• शनिबार, ८ असार, २०८१
  • ०४:४१:१४

सुनको मूल्य तोलामा १ हजार ८ सयले बढ्यो  

 

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहिबार प्रतितोला रु १ हजार ८ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु १ लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु १ लाख ४२ हजार २ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु १ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य बिहिबार रु १ लाख ४३ हजार ३ सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य बिहिबार रु १ हजार ८ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु १ हजार ८ सय २५ रहेको थियो ।