• सोमबार, ७ जेठ, २०८१
  • ०१:३९:०२

कहाँ कति वर्षा भइरहेको छ ?

काठमाडौँ । देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी ,बागमती र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार बुधबार दिउँसो देशभर आंशिक बदली  हुनेछ । देशका पहाडी,तराई भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि  छ ।

बुधबार राति  देशभर आंशिक बदली हुनेछ । कोशी, मधेश,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानका साथै बाँकी  प्रदेशका पहाडी भागका १-२ स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।