• आइतबार, ३० मङ्सिर, २०८१
  • ०७:४०:५५

अपाङ्गता समावेशी शिक्षा : न्यायपूर्ण समाज निर्माणको आधार

काठमाडौं । समावेशी शिक्षा एक शैक्षिक दर्शन हो, जसले सबै विद्यार्थीलाई उनीहरूको शारीरिक, बौद्धिक, सामाजिक, भाषिक लगायत अपाङ्गता र अन्य बिबिधतालाइ सम्बोधन गर्दै समाबेशी सिद्दान्तको मर्म अनुसार, समतामूलक आधारमा, मुलधारको शिक्षा प्रणाली र कक्षाकोठामा शिक्षण सिकाई क्रियाकलाप गर्ने शैक्षिक प्रक्रियालाई  समेट्छ ।


समावेसी शिक्षाले प्रत्येक विद्यार्थीले सक्ने र अपेक्षित शैक्षिक उपलब्धि हाँसिल गर्न सक्ने लचिलो र सहायक अध्ययन वातावरण प्रदान गर्ने लक्ष्य राखेको हुन्छ ।  जसले कसैको अपाङ्गता वा भिन्नताका कारण शैक्षिक उपलब्धीबाट बन्चित गर्न नहुने कुरालाइ सुनिश्चित गर्दछ।शिक्षामा अपाङ्गता समाबेशी भनेको अपांगता भएका बालबालिकाले शिक्षाले निर्दिस्ट गरेका उदेश्य प्राप्त गरि सर्वाङ्गीण विकास संगै असल योग्य, सक्षम, प्रतिस्पर्धी तथा उत्पादनमूलक जनशक्ति तयार हुनु हो।     

 संयुक्त राष्ट्रसंघको सार्वभौमिक मानव अधिकार घोषणापत्र  (Universal Declaration of Human Rights, 1948) ले शिक्षा सबै बालबालिकाको नैर्सैर्गिक अधिकारको रुपमा परिभाषित गरे पछि संसारभरि बालबालिकाको बाँच्न पाउने आधिकार, माया ममता, संरक्षणको अधिकार, शिक्षाको अधिकार, परिचयको अधिकार लगायतका सवालहरु गहनता  रुपमा बहसमा आए र बिस्तारै नीतिगत साथै कार्यक्रमगत रुपमा पनि बिस्तृत हुदै आए।

राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि त्यस्तो जनशक्तिको योगदान महत्वपूर्ण हुन्छ। देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्येसैले शिक्षाको मूल उदेश्य उत्पादनशील नागरिक तयार गर्ने भएकोले अपाङ्गता लगायत सबै नागरिकको सिकाई सक्षमता पुरा गर्न शिक्षा प्रणाली सबैका लागि अनुकुलुन, समतामुलक, पहुँचयुक्त र समाबेशी हुन आबश्यक छ।

विकासक्रम

समावेशी शिक्षा एकीकृत शिक्षा को विकासक्रमको रूपमा लिन सकिन्छ। यसले शिक्षा क्षेत्र वा विद्यालय जीवनका केवल भौतिक पक्षहरूलाई मात्र होइन, शैक्षिक प्रणालीका सबै पक्षहरूलाई समावेश गर्न जोड दिएको हुन्छ। संयुक्त राष्ट्रसंघको सार्वभौमिक मानव अधिकार घोषणापत्र  (Universal Declaration of Human Rights, 1948) ले शिक्षा सबै बालबालिकाको नैर्सैर्गिक अधिकारको रुपमा परिभाषित गरे पछि संसारभरि बालबालिकाको बाँच्न पाउने आधिकार, माया ममता, संरक्षणको अधिकार, शिक्षाको अधिकार, परिचयको अधिकार लगायतका सवालहरु गहनता  रुपमा बहसमा आए र बिस्तारै नीतिगत साथै कार्यक्रमगत रुपमा पनि बिस्तृत हुदै आए। यो संगै अपाङ्गता भएका बालबालिकाको शिक्षाको सवाल पनि अधिकारको रुपमा जनवकालत मार्फत सार्वजनिक चासोको बिषय बन्दै आएको छ।     

