• मंगलबार, १ असोज, २०८१
  • १२:३६:५०

एनआईसी एशिया बैकंको बैंक सुरक्षा प्रणालीमा स्तरोन्नति

काठमाडौं । एनआईसी एशिया बैंकको कार्डमा आधारित डाटा सुरक्षालाई अझ मजबुत बनाउनका लागि बैकंले आफ्नो प्रणालीलाई स्तरोन्नति गरेको छ । यसका लागी बैकंले पीसीआई–डीएसएस भी ४.० (PCI-DSS v4.0) नामक प्रणाली प्रयोगमा ल्याएको जनाएको छ । 

बैंकले आफ्न ईएफटी स्वीच (EFT Switch) सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी ४० भर्सनमा स्तरोन्नति भएको हो । यस स्तरोन्नतिसँगै कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको बैंकले जनाएको छ ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा संचालन गर्दै आएको छ । बैंकको भुक्तानीका लागि डेबिट र क्रेडिट कार्डहरू छन्, जुन नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिन्छ । अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ ।