• बुधबार, २६ भदौ, २०८१
  • १०:२०:५४

सन्दर्भ विश्व नेत्ररोग विशेषज्ञ दिवस: सहर केन्द्रित आँखा उपचार सेवा, विशेषज्ञ चिकित्सकको अभाव

काठमाडौं । आँखा उपचारका लागि नेपालमा पर्याप्त जनशक्ति अझै उत्पादन हुन सकेको छैन ।

१० हजार जनसङ्ख्या बराबर एकजना आँखा रोग विशेषज्ञ आवश्यक हुने भए पनि न्यून जनशक्तिले सेवा दिँदै आएका छन् । नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष प्राडा मिनु चौधरी नेपालमा ४ सय ८२ मात्रै नेत्र चिकित्सक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको पछिल्लो जनसङ्ख्याको हिसाबले ३ हजारभन्दा बढी नेत्र चिकित्सक आवश्यक पर्दछ । 

 विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिँदै आएको छ । देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउनुहुन्छ । देशभर २८ अस्पताल र १ सय ६० आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालहरूमा १ सय हाराहारी चिकित्सक कार्यरत छन् ।

 

अर्कोतर्फ भएका चिकित्सकहरू पनि सहर केन्द्रित छन् । प्रा डा चौधरीका अनुसार काठमाडौँमा मात्रै ६० प्रतिशत चिकित्सकले सेवा दिन्छन् । बाँकी ४० प्रतिशत पनि देशका प्रमुख सहरका अस्पतालहरूमा सेवा प्रदान गर्दछन् । सोसाइटीमा दर्ता भएका चिकित्सकमध्ये १ सय हाराहारी नियमित काममा छैनन् । बीस प्रतिशत हाराहारी विदेश भएको अनुमान छ । उहाँ भन्नुहुन्छ, “सहज आँखा उपचारका लागि चिकित्सकको सङ्ख्या बढाउनुपर्नेमा पर्छ ।”

सन् १९८७ देखि नेपालमा आँखा उपचारका लागि विशेषज्ञ चिकित्सक (अप्थाल्मिक साइन्सक) को अध्ययन–अध्यापन सुरु भएको हो । आँखाका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने शिक्षण संस्थामा सिट सङ्ख्या बढाएर थप जनशक्ति उत्पादनमा लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिलेको जनशक्ति निकै कम छ, यसलाई बढाउन लाग्नुपर्छ ।” ग्रामीण क्षेत्रका बासिन्दाले सेवा पाउन अझै कठिन छ ।

विभिन्न अस्पताल र सामाजिक सङ्घसंस्थाले गाउँगाउँमा लैजाने शिविरको भरमा ग्रामीण क्षेत्रको आँखा उपचार धानिँदै आएको छ । देशभर आँखा उपचारको सञ्जाल फैलाएको नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्त सेवा विस्तार गर्दै गर्दा आँखा उपचार सेवाका लागि दक्ष जनशक्ति पाउन कठिन हुने गरेको बताउनुहुन्छ । देशभर २८ अस्पताल र १ सय ६० आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको सङ्घका अस्पतालहरूमा १ सय हाराहारी चिकित्सक कार्यरत छन् ।

उहाँका अनुसार स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । गत वर्ष सङ्घको नेटवर्कमार्फत ३३ लाख २ सय ३१ जनाको आँखाको परीक्षण गरिएको छ भने २ लाख ६७ हजार १ सय ३५ जनाको आँखाको शल्यक्रिया भएको छ ।

अध्यक्ष पन्तले सकेसम्म ग्रामीण क्षेत्रसम्म सेवा दिएको जानकारी दिँदै आर्थिक, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीका अभावमा चाहे जति आँखा सेवा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा द्रुत गतिमा विस्तार गर्दैछौँ, दक्ष जनशक्तिको अभाव छ ।” कतिपयलाई अस्पतालहरूले ‘फेलोसिप’ दिएर पढ्न पठाउने गरेको उहाँको भनाइ छ ।   

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताउनुभयो । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उहाँको भनाइ छ । आँखा क्षेत्रमा नेत्र विशेषज्ञहरूको जनसङ्ख्याका आधारमा निकै कम रहेको जनाउँदै उहाँले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा दिनुपर्ने बताउनुभयो ।

 

अध्यक्ष डा पन्त पढाइरहेको सिट सङ्ख्या वृद्धि गरेर चिकित्सकको सङ्ख्या बढाउनुपर्ने सुझाव दिनुहुन्छ अझै पनि सङ्घीय राजधानीबाहिर चिकित्सकको अभावमा आम नागरिकले सहज उपचार पाउन सकेका छैनन् । आँखा रोगको उपचार समयमा हुन सकेमा अन्धोपन हुनबाट बचाउन सकिन्छ । नेत्र सहायकको भरमा ग्रामीण क्षेत्रका उपचार केन्द्रहरूले सेवा दिँदै आएका छन् ।

नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले सबै क्षेत्रमा चिकित्सक पर्याप्तता नरहेको बताउनुभयो । सरकारले सेवा मात्रै खोज्ने र गुणस्तरीय सेवामा ध्यान नदिने गरेको उहाँको भनाइ छ । आँखा क्षेत्रमा नेत्र विशेषज्ञहरूको जनसङ्ख्याका आधारमा निकै कम रहेको जनाउँदै उहाँले यस क्षेत्रमा पनि दरबन्दी बढाएर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ ।” रासस ।