• आइतबार, ६ जेठ, २०८१
  • ०२:२९:२९

जापानी परराष्ट्रमन्त्री पुस्तक पसलमा ; किनिन् नेपाली किताब

  • Netizen Nepal
  • आइतबार, २३ बैशाख, २०८१- २०:०१:००/ Sunday 05-05-24

काठमाडौं । नेपालको एकदिने भ्रमणमा आएकी जापानी परराष्ट्रमन्त्री खामिखावा योकोले आइतबार जमलस्थित मण्डला बुक प्वाइन्टमा गई पुस्तक खरिद गरेकी छन् । उनको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो । खासगरी उनले नेपाली लेखककै पुस्तक किन्न चाहेकी थिइन् । 

खामिखावाले ‘गाई जात्रा’, ‘भतिजीहरु’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक खरिद गरेकी मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिए ।

जापानी परराष्ट्रमन्त्री योकोका रोजाइमा नेपाल पिक्चर लाइब्रेस पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्वीर पुस्तक पनि पर्‍यो ।  त्यस्तै, उनले महिला सशक्तिकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गरेकी थिइन् । पाँच मिनेट मात्रै मण्डला बुक प्वाइन्टमा बिताएकी उनले प्रत्यक्ष पुस्तक हेरी खरिद गरेकी हुन् ।

मण्डला बुक प्वाइन्टका प्रमुख महर्जनले जापानी मन्त्री योकोलाई स्वागत गर्दै पुस्तकबारे सङ्क्षिप्त जानकारी गराएका थिए । ‘मन्त्रीज्यूको अवलोकनले गर्दा नेपाली पाठक, शिक्षक, विद्यार्थी पुस्तक पढ्ने संस्कृतिप्रति प्रेरणा मिल्छ’, उनले भने, ‘यसभन्दा अघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गुर्नभएको थियो ।’ रासस