• बुधबार, २ माघ, २०८१
  • १०:२७:११

नेसनल आईसिटी अवार्ड -२०२४ डायनामिक टेक्नोसफ्ट लाई

  • Netizen Nepal
  • शनिबार, २२ बैशाख, २०८१- २०:२०:००/ Saturday 05-04-24

काठमाडौं । नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ । नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो । 


वीरगंजमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको हो । सन् २०१०मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ । कम्पनीको मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाडौँको बानेश्वरमा कर्पोरेट हाउस सञ्चालन छ । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा  कम्पनीले  शाखा विस्तार गरि सकेको छ । कम्पनीको ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ ।

डाइनामिक गु्रप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका सञ्चालक तथा सीईओ दिपक साहले बताए । तत्काल भुटान, बङलादेश लगायतका एशियाली मुलुकमा कम्पनीको शाखा  विस्तार गर्ने योजना रहेको साहले जानकारी दिए ।  

डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल चार वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायीक अफिस म्यानेजमेन्ड र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्छ ।  

कम्पनीले विकास गरेका सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । विभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही करिब दुई हजार बढी छन् । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोबार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ । विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका एक हजारभन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेका छ ।