तारिणीप्रसाद कोइरालाः रेडियो नेपालका सन्दर्भमा “एक संस्मरण”
- डा. तुलसीप्रसाद भट्टराई
- सोमबार, २५ चैत, २०८१- १६:१५:००/ Monday 04-07-25

नेपालका प्रथम समाज सुधारक एवं प्रजातन्त्रका सेनानी कृष्णप्रसाद कोईरालाका चौथा पुत्र तारिणीप्रसाद कोईराला नेपाली जनजीवनको सुपरिचित नाम हो । २००३ सालमा विराटनगर मजदुर हडताल गराउने अगुवाहरू मध्येका तारिणीप्रसाद २००७ कातिक २६ गते राति विराटनगरमा आक्रमण गर्ने मुक्ति योद्धामध्ये एक थिए ।
प्रजातन्त्र, नेपाल रेडियोकै करामत–हो जसले गर्दा हामीले, यसरी विजय प्राप्त गरेकाछौं ; शासकहरूको आत्मबल गिराउन र जनताको मनोबल बढाउन यस रेडियोले ठूलो मदत पुर्याएको छ । भनेर पूर्वीक्षेत्रका कमाण्ड प्रमुख वी.पी. कोइरालाले तारिणीप्रसाद र अन्य सहयोगीहरूलाई स्यावासी दिदै भन्नु भएको थियो ।
अस्त्रागार र फौजी ब्यारेक आक्रमण गर्ने मुक्तिसेनाका कमान्ण्डरद्वय भोला चटर्जी र तारिणीप्रसाद थिए । २०१५–२०१७ का प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाका निजी सचिव रहेका तारिणीप्रसादले २०१७–२०२३ सम्म ६ वर्ष जेल जीवन बिताएका थिए ।
जेल जीवन–तारिणीप्रसादका लागि सहित्यिक उर्वरा भुमि बन्यो । कथा, उपन्यास, कविता काव्य आदि वाङ्मयका विविध विधामा उनले कलम चलाए । सर्पदंश बाल मनोवैज्ञानिक आधारमा लेखिएको पहिलो र उत्कृष्ट उपन्यास हो । अग्निवाटिका उपन्यासबाट श्री तारिणीको औपन्यासिक प्रतिभा प्रस्टिन्छ। रातो स्वेटर कथासंग्रहले कथा जगतमा एउटा आयाम थपेको छ । फालिएको सामान उपन्यासमा शहरी जनजीवनसंग सम्वद्ध यौन मनोविकृति, यौन कुण्ठा र अनमेल स्त्री–पुरुष जोडा–को मनोग्रन्थि वारे विष्लेषण गरिएको छ।
तारिणी गीतकार र गायक पनि हुन । तारिणीले लेखेका गीत जहिले पनि सदाबहार रहेको छ। गीत हुरी, आधी, दियालो कलपना र नेपाली पुकारका प्रकाशक – सम्पादक तारिणीप्रसाद आपनो समयका वरिष्ठ पत्रकार पनि हुन् । पाश्चात्य साहित्यकारहरूबाट प्रभावित तारिणीप्रसाद कोइरालाको नेपाली साहित्यमा आफ्नो मौलिक योगदान छ। आफ्नै प्रकारको छुट्टै पहिचान छ ।
नैनी महाकाव्य र अन्य कतिपय रचनाहरू अझ पनि अप्रकाशित छन् । तारिणी गीतकार र गायक पनि हुन । तारिणीले लेखेका गीत जहिले पनि सदाबहार रहेको छ। गीत हुरी, आधी, दियालो कलपना र नेपाली पुकारका प्रकाशक – सम्पादक तारिणीप्रसाद आपनो समयका वरिष्ठ पत्रकार पनि हुन् । पाश्चात्य साहित्यकारहरूबाट प्रभावित तारिणीप्रसाद कोइरालाको नेपाली साहित्यमा आफ्नो मौलिक योगदान छ। आफ्नै प्रकारको छुट्टै पहिचान छ ।
राजनीतिक, पत्रकार, साहित्यिक आदि बहुत आयामिक व्यक्तित्वका धनी तारिणीप्रसादलाई विशेषतः नेपालमा विद्युतीय संचार माध्यमका पिता भने हुन्छ। चवालीस वर्ष अधिको नेपाल, १०४ वर्षे राणाशासनको चंगुलबाट मुक्त गर्ने प्रजातान्त्रिक लडाई भइरहेको २००७ साल मंसीरको अन्तिम सप्ताह । मुक्ति सेना विर। टनगरमा राणाशाहीसंग सशस्त्र युद्ध गरिरहेका बेला, वायरलेसबाट युद्ध क्षेत्रमा परस्पर सूचना आदान–प्रदान गर्दा सूचनाबाट हुने प्रभाव र महत्त्वले रेडियो संचारको प्रभावकारिता तर्फ श्री तारिणीप्रसादको ध्यान जान्छ ।
