• शनिबार, १२ श्रावण, २०८१
  • १२:३३:१७

नेपाल एकिकरणको बेला पृथ्वी नारायण शाहले लेखेका चिठीहरु 

पवित्रा थपलिया 
काठमाडौं, २६ जेठ । नेपालको इतिहासमा पृथ्वी नारायण शाह एक चर्चित पात्र हुन् । पछिल्लो समयमा उनको योगदान र चर्चालाई भिन्न कोणबाट समेत व्याख्या हुने गरेको छ । इतिहासकार ज्ञानमणि नेपालका अनुसार पृथ्वी नारायण शाहको पालामा नेपाल ५३ टुक्रामा विभाजित थियो । भारतमा मुसलमान साम्राज्य पतन भएर ब्रिटिश साम्राज्य खडा हुदै थियो । काठमाडौंमा पादरीहरु आएर बसेका थिए । जय प्रकाश मल्लले ब्रिटिश सहयोग मागिरहेका थिए भने ब्रिटिशहरु पनि काठमाडौं छिर्ने बाहना खोजिरहेका थिए । तर पृथ्वी नारायण शाहको कुशलताले ब्रिटिशहरु नेपाल छिर्न सकेनन् ।  यहि झोकमा ब्रिटिशहरुले नेपालको इतिहासलाई गलत ढंगले प्रचार गरेको संस्कृतिविद् जगमान गुरुङको भनाइ  छ । अहिले पृथ्वी नाराण्को बारेमा जे जस्ता टिप्पणी भए पनि पृथ्वी नारायण शाहले त्यो बेला गरेको कामलाई समग्रमा सकारात्मक ढंगले हेर्न सकिन्छ । 

पृथ्वी नारायण शाहले गरेका कामहरुको विश्लेषण गर्ने विभिन्न प्रमाणहरु मध्ये चिठी पत्र पनि एक महत्वपूर्ण आधार हो । त्यो समयको संचारको भरपर्दो माध्यम नै चिठी पत्र हो । राजा जयप्रकाश मल्लको  पालामा काठमाडौं बसेका पादरीहरुले ब्रिटिश सरकारलाई चिठी लेख्दै नेपाल आक्रमण गर्ने उपयुक्त समय यहि हो समेत भनेका थिए । उनिहरुको विश्वास थियो कि जयप्रकाश मल्लालाई हातमा लिएर नोपल बब्जा गर्न सकिन्छ । यो चिठी पृथ्वी नारायण शाको हातमा परेपछि  उनि पाटनकाप्रधानहरुलाई विश्वासमा लिएर वा डर देखाएर तत्कालिन कान्तिपुर राज्यलाई गोरखा राज्यमा गाभेर  नेपाल राज्य विस्तार गर्न चाहन्थे  र ब्रिटिशहरुलाई नोपल आउँनबाट रोक्न चाहन्थे ।  यसै सन्दर्भमा उनले पाटनका प्रधानलाई  चिठी  लेखे । पाटनका प्रधानहरु राजा भन्दा पनि शक्तिशाली भएकाले उनिहरुले गर्ने निर्णय अन्तिम हुन्थ्यो । यहि कुरा बुझेर पृथ्वी नाराणले पाटनका प्रधानलाई चिठी लेखेको इतिहासमा पाइन्छ । यो पत्र लेख्ने बेलामा पृथ्वीनारायण शाह काभ्रेमा बसेका थिए । वि.सं. १८१६ मा गोरखालीले काभ्रेमा विजय प्राप्त गरेका थिए । यसकारण १८१६ भन्दा केहीपछि यो पत्र लेखिएको अनुमान हुन्छ । पाटनमा राजालाई सर्वोच्च मान दिइए पनि राजा राख्ने, फाल्ने देखि सम्पूर्ण शासन चलाउँने शक्ति ६ प्रधानसंग थियो । उनिहरुले जे चाहे त्यहि हुन्थ्यो । त्यसैले पृथ्वी नारायण शाहले प्रधानहरुलाई यो चिठी लेखेका हुन् । 

चिठी  
स्वस्ति श्रीगिरिराजचक्रचूडामणि नरनारायणोत्यादिविविधिविरुदावलीविराजमानमानोन्नत श्रीमन्महाराजाधिराज श्रीश्री श्रीमत्पृथ्वीनारायणसाहदेवानां सदा समरविजयिनाम्स्वस्ति श्रीअभुदसि प्रधानके आशीष्पूर्वक पत्रमिदं ञाहांं कुशल ताहांं कुशल चाहि जेहिते सनंद होइ. आगे ञाहांंको समाचार भलो छ.। 
उप्रांत मंडेल भन्याका परदेसि मेरा इष्ट हौ आज जसो गरि हुंछ मेरो काम पु¥याव. आफनु रहेछ भनि कामैमहांं. जानिंछ तांहांं चिर्फाेर्गरि यो काम पुर्याव. आफनु पट पीठ पनि पूरण गरुला. उचो तिषो पनि गरुला सुरो पुरो गरि काम गर. उत्तरा चाडो पठाव. किमघिकं विज्ञेषु श्रावण शुदि २ रोज ४ मुकाम काभ्रे या शुभम्
——————————————

