• आइतबार, २३ भदौ, २०८१
  • ०६:३८:५९

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त:यस्तो छ ओलीको राजनीतिक यात्रा

काठमाडौँ । करिव १० दिन अघि मात्र दुई ठूला राजनीतिक दलहरु नेकपा एमाले र नेपाली कांग्रेसवीच सत्ता साझेदारी गरेर अघि बढ्ने सहमति सार्वजनिक भएपछि नयाँ तरिकाले विकसित भएको राजनीतिक घटनाक्रम यसवीचमा शंकार र उत्सुकताकासाथ अघि बढ्यो । एकाएक दुई दलवीच भएको सहमति र संविधानमा सरकार गठन सम्बनधी भएको व्यवस्थाका कारण अउनाइने प्रक्रिया लगायतका कारणले कतिपयले यो गठबन्धनलाई शंकाको घेरामा पनि राखेका थिए । तर त्यो शंकाको वीचमा  आइतवार प्रधानमन्त्रीमा के पी शर्मा ओली नियक्त भएपछि अब राजनीति कसरी अघि बढ्ले भन्ने चासो धेरैकोवीचमा रहेको छ । 

बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा उहाँको जन्म भएको थियो ।

यसैवीच आइतवार  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । राष्ट्रपति राम चन्द्र पौडेलले संविधानको धारा ७६ को  उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । नव नियुक्त प्रधानमन्त्री ओलीले  सोमबार बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनु हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वास गुमाएसँगै राष्ट्रपतिले शुक्रबार बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश आह्वान गर्नु भएको थियो । नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको  मात्र दावी पेश भएको थियो । भोलि विहान ११ बजे सपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दै हुनुहुन्छ । असार १७ गते राति भएको सात बुँदे सहमतिले काँग्रेस–एमालेविच छैठौं सत्ता सहकार्यको ढोका खोलेसँगै ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।

ओली २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । २०७१ साउन १ मा भएको नेकपा एमालेको नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ओली २०७८ मङ्सिर १० गते चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुन: अध्यक्षमा निर्वाचित हुनुभयो ।

अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ । नेकपा (एमाले)का वर्तमान अध्यक्ष ओली विभिन्न समयमा मुलुकको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भैसक्नुभएको छ । ओली २०७२ असोज २४ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित हुनुभयो ।

यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७८ वैशाख ३० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गर्नुभयो । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गरिएको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओली २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । २०७१ साउन १ मा भएको नेकपा एमालेको नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ओली २०७८ मङ्सिर १० गते चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुन: अध्यक्षमा निर्वाचित हुनुभयो । बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा उहाँको जन्म भएको थियो ।

विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । वि.सं २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक उहाँ त्यही वर्ष जेल पर्नुभयो । ओली तत्कालिन नेकपा (माले)को संस्थापक मध्येका एक हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभयो ।२०४४ मा जेलमुक्त भएपछि उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज बन्नुभयो । रासस