• बुधबार, २६ भदौ, २०८१
  • ०९:४८:२२

गाजामा इजरायली आक्रमणबाट १ सय प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा  १ सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ ।

अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठुलो सङ्ख्यामा हताहत भएको थियो । इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीन वटा रकेटसहित बमवारि गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

हमासले उक्त हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ । सिन्ह्वाको सहयोमगा ।