• आइतबार, १६ असार, २०८१
  • ०१:०३:०२

वायु प्रदूषणका कारण वार्षिक ८१ लाख मानिसको मृत्यु 

काठमाडौँ । विश्वमा वायु प्रदूषणका कारण वार्षिक ८१ लाख मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक भएको स्टेट अफ ग्लोवल एयर २०२४ नामक रिपोर्ट उक्त तथ्य उजागर गरेको हो ।  हेल्थ इफेक्ट इन्ष्टिच्यूट एवम् हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन नामक संस्थाले यूनिसेफसँगको सहकार्यमा यो प्रतिवेदन सार्वजनिक गरेको हो ।

विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि.एम २.५ अर्थात धुलो धँुवामा मिसिएका विषाक्त वायुका कारण ५८%, घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६% को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ । विश्वभरी उच्च रक्क्तचाप पछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ ।

स्टेट अफ ग्लोबल एयरको उक्त प्रतिवेदनले २०२१ मा विश्वमा वायु प्रदूषणका कारण ८१ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ । सन् २०१९ मा करीब ७२ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण भएको उल्लेख गरिएको थियो । वायु प्रदूषणका कारण नेपालमा सन् २०२१ मा ४८ हजार पमम्च सय मानिसको मृत्यू भएको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ को प्रतिवेदनमा यो संख्या ४२ हजार एक सय थियो ।

विश्वभरी वायु प्रदूषणका कारण मृत्यु हुने मध्ये पि.एम २.५ अर्थात धुलो धँुवामा मिसिएका विषाक्त वायुका कारण ५८%, घरभित्रको प्रदूषणका कारण ३८% र ओजोनको कारण ६% को मृत्यु भएको तथ्य रिपोर्टमा उल्लेख छ । विश्वभरी उच्च रक्क्तचाप पछि वायु प्रदूषण नै मानव स्वास्थ्यमा जोखिम बढाउने तत्व भएको कुरा उल्लेख छ । वायु प्रदूषणको उच्च जोखिममा दक्षिण एशियाली र अफ्रिकन मुलुकहरु रहेका छन् ।

संयुक्त राष्ट्र संघको साधारण सभाले स्वच्छ हावा, स्वास्थ्य र दिगो वातावरणलाई मानव अधिकारको रुपमा स्वीकार गरेको छ । यसैगरी नेपालको संविधानको धारा ३० ले “स्वस्थ र स्वच्छ हावा” नागरीकको मौलिक हकको रुपममा व्यवस्था गरेको छ । यद्यपि, यी प्रावधानहरुको कार्यान्वयन हुन सकेको छैन ।

वायु प्रदूषणको मुख्य कारण मध्ये जिवाष्म इन्धन र जैविक इन्धनको अधिकतम् प्रयोग हुन् । यी बाहेक खुल्ला फोहोर बाल्ने, फोहोरको व्यवस्थापन नहुनु, कृषि अवशेषको जलन, वन डढेलो, विषादीको उच्च प्रयोग वायु प्रदूषणका कारण प्रतिवेदनले औल्याएको छ । 

वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, दिर्घ रोगीहरु, महिला आदि बढी जोखीममा रहेका छन् । यसले शिक्षा, स्वास्थ्य, श्रम र उत्पादन क्षेत्रमा ह्रास ल्याउने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले औल्याएको तथ्यलाई मध्यजनर गर्दै सरोकारवाला संस्थाहरुले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग एवं प्रदेश र स्थानीय सरकारहरु  वायु प्रदूषण एक वातावरणीय स्वास्थ्य जोखिमको विषय भएकोले वायु प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गर्ने लगायतका ८ वटा सुझावहरु पेश गरेका छन् । 

वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गर्नुपर्ने,  वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरुको वातावरणीय मानव अधिकार सुरक्षित गर्नुपर्ने तथा  वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यबिधि एवं योजनाहरु समय सापेक्ष वनाउन तत्काल पुनरावलोकन गरी संशोधन गर्नुपर्ने

उक्त सुझावहरुमा वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, मोटर गाडी लगायत प्रदुषण गर्ने निकायमाथि निगरानी तथा अनुगमन गरी उचित कारबाहीको व्यवस्था गर्नुपर्ने,  वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरीक, गर्भवती महिला दिर्घ रोगीहरुमा बढी असर हुने भएको हुदा प्रदूषणबाट बच्न सक्ने वैकल्पिक व्यवस्था गरी उनीहरुको वातावरणीय मानव अधिकार सुरक्षित गर्नुपर्ने तथा  वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यबिधि एवं योजनाहरु समय सापेक्ष वनाउन तत्काल पुनरावलोकन गरी संशोधन गर्नुपर्ने छन् ।

त्यसै गरी यस वर्ष ५ हजार ठाँउमा वन डढेलो लागि  यसवाट सामाजिक, आर्थिक, र वातावरणमा अपुरणीय क्षति भएको प्रसंग उल्लेख गर्दै  । वन डढेलो नियन्त्रण र व्यवस्थापनमार्फत वायु प्रदूषण रोकथामको लागि राष्ट्रिय कार्ययोजना तयार गरी लागु गर्न भनिएको छ ।  काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा लगि फाल्ने गरिएकोमा यस कार्यले नुवाकोट तथा धादिङका त्यस क्षेत्रका वासिन्दाको स्वच्छ हावामा बाँच्न पाउने अधिकारमा कुठाराघात भएको उल्लेख गर्दै संघीय सरकार एवं काठमाडौँ उपत्यकाका सवै नगरपालिकाले वैकल्पिक योजना तयार गरी उपत्यकाको फोहोर आफै व्यवस्थापन  गर्न आग्रह समेत गरिएको छ ।

वायु प्रदूषणबारे विद्यालय, समुदायस्तर, सामुदायिक संघ–संस्था एंव मिडियामार्फत व्यापक बहसमा ल्याइ नागरिक स्तरमा जानकारी  गराउनु पर्ने तथा  वायु प्रदूषण विरुद्धको नागरिक अभियानमा जोडिन व्यक्ति तथा संघ–संस्थालाई आव्हान  समेत गरिएको छ । क्लि एयर नेटवर्क नेपाल ( क्यान) ले उक्त आग्रह गरेको हो । क्यानले  व्यक्तिहरू, विज्ञहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरू, सरकारी संगठनहरू र स्वच्छ वायु व्यवसायमा संलग्न निजी क्षेत्रको अर्ध–औपचारिक नेटवर्कको रूपमा काम गर्दछ ।