• शुक्रबार, २ कार्तिक, २०८१
  • ०८:३३:२४

११ साउन: मौसम कस्तो छ ?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।

 बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका  १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका  १-२ स्थानमा भारी वर्षाको सम्भावना छ ।