 समावेशी शिक्षाको सफल कार्यान्वयनका लागि भौतिक नीतिगत, संस्थागत, संचार र अभ्यासमा तादम्यता हुनु जरुरि मानिन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार महासन्धि (CRPD, 2006)  को धारा २४ मा शिक्षा सम्बन्धी प्रावधानले समावेशी शिक्षा प्रणालीको निर्माण गर्न अपाङ्गता भएका बालबालिका र युवाहरूलाई भेदभावरहित शिक्षामा समान र समतामुलक पहुँचको सुनिश्चित गर्न निर्दिस्ट गरेको छ।

यसलाई थप सुदृढ बनाउन युनेस्कोले १९९४ मा सलामांकामा गरेको अन्तर्राष्ट्रिय सम्मेलनले सलामांका स्टेटमेन्ट  (UNESCO Salamanca Statement, 1994) जारी गरी समावेशी शिक्षाको अबधारणालाइ आगाडी सारेको पाइन्छ । त्यसपछि समाबेशी शिक्षाको मर्म र आबश्यकतालाइ विश्वब्यापी रुपमा वकालत गर्दै अपाङ्गता लगायत सबै बालबालिकाको शिक्षाको अधिकार शुनिश्चित गर्न शैक्षिक प्रणालीहरूमा अपाङ्गता भएका बालबालिकाहरुको पूर्ण सहभागितालाइ जोड दिएको छ।

शिक्षक, शिक्षाविद् र शिक्षाका सरोकारवालाहरुको बिचमा अपाङ्गता भएका बालबालिकाको शिक्षा सम्बन्धमा दुईवटा अबधारणालाइ पारस्परिक वा प्रतिस्पर्धी बहसको रुपमा आगाडी ल्याएको देखिन्छ । विशेष शिक्षा वा समावेशी शिक्षा र यी दुइ पक्षलाइ शक्ति सम्बन्ध, मूल्य, र अभ्यासहरूको स्थापना गर्ने बिषयमा ठोस धारणाहरु अस्पष्ट नै देखिन्छ ।

पूर्वी युरोपेली देशहरू(एस्टोनियाले २०१० देखि २०१९ को बिचमा आधारभूत विद्यालय र बिशेष विद्यालय ऐन विकसित गरि कानूनी संरचना स्थापना गर्दै थप आवश्यकता भएका विद्यार्थीलाई शिक्षाको अधिकार प्रत्याभूत गर्ने जमर्को गर्यो। यी पहलहरुले अपाङ्गता भएका बालबालिकाको शैक्षिक आवश्यकतालाइ  सुदृढ गर्दै शैक्षिक व्यवस्थापनको पक्ष बलियो बनाएको उल्लेख गरेको छ।

विशेष कक्षाहरूमा विद्यार्थीहरूको संख्या बढेको देखियो भने मुलधारका कक्षाहरूमा पनि अपाङ्गता भएका विद्यार्थीहरूको सहभागिता उल्लेख्य वृद्धि भएको  पाइयो । यद्यपि, धेरै विद्यालयका  ब्यबस्थापकहरुले अपाङ्गता भएका वा थप आवश्यकता भएका बिद्यार्थीका लागि बिशेष तालिम प्राप्त शिक्षक, बिभिन्न थेरापी जस्तै स्पीच थेरापी, फिजियोथेरापी, अकुपेशानल थेरापी  लगायत मानोसामाजिक परामर्श जस्ता विशेषज्ञहरूको प्रभावलाइ थप आबश्यकताको रुपमा बहस र छलफलहरु आगडी ल्याएको छ। 

समाबेशी शिक्षाका मूल धारणा 

 समताको अर्थ सबै व्यक्तिलाई जात, लिङ्ग, धर्म, अपांगता, वा अन्य पहिचानका आधारमा कुनै भेदभाव नगरी समान अवसर, अधिकार, र सम्मान प्रदान गर्ने अवस्था हो। यसको उद्देश्य सामाजिक न्याय सुनिश्चित गर्दै सबैलाई समान सहभागिता र योगदानको अवसर उपलब्ध गराउनु हो। समतामुलक शिक्षा त्यो हो जहाँ सबै बालबालिकाले व्यक्तिगत आवश्यकता रुची, चाहना र अवस्था अनुसारको सिकाई उपलब्धि गर्ने अवसर प्राप्त गर्न सक्छन।

