• शुक्रबार, २ कार्तिक, २०८१
  • ०७:४४:१०

सौर्य जहाज दुर्घटना अपडेटः १८ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधवार बिहान करिब सवा ११ बजे दुर्घटनामा परेको छ ।

त्रिभुवन विमानस्थलमा बुधवार बिहान भएको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थाका पाइलट एमआर शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरी महानिरीक्षक कुँवरले जानकारी दिनुभयो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको बताइएको छ । जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नुभएको छ ।