• मंगलबार, १ असोज, २०८१
  • १२:४७:३८

नेपालको कृषि क्षेत्रमा सहयोग बृद्धि गर्न दक्षिण कोरियालाई आग्रह 

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गर्नूभएको  छ  । नेपालका लागि गणतन्त्र कोरियाका  राजदूत पार्क तेयोङ्ग सँग शनिवार मन्त्रालयमा भएको  भेटवार्तामा मन्त्री अधिकारीले  नेपालमा उन्नत जातको आलुको विउ उत्पादन र हाईब्रिड धान उत्पादन प्रविधिमा  सहकार्य गर्ने कार्य प्रक्रिया अगाडी बढाईसकिएको  उल्लेख गर्दे यसले कृषि क्षेत्रमा सहकार्यको थप अवसर प्राप्त हुने  अपेक्षा व्यक्त गर्नुभयो  ।
नेपालमै हाईव्रिड विउविजनहरुको उत्पादन, उन्नत जातहरुको आदान प्रदान, जैविक विषादीहरुको उत्पादन, मिश्रित रासायनिक मल  उत्पादनको क्षेत्रमा दक्षिण कोरियाको लगानी र प्रविधि निकै महत्वपुर्ण हुने अपेक्षा पनि  मन्त्री अधिकारीले व्यक्त  गर्नुभयो ।

गणतन्त्र कोरिया सरकारबाट नेपाललाई उच्च नश्लका गाईहरु उपलब्ध गराई गरेको सहयोग सह्रानीय रहेको छ र यसबाट दुग्ध क्षेत्र विकासमा कोशेढुङ्गा  सावित हुने विश्वास लिएको छु — मन्त्री अधिकारीले  भन्नुभयो ।
भेटवार्तामा कोरियाका  राजदूत तेयोङ्गले  नेपालवाट धेरै संख्यामा कृषि क्षेत्रमा कामदारहरु गएको  चर्चा गर्दे  उनीहरुको स्वदेश फिर्ती पछि पनि कृषि क्षेत्रमै काम लगाउन सके यस क्षेत्रमा सकारात्मक परिवर्तन देखिनेछ भन्नुभयो ।  कोरियाले  नेपालको  कृषि क्षेत्रमा  गर्दै आएको  सहयोगलाई वृद्दि गर्न चाहेको  उल्लेख गर्दे निकट भविष्यमा यसैका लागि कोरियाली उच्चस्तरीय प्रतिनिधीको  नेपाल भ्रमण हुन लागेको  जानकारी पनि दिनुभयो  ।