समतामूलक शिक्षाका लागि सबै विद्यार्थीलाई भौगोलिक, सामाजिक, आर्थिक, र सांस्कृतिक अवरोधहरू हटाएर समान पहुँच सुनिश्चित गर्नुपर्छ। पाठ्यक्रम, शिक्षक प्रशिक्षण, र नीतिगत व्यवस्था सहित विद्यालय पूर्वाधार समावेशी र भेदभावरहित हुनुपर्छ।

भेदभावरहित भनेको म भेदभाव गर्दिन भन्ने मात्र होइन मेरा क्रियाकलापले सबैलाई न्याय गरेको छ भन्ने सुनिश्चित गर्नु हो, अर्थात अपाङ्गताका कारण बिद्यालय आउन नसक्नु र शिक्षाको अवसरबाट बन्चित हुनुमा मेरो पनि हात छ भन्ने भावना जागृत हुनु हो।साथै सबै भिन्नतालाई सम्मान र अवसरका रूपमा हेरिनु र विविधताको स्वीकार र अांतरिकिकरण नै शिक्षा बिकासको अधिकार (Rights) को रुपमा मानिनु समतामुलक शिक्षा हो।   

नेपालमा UDL  कार्यान्वयनका लागि एकीकृत पाठ्यक्रम, बिद्यालय शिक्षा निति र समावेशी शिक्षा रणनीति, २०७७ जस्ता नीतिगत व्यवस्थाले समावेशी शिक्षालाई अग्रगमन तर्फ लगेको छ।प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूलाई  UDL सम्बन्धी विशेष तालिम प्रदान गर्न, सहायक प्रविधि र उपकरणहरूको प्रयोग गर्न, र समुदाय, परिवार र बिद्यालय सहकार्य तथा पूर्ण बिद्यालय नीति  Whole School Approach  मार्फत सहकार्यमा आधारित शिक्षण Collaborative Learning  लाई जोड दिन जरुरि रहेको छ।

संरचना 

समावेशी शिक्षाको सफल कार्यान्वयनका लागि भौतिक नीतिगत, संस्थागत, संचार र अभ्यासमा तादम्यता हुनु जरुरि मानिन्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार महासन्धि (CRPD, 2006)  को धारा २४ मा शिक्षा सम्बन्धी प्रावधानले समावेशी शिक्षा प्रणालीको निर्माण गर्न अपाङ्गता भएका बालबालिका र युवाहरूलाई भेदभावरहित शिक्षामा समान र समतामुलक पहुँचको सुनिश्चित गर्न निर्दिस्ट गरेको छ।

यसले अपाङ्गताभएका बालबालिकालाइ मुलधारको शिक्षा प्रणाली सहित विद्यालयभित्रको शिक्षण सिकाई क्रियाकलाप समतामुलक बनाउन र उनीहरूको व्यक्तिगत क्षमता, सम्मान, र पहिचानको पूर्ण विकास गर्न जोड दिएको छ। 

समावेशी र पहुँचयोग्य शिक्षाका लागि विद्यालयका संरचना, पाठ्यक्रम, र शिक्षण विधिहरू र पाठ्यबस्तु अनुकूलन गरिनुपर्छ, सहायक प्रविधि र सेवाहरू उपलब्ध गराउनुपर्छ।शिक्षकहरूको भूमिका सशक्त बनाउन उनीहरूलाई विशेष तालिम दिनुका साथै सहायक सामग्रीको प्रयोगमा दक्ष बनाउनुपर्छ।अपाङ्गता भएका विद्यार्थीहरूको आवश्यकता पूरा गर्न तालिम प्राप्त शिक्षक, सांकेतिक भाषा, ब्रेल, र मनोसामाजिक परामर्श लगायतका अतिरिक्त सहयोगी सेवाहरू प्रदान गर्न आबश्यक हुन्छ।

