• शुक्रबार, १८ असोज, २०८१
  • ०६:०४:१०

काठमाडौंमा कोरियाली कला प्रर्दशनी

काठमाडौं । गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीको अवसरमा यहि सेप्टेम्बर २७ तारिख शुक्रबार देखि अक्टोबर १ तारिख सम्म नेपाल कला परिषद बबरमहलमा  आयोजित  कोरियाली डिजिटल कला प्रदर्शनी सम्पन्न भउको छ ।  

शनिवार उद्घाटन भएको डिजिटल कला प्रर्दशनी कार्यक्रमले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको महत्वलाई थप उचाई दिन सफल भएको आयोजकको भनाइ छ । दूतावासले आयोजना गरेको कार्यक्रमको उद्घाटनमा  प्रमख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि प्रसाद पाण्डेले  कोरिया र नेपालबीचको सम्बन्ध अति विशिष्ठ रहेको र अन्य मुलुक संग तुलना गर्न नमिल्ने बताउनु भएको थियो ।  त्यसैगरी दुई देशबीचको सम्वन्धआगामी दिनमा अझै प्रगाढ बनाउने धारणा राख्नु भएको थियो । उहाँले यो कला प्रदर्शनी दुई देशलाई जोड्ने अर्को महत्वपूर्ण पहल भएको बताउनु भएको थियो । मन्त्री पाण्डेले बताए झै धेरै नेपालीहरुले उक्त प्रदर्शनीको अवलोकन गरेको थिए ।  

मन्त्री पाण्डेले कोरियाले हाल ५० हजार भन्दा बढी नेपालीलाई रोजगार उपलव्ध गराएर नेपालको विध्यमान बेरोजगार समस्या समाधानमा सहयोग गरेकोमा कोरियाली सरकारलाई धन्यवाद दिनु भयो। प्रत्येक वर्ष  दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा उल्लेख्य नभएता पनि हाल नेपाल भ्रमण गर्ने कोरियाली पर्यटक १० वटा देशमध्ये परेको उल्लेख गर्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गर्नुभयो। उहाँले ‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत रहेको जानकारी गराउनु भएको थियो। त्यसै गरी कोरिया र नेपालबिचका समानताको विषय पनि उल्लेख गर्नुभयो। यस्तै किसिमका डिजिटल कला प्रर्दशनी जस्ता कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने धारणा राख्नु भएको थियो । 
नेपालको सामाजिक आर्थिक विकास सम्वन्धमा, कोरियाले शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत क्षेत्रमा सहयोग बढाएको छ ।