नागढुङ्गा-नौविसे सडक खण्ड अबरुद्ध
- नेटिजन संवाददाता
- मंगलबार, १५ श्रावण, २०८१- १४:२३:००/ Tuesday 07-30-24
काठमाडौं । अविरल वर्षाका कारण मंगलबार बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको छ ।
धुनीवेशी नगरपालिकास्थित वडा-९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लोदो सहितको पहिरो आउँदा सडक विहानैदेखी दुबैतर्फ बन्द भएको हो । सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागी आएका सवारीका साधनहरु रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भईरहेको छ ।
लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।