• शुक्रबार, २ कार्तिक, २०८१
  • ०८:२२:३९

नबिल बैंक एकैसाथ ४ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ ।  ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको छ । बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’

 नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबिपिए), २०२३ : नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ। यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२÷२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो। बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो। काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड हस्तान्तरण गरे। नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरे।

 वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ : नबिल बैंकले संयुक्त अधिराज्य (युके)को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ। ग्लोबल ब्राण्ड्स म्यागेजिन ठुलो प्रकाशन गृहमध्येको एक हो । यसले हरेक वर्ष बैंकिङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्ने बैंकहरूका लागि अवार्ड आयोजना गर्दै आइरहेको छ । यस सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको छ। अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिसका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो । 

 नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४  : नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) प्राप्त गरेको छ । सामाजिक उतरदायित्व अन्तर्गत देशमा पु¥याएको योगदानको कदर स्वरुप यो अवार्ड बैंकले हासिल गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित गर्दै समाजको सकारात्मक परिवर्तनका लागि बैंकले स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जर्गेना तथा प्रवद्र्धन, सूचना प्रविधि आदि कार्यक्रमहरु सञ्चालन गर्दै समाजमा टेवा पु¥याउँदै आएको छ । बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसइ) कार्यक्रम २०७८ मंसिर देखि सुरु गर्दै सामाजिक उद्यमशीलतालाई देशव्यापीरुपमा सञ्चालन गर्दै आएको छ ।

 नेपालको वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४  : नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ।

‘बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्व अन्तर्गत पु¥याएको योगदान, गुणस्तरीय ब्राण्डिङ्ग र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको उत्कृष्ट प्रदर्शनले यी अन्तराष्ट्रिय अवार्डहरु पाएकोमा हामीलाई थप उर्जा मिलेको छ,’ ढुंगानाले बताए ।