८ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
-
नेटिजन संवाददाता
- बुधबार, १६ श्रावण, २०८१- ०९:२४:००/ Wednesday 07-31-24

काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका ८ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३-७४ मा ५ वटा, २०७४-७५ मा ४ वटा, २०७५-७६ मा ४ वटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६-७७ मा एउटा, २०७७-७८ मा एउटा, २०७९-८० मा एउटा र २०८०-८१ मा ५ वटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३-७४ मा १४, २०७८-७९ मा चार र २०८०-८१ मा ३७ जना बेपत्ता भएका हुन् ।
उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३-७४ देखि आव २०८०-८१ सम्ममा ४० ट्रक,९ बस, १२ कार, ३ मोटरसाइकल र २ वटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।