फूल रङ्गीन किन हुन्छ?
-
नेटिजन संवाददाता
- सोमबार, ११ चैत, २०८१- ११:५०:००/ Monday 03-24-25

काठमाडौं । चैत-वैशाख वसन्तमा नयाँ फूल पात, जेठ-असार गृष्ममा गर्मी दिन रातु उहिले उहिले प्राथमिक तहमा विभिन्न छ वटा ऋतुको गीत यसरी गाउने गरिन्थ्यो। वसन्त ऋतुलाई नेपालमा फूलको ऋतु भनेर पनि चिनिन्छ। हामी सानो छँदा आमाले पूजाका लागि फूल टिपेर ल्याउन अह्राउनु हुन्थ्यो । बारीमा पुगेर प्याउली, सयपत्री, गोलाइची, लालुपाते आदि किसिम किसिमका फूल टिपेर ल्याउँथें ।
मलाई अचम्म लाग्थ्यो सबै फूल रङ्गीन र आकर्षक थिए । मलाई जिज्ञासा उठ्यो फूल किन यति राम्रा र रङ्गीन हुन्छन् ? मैले पूजाकोठामा पुगेर आमालाई सोधें, ूआमा, यी सबै फूल किन यति राम्रा भएका होलान् रुू आमाले भन्नुभयो,"भगवान्लाई चढाउन। भगवान्ले रङ्गीन फूल मन पराउनुहुन्छ, त्यसैले।"
मेरो मनभित्रको जिज्ञासा अझै समाधान भएको थिएन । मैले शिक्षकलाई सोधेँ, “मिस, यी सबै फूल किन रङ्गीन छन् रु” उहाँले सबैलाई सुनाउँदै भन्नुभयो,सबैले सुन। हाम्रा वरपरका सबै जसो विरुवामा फूल फुल्छन् र ती पनि रङ्गीचङ्गी हुन्छन् । किन होला थाहा छ?
हामीले पनि भगवान्को प्रसाद सम्झेर फूलका माला लगाउँछौं। मैले त्यो कुरा सम्झिरहेको थिएँ। अनि वरपरका बिरुवामा हेरें। ठुलासाना सबै जसो बिरुवामा फूल फुलेको देखिन्छ । जति पनि फूल देखिन्छन् ती सबै अत्यन्त राम्रा हुन्छन्- राता, निला, पहेंला, गुलाबी, सेता आदि । मलाई जिज्ञासा लागिरह्यो। आमाको जवाफले मात्र मेरो चित्त बुझेको थिएन तर मैले सोध्ने उपयुक्त ठाउँ फेला परेको थिएन ।
विद्यालयमा विज्ञान विषयको 'हाम्रा वरपरका बिरुवाु भन्ने पाठ पढ्ने दिन थियो। धेरै अघिदेखिको कौतूहल आज मेटिने भयो भनेर शिक्षकले पढाउनुभएको कुरा ध्यान दिएर सुनें। हैं। हाम्रा वरपर रहेका विरुवा दुई किसिमका हुँदा रहेछन्' फूल फुल्ने र नफुल्ने। उन्यु, लेउ, म्याउबाहेक सबै जसो बिरुवामा फूल फुल्दा रहेछन् । फूलबाटै फल बनेर त्यसैवाट बिउ बन्ने रहेछ जसवाट फेरि त्यही जातको नयाँ बिरुवा उम्रँदो रहेछ।
कक्षामा शिक्षकले विभिन्न किसिमका फूल पनि लिएर आउनुभएको थियो। उहाँले एउटा फूल देखाएर त्यसभित्रको भाले भाग पुङ्केशर अनि पोथी भाग स्त्रीकेशर देखाउनुभयो र भन्नुभयो, “फूलको भाले भागमा भएको धुलो (परागकण) पोथी भागको स्टिग्मामा पुगेर त्यसभित्रको गर्भाशयमा पुगेपछि मात्र फूलबाट फल बन्दछ । त्यसो हुन सकेन भने फूलबाट फल बन्दैन।" यति भनी सकेर शिक्षकले हामीलाई अरू फूल बाँड्नुभयो र ती भाग देखाउन लगाउनुभयो। हामीले फूल हेरेर ती भाग देखायौं।
ती जब फूलमा बस्छन्, तिनका खुट्टा र शरीरमा परागकण टाँसिन्छन् अनि फूल चाहार्दै जाँदा परागकण स्टिग्मामा झर्छन् । यसलाई परागसेचन भनिन्छ। अनि स्टिग्माबाट ती परागकण गर्भाशयमा पुगेपछि फूलमा गर्भाधान हुन्छ र फल बिउ बन्दछन् । शिक्षकले भन्नुभयो, ूअब त बुभm्यौ बिरुवामा किन रङ्गीन फूल फुल्छन् भनेर रुू म दङ्ग भएँ। प्रकृक्ति पनि कति अचम्मको।
मेरो मनभित्रको जिज्ञासा अझै समाधान भएको थिएन । मैले शिक्षकलाई सोधेँ, “मिस, यी सबै फूल किन रङ्गीन छन् रु” उहाँले सबैलाई सुनाउँदै भन्नुभयो,सबैले सुन। हाम्रा वरपरका सबै जसो विरुवामा फूल फुल्छन् र ती पनि रङ्गीचङ्गी हुन्छन् । किन होला थाहा छ?
शिक्षकले बुझाउन थाल्नुभयो । बिरुवामा गर्भाधान हुन वा फल र बिउ बन्न भाले भागको परागकण पोथी भागको स्टिग्माबाट भित्र गर्भाशयमा पुग्नु पर्छ। बिरुवा आफू हिँड्डुल गर्न नसक्ने भएकाले आफैँ त्यो गर्न सक्दैन। यो काम किरा, पुतली आदिले गरिदिनु पर्छ। फूल रङ्गीन हुने र फूलभित्र गुलियो रस पनि हुने हुँदा माहुरी, पुतली, किरा आदि फूलतिर आकर्षित हुन्छन् ।
ती जब फूलमा बस्छन्, तिनका खुट्टा र शरीरमा परागकण टाँसिन्छन् अनि फूल चाहार्दै जाँदा परागकण स्टिग्मामा झर्छन् । यसलाई परागसेचन भनिन्छ। अनि स्टिग्माबाट ती परागकण गर्भाशयमा पुगेपछि फूलमा गर्भाधान हुन्छ र फल बिउ बन्दछन् । शिक्षकले भन्नुभयो, ूअब त बुभm्यौ बिरुवामा किन रङ्गीन फूल फुल्छन् भनेर रुू म दङ्ग भएँ। प्रकृक्ति पनि कति अचम्मको। रामप्रसाद सुवेदीर /मुनाबाट।