• शनिबार, ८ असार, २०८१
  • ०४:३९:३९

नेताको विश्वास डेमोक्रेसीमा कि डेमोकुर्सिमा ?

काठमाडौं । नेपालका राजनितिक दलका नेता डेमोक्रयासिमा बिश्वास गर्दैनन् , यिनीहरू डेमोकुर्सिमा बढि विश्वास गर्छन् । यो कुरा उनिहरुप्रति लागेको आरोप भन्दा पनि उनिहरुले देखाएको व्यवहारको तथ्य हो ।  राजनितीक दलका नेताहरूको  हर्कतले नेताहरू कुर्सिका लागी इमान र धर्म छोडेर तंछाड मछाड गरिरहेको दिनको   १२ बजेको टन्टलापुर घाम जस्तै छर्लंग छ ।

दलका नेताहरू एक अर्कालाई धारे हातलगाएर तॅ दक्षिणी छिमेकीको दलाल तॅ उत्तरी छिमेकीको दलाल मात्र होईन तॅ त उत्तरी एटलान्टिक पारिको देशको पनि दलाल होस भनेर एकले अर्कोलाई दलालको पगडि भिडाउंदै  फुर्सद छैन ।  अनि कुन समय कहां बसेर जनताको जनजिवीका बारे छलफल गरूंन बिचराहरूले । 

 

नेपालको राष्ट्रवाद राणाकाल देखिनै राणा राष्टवादको नामबाट १०४ बर्ष शासन प्रशासन राणाहरू चलाउने काम गरे ।राणा शासन प्रशासनको अन्त पछि शाहि राजाको हुकुमि राष्ट्रवादले ३० बर्ष खर्चेर गयो । शाहि एकाधिकारको ३० बर्षे राष्ट्रवादको भेलमा नेपालका वामपंन्थिहरूले पनि साम्यवादि राष्ट्रवादको नितिमा आफ्ना कार्यकर्ता एवं समर्थकहरुलाई अगाडि बढाएकै हुन् ।

नेताहरूले एक अर्कालाई दलालको पगडि भिडाई रहंदा म मात्रै त राष्ट्रवाद हुं भनेर कुर्लेर डकारेर जनताको नेपाली जनताको आंखामा छारो हालिरहेका नेता पनि यिनै हुन । हुनत नेपालको राष्ट्रवाद राणाकाल देखिनै राणा राष्टवादको नामबाट १०४ बर्ष शासन प्रशासन राणाहरू चलाउने काम गरे ।

राणा शासन प्रशासनको अन्त पछि शाहि राजाको हुकुमि राष्ट्रवादले ३० बर्ष खर्चेर गयो । शाहि एकाधिकारको ३० बर्षे राष्ट्रवादको भेलमा नेपालका वामपंन्थिहरूले पनि साम्यवादि राष्ट्रवादको नितिमा आफ्ना कार्यकर्ता एवं समर्थकहरुलाई अगाडि बढाएकै हुन् ।  यो साम्यवादि राष्ट्रवादको भेलमा भारतिय विस्तारवाद र अमेरिकी साम्राजयवादको विरोध गर्नमै ३० बर्ष बितायो ।

नेपालमा २०७२ पछि संघिय गणतान्त्रिक संविधानको उदय भयो । यो संविधानमा नेपालका राजनितीक दलहरूले संविधानको दस्तावेजमा समाजवादि उन्मुख राष्ट्रवाद घुसाए । तर आम नेपालीहरूलाई माथि उल्लेख गरिएका राष्ट्रवादसंग कुनै सरोकार छैन । आम नेपालीको चासोको राष्ट्रवाद  केवल रोजगारमुलक राष्ट्रवाद, कृषिको उत्थानमुलक राष्ट्रवाद, नेपालको जलश्रोत र उर्जा उपभोग्य राष्ट्रवाद, गरिबी उल्मुलन राष्ट्रवाद, नेपाल र नेपालीको जिवनस्तर उकास्ने समावेशि राष्ट्रवाद हो ।  यो नेपालीको चाहना र को आवश्यकताको राष्ट्रवादको मर्म बुझ्ने ईमान्दार र दुरदर्शिता प्रमाणित गर्न सक्ने राष्ट्रवादि नेताको खोजि छ । 

विश्वमा अहिलेको राजनितीमा राष्ट्रवादि जन लहरको उठान भएको छ । चाहे त्यो युरोपको भुभाग होस, चाहे त्यो अमेरिका होस् चाहे त्यो दक्षिण एशियाली  क्षेत्रका देश हुन्, सबै जसो देशमा अप्रणालीको आउंदो भेललाई रोक्न चरम दक्षिण पंन्थि नेताहरूले आ आफ्नो दुनो सोझ्याउन तंछाड मछाड गरेर लागेका छन् । युरोप, अमेरीकामा त आप्रवाशिहरूको प्रवेश गर्ने लहर पछि  झन् दक्षिणपंन्थि राष्ट्रवादिहरू चर्को रूपमा युरोप र अमेरीरामा अगाडि आउंदै छन् ।

 आप्रवासी रोक्न जनदवाव बढदै गएको कुरा युरोपेली देश र अमेरीका शासकहरूले महशुस गर्दै छन् । यी देशहरूमा चरम दक्षिणपंन्थि राष्ट्रवादको दबदवा बढ्दो छ । यूरोपियन युनियनमा आबद्ध रहेको देशबाट युनियन  प्रतिनिधीहरू पठाउन हुंदै गरेको चुनावमा सत्तरी प्रतिशत भन्दा बढि मत दक्षिण पंन्थी राष्ट्रवादि समुहले ल्याउन सफल भएका छन् । चरम राष्ट्रवादि अर्थात दक्षिणपंन्थि को दबदवाका कारणले नै होला फ्रन्सका मघ्यमार्गि राष्ट्रपति म्यक्रोनले फ्रेन्च संसदको चुनावको घोषणा गरेका छन् ।

राति सुत्दा एउटा सरकारको नाऊं सुनेर सुतिन्छ भोलि उठ्दा त अर्कै दलको अर्कै मनुवा मुख्यमंत्रीको सपथ लिएको समाचार पो आउंछ । कस्तो उदेक लाग्दो अवस्था । त्यसैले यो पंक्तिकारले माथि प्रयोग गरेको शब्द नेपालका नेताहरूलाई डेमोक्रयासि चाहिएको होईन नेपालका नेतालाई डेमोकुर्सि मात्र चाहिएको छ भन्ने कुरा उनिहरुको व्यवहारसंग मेल खान्छ । 

फ्रेन्च संसदमा चरम दक्षिण पन्थिको जित भएमा २८ बर्षिय नेशनल रयाली  पार्टिका नेता जोर्डन बारडेल्ला फ्रान्सको प्रधानमंत्री हुने उत्तिकै संभावना रहेको छ । अमेरीकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिय चुनाव ‘बाईवल राष्ट्रवादि’ नेतावे चुनाव नजित्लान भन्न सकिन्न । हाम्रो छिमेकी देश भारतमा अघोषित हिन्दु राष्ट्रवादको पैरवी गर्न् भारतिय जनता पार्टि भरखरैको चुनावबाट सत्तामा पुग्न सफल भएको छ । 

हाम्रो देशका राजनितीक दलका नेताहरू सरकार ढाल्ने सरकार बनाउनेमै केन्द्रित छन । संघिय सरकार मात्रै होईन प्रदेश सरकारहरूको पनि उहि हालत छ, जुन केन्द्रमा छ । राति सुत्दा एउटा सरकारको नाऊं सुनेर सुतिन्छ भोलि उठ्दा त अर्कै दलको अर्कै मनुवा मुख्यमंत्रीको सपथ लिएको समाचार पो आउंछ । कस्तो उदेक लाग्दो अवस्था । त्यसैले यो पंक्तिकारले माथि प्रयोग गरेको शब्द नेपालका नेताहरूलाई डेमोक्रयासि चाहिएको होईन नेपालका नेतालाई डेमोकुर्सि मात्र चाहिएको छ भन्ने कुरा उनिहरुको व्यवहारसंग मेल खान्छ । 

हालै मात्र नेपाल सरकारले १३ मित्र राष्ट्रहरूका राजदुतहरूलाई फिर्ता बोलाएको समाचार यत्र त्यत्र सरर्वत्र भयो । नेपाल अंसलग्न राष्ट्रको पगरी  भिडेको देश नेपालकै कुनै न कुनै सरकारले पठाएको पदावधि नपुग्दै सरकार फेरिने बित्तिकै सम्बन्धित् देश छोडेर आउन हुकुम जारी  हुने गर्दछ । ल  हेर नेपालको असंलग्न परराष्ट्रनीति कान्ति बिजोग । यो  त तथाकथित साम्यवादिको मियो समातेको समाजवाद उन्मुख राष्ट्रवादको लौरो समातेको सरकारका मुखिया,  अनि हं म हं मिलाउने खोक्रो राष्ट्रवादको बर्को ओढेर हाउ ऊाउ,  भाव भंगि देखाउने दलका नेताहरूको गठबंन्धन सरकारको हुकुमि आदेश भएको छ १३ देशका महामहिम फिर्ति बोलाउने। 

नेपालमा मित्र राष्ट्रका लगानीकर्ताहरू बाट मुलुकमा लगानी भित्र्याउँन  लगानी सम्मेलन गर्न उद्त टिमलाई ठुलै चडकन हो । निजी क्षेत्रका उद्यमि संघ संस्थाहरूले लागानी बढाउने चेष्टा गर्दै गर्दा नेपालका राजनितीक दलका नेताहरू सरकार ढाल्ने, एक अर्कालाई डाम्ने र बुद्घिजीबी र सक्षम मनुवाहरूले दिएको सुझावहरू  मुख भरि पान राखि पिच्च थुक्न उद्यत नेतालाई आम नेपालीले समयमा सवक सिकाउन सक्नुपर्छ । 

डेमोकुर्सिमा रमाउने नेताहरूले जनता दिएको आश्वासनको डस्नै डस्नामा नागै सुताउने नेताहरूलाई समयमै सवक सिकाउने कार्यको थालनी स्वदेशि राष्ट्रवादिहरूले गर्न सक्नु पर्छ । नेताको भाव भंगिबाट नेपालको संघिय गणंतन्त्रको संवर्घन किमार्थ हुन सक्दैन ।   जनतताको जिवन स्तरमा उभो लगाउने काम गर्न गराउन र नेपालीको शिर अन्तराष्ट्रिय स्तरमा उंचो राख्न सक्ने ईमान्दार, सक्षम र संवेदनशिल नेता र ब्यक्तिको पहिचान गरौं । लोकतंत्रको जग बलियो बनाऔं ।