• आइतबार, २३ मङ्सिर, २०८१
  • ०८:५०:३४

नेपाली बजारमा सुनको मूल्य तोलामै १६ हजारले घट्यो, कारण के हो ?

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रूपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार ९ सय ६० रूपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ८ सय ४५ रूपियाँमा किनबेच भइरहेको छ ।

 मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकले  सुन र चाँदीको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत  कायम गरेको थियो ।  यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । पहिले १० प्रतिशत रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए ।  यो निर्णय पछि सुनको भाउ फेरी १० प्रतिशत भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार बढेको सुनको मूल्य नेपाली बजारमा भन्सार बढि भएका कारण झन् बढिरहेको थियो ।