यस पत्रबाट नेपाल–उपत्यका विजय हुनु भन्दा पहिले उपत्यकावासी केही मुख्य मानिस पृथ्वीनारायणसँग मिली उनीसँग गुप्त–रुपले सम्बन्ध राखी उनको पक्ष बलियो पार्ने कार्य गर्थे भन्ने कुरा बुझिन्छ । आफूतर्फ मिलेका काठमाडौंका प्रधानलाई ‘मेरा परदेशी इष्ट हौ’ भनी सम्बन्ध देखाई आफ्नो काम पु¥याइदिए उनीहरुलाई बढाइदिने आश्वासन दिई तीद्धारा पृथ्वीनारायणले भेदनीतिको प्रयोग गर्ने कार्य  गरेको देखिन्छ । पृथ्वीनारायण शाहले सोझै उपत्यकाभित्र आव्रmमण गर्दा असफल भएकाले उपत्यकाबाहिरका प्रदेश विजय गरी उपत्यकालाई घेरामा हाल्ने प्रयास गरेका थिए । यसो गरी उपत्यकावासीलाई हात लिने यो नीति उनले लिएका थिए । 

पृथ्वीनारायणका यस किसिमका पत्र बारम्बार उपत्यकामा आइरहन्थे । यसकाममा उनलाई सफलता पनि मिल्दै गएको थियो । विस्तार–विस्तार उपत्यकाका केही मानिस, धनी–मानी व्यक्ति पनि पृथ्वीनारायणतिर लाग्दै गएका थिए । पृथ्वीनारायणले कीर्तिपुर विजय गरेपछि कीर्तिपुरवाट पठाएको एक पत्रवाट यो कुरा अझै स्पष्ट हुन्छ –
“श्रीकीर्तिराजानंद उपाध्याके प्रणामपूर्वकपत्रमिदं तिमी भन्या वडा मनुष्य हौ. तिम्रो र हाम्रो षलासि गर्नाको इच्छा छदै थियो. हाम्रा काजिका स्नेहले वहुतै वन्यो. अव तिम्रो वडा वावा र काकासित पेट मिलाइ काठमाडौंका तषतको काज पु¥याव. तिम्रो साँषु चाँगु पाटन काठमाडौं पर्वतको वाँधा वृत्ता घर्षेत जजमान्ताको पूजा समेत् माफ गरिवक्स्यौं किमधिकंआश्विन वदि ९.रोज ४ मुकाम कित्तितुर”

धनी र बिर्तावाल मानिसहरु सँधै शासकहरुको अनुकूल भएर रहने हुन्छन् । राजपरिवत्र्तनको समयमा पहिले यिनै मानिसहरु विजयी पक्षको समर्थन गर्ने भई उसको अनुकूल हुन पुग्दछन् । यसकारण पृथ्वीनारायणको प्रभाव बढ्दै आउन लागेको देखेर उपत्यकाका धनी र बिर्तावाल मानिस आफ्नो धन–मालको रक्षाका लागि पृथ्वीनारायणसँग मिल्न जानु स्वाभाविक थियो । 
पृथ्वीनारायणले पनि बुद्धिमानीपूर्वक उनीहरुको धन–माल सुरक्षित गरिदिने र बिर्ता माफी दिने गरी उनीहरुलाई हात लिने गरेका थिए भन्ने कुरा यो पत्रबाट अनुमान लाउँन सकिन्छ । पृथ्वीनारायणले नुवाकोटबाट दोलखासम्म मुखियाका नाउँमा पठाएको एक पत्रबाट उनको सो नीति अझ स्पष्ट देखिन्छ– 

“श्रीदोलष्या देश वार प्रधानकेषु आशीकपूर्वकपत्रमिदं  तिमी प्रजापात हौ. नालदुम पूर्व मेरो अंवल भयो. तुमि मेरा हजुर आव. तिम्रो धन तियको म रछा गरुंंला. पिछो दि आर्काे तरह गर त  श्रीगोरषनाथको कुदृष्टि.
उप्रान्त पालष्टुंग् तिष्टुंग् चितलांंग् हामिथ्यौं सोझो भै मिल्या र उनको उछा हामिले गरैको छ किमधिकं विज्ञेषु. भाद्र वदि ४ रोज ४ मुकाम नुवाकोट”

धनबज्र बज्राचार्य र ज्ञानमणि नेपालले सम्पादन गर्नु भएको ऐतिहासिक पत्र संग्रहमा चर्चा गरिएका पृथ्वी नारायण शाहका चिठीको चर्चाले आजभन्दा पौनै तीन सय वर्ष अघि युद्ध संचारमा चिठीको प्रयोग एक शसक्त माध्यम थियो भन्ने कुरा स्पष्ट हुन्छ । पत्रले माध्या मात्र होइन साधनको समेत काम गर्ने गरेको अनुमान गर्न सकिन्छ । ती पत्रमा उल्लेख भएका तथ्यहरुका आधारमा पृथ्वीनारायण आफूले विजय गरेको देशका जनतासंग कस्तो  व्यवहार गर्थे भन्ने कुराको पनि केही झलक पाइन्छ । यसमा पृथ्वीनारायणले पहिले विजय गरेका प्रदेशकाजनताले गरेको व्यवहारको दृष्टान्त दिई नयाँ विजय भएको प्रदेशका जनतालाई  आफ्नो अनुकूल बनाउनु पर्छ भन्ने कुरामा उनि सचेत रहेको पनि यी पत्रहरुबाट बुझ्न सकिन्छ ।