राजनीतिक, पत्रकार, साहित्यिक आदि बहुत आयामिक व्यक्तित्वका धनी तारिणीप्रसादलाई विशेषतः नेपालमा विद्युतीय संचार माध्यमका पिता भने हुन्छ।
रेडियोको आवश्यकताबारे जनरल सुवर्ण समशेर एवं अन्य नेताहरूसमक्ष तारिणीको प्रस्ताव स्वीकृत भएपछि कलकत्ताबाट आवश्यक उपकरण मगाइन्छ । पहिलेदेखि नै संचालित वायरलेस ट्रान्समीटर समेतको सहायताबाट बिराटनगर जुटमिल एरियाको एउटा कोठामा रेडियो स्टेशन स्थापित हुन्छ ।
समस्या थियो–वाद्यवादन सामग्री र आवश्यक कलाकारहरुको । त्यसबेला मुक्तिसेनालाई साथ दिने कलाकार पाउन गाह्रो थियो । बल्लबल्ल एउटा कीर्तन मण्डलीकहाँबाट पुरानो हारमोनियम र दुकि तबला पाइयो। गायक फेला नपरेकोले वायरलेस विभागका दुई तीनजना कार्यकर्ताले नै रिहर्सल गर्न थाले जययात्रा गान। मुख्य अपरेटर लामाले ट्रान्समीटर जाँच गरे–दिस इज प्रजातन्त्र नेपाल, रेडियो टेस्टिंग अन फोर्टीवन मीटर बैण्ड । धेरै पल्ट यो अभ्यास दोहोऱ्याई पछि, शुरु भयो कार्यक्रम ।
“यो प्रजातन्त्र नेपाल रेडियो हो। हामी नेपालको मुक्तक्षेत्रबाट बोल्दै छौं......झापामा मुक्तिसेनाले कब्जा गरिसक्यो । धरानले धनकुटा तर्फ पनि मुक्तिसेना अधिबटिसकेका छन् ।....फणीश्वरनाथले हिन्दीमा र विजय–लक्ष्मीले अंग्रेजीमा सोही क्रममा उद्घोषण गरे ।
तारिणीप्रसाद आफैले हारमोनियम र अर्का एकजना लिई दुकी तबला लिएर शुरू गरे–नेपाली, नेपाली अघि बढ, बढ्दै जाउ...... क्रान्ति झण्डाली......। पहिलो समाचार उद्घोषण भयो ।
“यो प्रजातन्त्र नेपाल रेडियो हो। हामी नेपालको मुक्तक्षेत्रबाट बोल्दै छौं......झापामा मुक्तिसेनाले कब्जा गरिसक्यो । धरानले धनकुटा तर्फ पनि मुक्तिसेना अधिबटिसकेका छन् ।....फणीश्वरनाथले हिन्दीमा र विजय–लक्ष्मीले अंग्रेजीमा सोही क्रममा उद्घोषण गरे ।
केही दिन पछिको समाचारमा विराटनगर मुक्तिसेनाले कब्जा गरिसकेको जानकारी दिदै–धरान–धनकुटा र अन्य विभिन्न क्षेत्रका शासकहरूलाई चेतावनी दिइयो । सबै क्षेत्रमा मुक्तिसेना पुगिसकेका हुँदा रक्तपात नगरांई आत्मसमर्पण गर्न गराउन समेत समाचारद्वारा घोषणा गरी सांच्चै नै धरान, धनकुटा श्रादि कतिपय क्षेत्र कुनै ठूलो युद्ध नगरिकनै मुक्तिसेनाका कब्जामा पर्यो ।
प्रजातन्त्र, नेपाल रेडियोकै करामत–हो जसले गर्दा हामीले, यसरी विजय प्राप्त गरेकाछौं ; शासकहरूको आत्मबल गिराउन र जनताको मनोबल बढाउन यस रेडियोले ठूलो मदत पुर्याएको छ । भनेर पूर्वीक्षेत्रका कमाण्ड प्रमुख वी.पी. कोइरालाले तारिणीप्रसाद र अन्य सहयोगीहरूलाई स्यावासी दिदै भन्नु भएको थियो ।
यसरी २००७ सालको क्रान्तिको सफलतामा केही सहयोग तात्कालीन प्रजातन्त्र नेपाल रेडियोले पुऱ्याएको थियो भन्ने कुरा तात्कालीन इतिहास अध्ययन गर्नेहरूले अवश्य बुझेकाछन् । त्यसपछि क्रान्तिको सफलता र प्रजातन्त्रको स्थापनापछि तारिणीप्रसाद कोइरालाले सोही रेडियो सिंहदरवारभित्रबाट सञ्चालन गर्ने व्यवस्था मिलाई आफू स्वयं सञ्चालक बनेका थिए भन्नेकुरा, उहाँसँग काम गर्नेहरूलाई आज पनि थाहा छ ।
२०५१ सालमा प्रकाशित रेडियो नेपालको मुखपत्र झंकारबाट साभार ।