षमतावान युवा युवती र पाका नेताहरूको खोजि गर्न विज्ञापन गर्ने निधोमा पो पुगेछन ति स्वर्गवासी नेतागणहरू । 

नयाँ, पुराना, युवा र छिप्पिएका नेताहरुले मुलुकको सामाजिक, आर्थिक र राजनितीक रूपान्तपणका लागी नेपालको वर्तमान राजनितीक, प्रशासनिक संरचनामा ब्यापक परिवर्तन ल्याउन संकल्प गर्नुपर्ने छ  भन्दै सुझावहरु दिएको पनि सुने ।  वर्तमान मंत्रालय, विभाग, आयोगहरूको पुनरावलोकन गर्ने, न्यायिक संरचनाहरूको पुनरगठन गर्ने, राजनैतिक दुतावासहरूको पुनराववोकन गन,  प्रादेशिक सभाको चुनाव एलोक्टरल सदस्यबाट चुनाव गराउने, निजी क्षेत्र र लगानीकर्ता भित्राउन प्रधानमंत्रीको संयोजकत्वमा एक उच्चस्तरिय समितिको गठन गर्ने जस्ता काम गर्नुपर्ने सुझावहरु सुने ।

 बैंक वित्तिय संस्था ऐनको तत्काल पुनरावलोकन गरि नयाँ बैंक तथा वित्तिय ऐन तर्जुमा गर्ने,  स्थानीय सरकार र प्रदेश सरकारको भुमिकामा स्पष्टाता ल्याउन स्पष्ट खाका तयार गर्ने जस्ता कुरामा सबैले आफ्ना बाँचेको नेताहरुलाई सुझाव दिने जस्ता  सहमति गरि नेतागणहरू आ–आफ्ना खोपिमा लागे । त्यही समयमा नेपालको दुरदराजका युवाहरु आफ्नो आर्थिक लाभका लागि मात्रै उथलपुथल गर्ने नेताहरुलाई ठिक ठाँउमा ल्याउन अब अर्को जन आन्दोलनको परिकल्पना गर्दै थिए । 

म यी सबै दृश्यको बारेमा चकित पर्दै थिएँ । हैट !  म पनि त्यहि बेलामा झल्यास्स भएर अर्ध चेतनाबाट विउझिँए । मनमनै सोचे नेताहरुले आफ्नो लागि मात्रै उथलपुथल गरी लाभ लिने क्रमले नेपाली युवाहरुमा बढ्दै गएको आक्रोशलाई नेताहरुले नजरअन्दाज गरे भोलि पक्कै फेरि ठूलो क्रान्ति निश्चित छ । त्यसैले समयमै लुटतन्त्रको अन्त्य गरी संवृद्धि नेपाल निर्माणमा देश हाक्नेहरुको आँखा खुलोस भन्ने सोचे । आखिर यो त सपना न थियो । केहि कुरा मिलेमा संयोग बाहेक केहि पनि होइन ।