• आइतबार, २९ असार, २०८२
  • ११:५८:५१

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

काठमाडौँ । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ ।

नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका फूल बिक्रीलाई व्यवस्थित गर्न उपयुक्त स्थानको प्रबन्ध मिलाएको जानकारी दिनुभएको हो ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवद्र्धन गरिएको जनाएको छ । सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न पनि अनुरोध गरिएको छ । “हामी व्यापारीहरूलाई प्लास्टिकका फूल तथा अन्य सजावटका सामग्री बिक्री नगर्न अनुरोध गर्दछौँ ।

अघिल्लो वर्षको तिहारमा महानगरले सडकमा फूल बिक्रीमा रोक लगाएको र बिक्री स्थान नतोक्दा धेरै किसानले फूल बिक्री गर्न नपाएको गुनासो गरेका थिए । कतिपयले बिक्रीका लागि ल्याएको फूल सडकमै फालेका थिए ।

गत वर्षको सिकाइबाट यस वर्ष फूल बिक्रेतालाई सहज बनाउने प्रयास गरिने नगरप्रमुख शाहले उल्लेख गर्नुभएको छ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस र सेन्टरहरुमा व्यवस्था मिलाइएको छ ।

स्वदेशी फूल  बिक्रीका लागि तोकिएका स्थलहरु :
१- आरती पार्टी प्यालेस, माछापोखरी
२- बुद्धमहल, माछापोखरी
३- बालाजु भाटभटेनी, माछापोखरी
४- भ्याली कोल्ड स्टोर, बालाजु
५- सामुदायिक भवन, बालाजु
६- धर्मचक्र पार्क, स्वयम्भू
७- स्वयम्भू मार्ट
८- भाटभटेनी, कलंकी
९- कलंकी ट्रेड सेन्टर, कलंकी
१०- एसएनएस, कलंकी
११- एनबीटीसी, कलंकी
१२- नेपा ब्यांक्वेट, खुसिँबु
१३- बिग मार्ट, कालधारा, पकनाजोल
१४- साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी
१५- काठमाडौं मल, सुन्धारा
१६- सिभिल मल, सुन्धारा
१७- सीटीसी मल, सुन्धारा
१८- रञ्जना मल, नयाँ सडक
१९- बिग मार्ट कम्प्लेक्स, अनामनगर
२०- एटी कम्प्लेक्स, न्यु प्लाजा
२१- भाटभटेनी, अनामनगर
२२- आईटी प्लाजा, कमलादी
२३- संकटा चोक, टेवहाल
२४- केएल टावर, चाबहिल
२५- बी एन्ड एसएम, बौद्ध
२६- भर्गो जापान, शंखमूल
२७- आइप्लेक्स, बानेश्वर
२८- एनबी सेन्टर, नयाँ बानेश्वर
२९- फोनिक्स टावर, बत्तीसपुतली
३०- चाबहिल फुटबल चौर, चाबहिल गणेशस्थान
३१- बिगमार्ट, शंखमूल
३२- बीबीएसएम, कोटेश्वर
३३- सिफल चौर, सिफल
३४- केटीएम पार्टी प्यालेस
३५- निराकल कम्प्लेक्स, शंखमूल
३६- एसी कम्प्लेक्स, चाबहिल
३७- भाटभटेनी, कोटेश्वर
३८- भाटभटेनी, नक्साल
३९- बिग मार्ग, बालुवाटार
४०- सेल्सबेरी, महाराजगन्ज
४१- भाटभटेनी, महाराजगन्ज
४२- कोइराला मार्ट, सामाखुसी
४३- बिग मार्ट, सामाखुसी
४४- सिटी सेन्टर, कमलपोखरी
४५- ल्होत्से मल, बालाजु
४६- सासा ब्यांक्वेट, सोह्रखुट्टे