• शुक्रबार, २७ असार, २०८२
  • ०७:०२:०७

सिन्धुपाल्चोकमा भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२  रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।