• शनिबार, १२ असोज, २०८१
  • ०७:१४:५९

सांकेतिक भाषालाई राष्ट्रिय भाषा सरहको मान्यता दिन आग्रह

काठमाडौं । सांकेतिक भाषालाई राष्ट्रिय भाषा सरहको मान्यता दिन सरोकारवालाहरुले जोड दिएका छन् ।  हरेक वर्ष सेप्टेम्बर २३ तारिख मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालले सोमबार विहान काठमाण्डौमा आयोजना गरेको छ।  

र्यालीलीलाई संवोधन गर्दै राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले सांकेतिक भाषालाई प्राथमिकतामा राख्न र यसलाई राष्ट्रिय भाषा सरहको मान्यता दिन सरकारलाई आग्रह गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो “संविधानले सबैेलाई समान अधिकार दिएको छ । अधिकार लिन बहिरा व्यक्ति अघि बढ्नु पर्छ ।” सांकेतिक भाषा तथा बहिरा संस्कृति झल्कने ब्यानर, निलो रिबन, प्ले कार्ड सहितको र्याली शहिदगेट, रत्नपार्क हुदै भृकुटीमण्डपमा कोणसभामा परिणत भएको थियो । 

कोणसभालाई संवोधन गर्दे राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष ओझाले सांकेतिक भाषा सबैका लागि आवश्यक भाषा पनि भएकाले सबैले यो भाषा सिक्न आवश्यक रहेको पनि बताउनुभयो । 

डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो  । 

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले यसपटक यो दिवस, सांकेतिक भाषा अधिकारका लागि सङ्केत गरौं भने नाराका साथ अपाङ्गता भएका बहिरा व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्वका सम्वन्धमा जनचेतना जगाउन विभिन्न कार्यक्रमहरुको आयोजना गरीएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राज्यले सांकेतिक भाषाको पहिचान तथा बिकासमा पर्याप्त ध्यान नदिदा सञ्चारमा अवरोध तथा बिभिन्न अधिकारहरुमा पहुँचमा अवरोध झेल्नुपरेको छ ।

सांकेतिक भाषा दृश्यात्मक संकेतको माध्यमबाट सञ्चार गर्ने बहिरा नागरिकहरुको पहिलो भाषा हो । बहिरा समुदायको पहिचान, शिक्षा तथा विकासको मुख्य आधार सांकेतिक भाषा हो । ” तर बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै पनि विभेदपूर्ण भएकाले राज्यका नीति तथा निकायहरु बहिरा समुदायको प्रतिनिधित्व एवं राज्यले प्रदान गर्ने अधिकारहरुमा बहिरा समुदायको पहुँच नाजुक रहेको उहाँले बताउनुभयो ।

बहिराहरुको पहिलो भाषा नेपाली सांङ्केतिक भाषामा हालसम्म ७ हजार संकेत विकास गरी शब्दकोष प्रकाशन तथा मोबाइल एप्लिकेशन विकास गरिएको राष्ट्रिय बहिरा महासंघ नेपालले जनाएको छ । 

यो दिवसका अवशरमा राष्ट्रिय बहिरा महासंघले रक्तदान कार्यक्रमका साथै धरहरा तथा स्काई वाक टावर कमलादीमा बहिरा समुदायको पहिचान स्वरुप नीलो बत्ती बालेर कार्यक्रम भव्यताका साथ मनाउँदैछ ।

विश्वका झन्डै ७ करोड बहिरा नागरिकहरुको प्रतिनिधित्व गर्ने विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघ संस्थाहरुले अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउँदै छन् ।