• शुक्रबार, ४ असोज, २०८१
  • ०६:१२:०८

कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख ५७ हजार १ सय रूपैयाँ पुगेको  छ।  यो मूल्य बिहीबारको तुलनामा १ हजार ५ सय रूपैयाँ बढी हो। 

 बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। गत असोज १ गते सुनको मूल्य हालसम्मकै उच्च अर्थात् १ लाख ५७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो। 

शुक्रबार चाँदीको भाउ प्रतितोला ५५ रूपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार सय १५ रूपैयाँ पुगेको छ।