CRPD ले उच्च शिक्षा, प्राविधिक तालिम, र व्यावसायिक सीप विकासमा अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसरको प्रत्याभूति दिन पनि जोड दिएको छ। CRPD ले समाबेशी शिक्षाको उदघोष  गरे संगै नेपालले पनि समाबेशी शिक्षाको यात्रा शुरु गरिसकेको छ।नेपालको संबिधान २०७२, निशुल्क तथा अनिबार्य शिक्षा ऐन २०७५, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४, सार्वजनिक सेवा पहुँचसम्बन्धी नियमावली, २०७५, सार्वजनिक भवन निर्माण मापदण्ड, २०७३, सामाजिक सुरक्षा ऐन, २०७५, स्थानीय सरकार संचालन ऐन, २०७४, स्वास्थ्य नीति, २०७१ लगायत अन्य थुप्रै कानुनले अपाङ्गता भएका बिधार्थीको समाबेसी शिक्षाको अवसर सुनिश्चितता गरेको छ।

अनुकुलिन शिक्षण विधि (Flexible Teaching Methods)  सिकाइको समाबेशी ढांचा अर्थात् Universal Design of Learning -UDL  शिक्षणको यस्तो रूपरेखा हो, जसले विविध क्षमता, रुचि, र सिकाइशैली भएका विद्यार्थीहरूको आवश्यकतालाइ सम्बोधन गर्न शिक्षण प्रक्रियालाई आबश्यकतामा आधारित, पहुँचयोग्य, र समावेशी बनाउने रणनीतिको ब्याख्या गर्दछ।यसले सिकाइ सामग्रीको बहुआयामिक प्रस्तुति, विद्यार्थीहरूको लागि विभिन्न अभिव्यक्तिका माध्यम, र उनीहरूको रुचि र सहभागितालाई प्रोत्साहन गर्न उल्लेख्य कक्षागत र बाहिरी क्रियाकलापलाइ जोड दिएको हुन्छ।

नेपालमा UDL  कार्यान्वयनका लागि एकीकृत पाठ्यक्रम, बिद्यालय शिक्षा निति र समावेशी शिक्षा रणनीति, २०७७ जस्ता नीतिगत व्यवस्थाले समावेशी शिक्षालाई अग्रगमन तर्फ लगेको छ।प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूलाई  UDL सम्बन्धी विशेष तालिम प्रदान गर्न, सहायक प्रविधि र उपकरणहरूको प्रयोग गर्न, र समुदाय, परिवार र बिद्यालय सहकार्य तथा पूर्ण बिद्यालय नीति  Whole School Approach  मार्फत सहकार्यमा आधारित शिक्षण Collaborative Learning  लाई जोड दिन जरुरि रहेको छ।

उदाहरणका लागि दृष्टीबिहीन बालबालिकाका लागि ब्रेल सामग्री उपलब्ध गराउने, ग्रामीण क्षेत्रमा बहुभाषिक शिक्षण सामग्रीको विकास तथा निर्माण गर्ने,  सांकेतिक भाषाको प्रयोग, सामग्री निर्माण, दृश्य सामग्रीमा जोड दिने र ठुला तथा रंगिन सचित्र सामग्री, श्रब्य दृश्य सामग्री, इजी टु रिड भर्सन, मनोसामाजिक सहयोग उपलब्ध गराउनु नै सिकाईको समाबेशी ढांचाको मूल आसय हो।नेपालमा  UDL को कार्यान्वयनले समावेशी शिक्षाको मापदण्ड सुधार गर्दै सबै विद्यार्थीलाई समान अवसर र पहुँच सुनिश्चित गर्ने कुरामा सायद कसैको दुइमत छैन होला। 

 सांस्कृतिक र लैंगिक, भौगोलिक, भाषागत विविधतालाइ मध्यनजर गरी व्याख्यान, समूह कार्य, प्रयोगात्मक शिक्षा, र व्यक्तिगत सहयोगका भिन्न (भिन्न शिक्षण पद्धतिमा जोड दिनु पर्छ। पाठ्यक्रमले नै अनुकुलित समावेशी शिक्षण उपकरणको सफ्टवेयर, एप्स, स्क्रीन रिडर, श्रव्य पुस्तकहरू, रियाल(टाइम सबटाइटलिङ लगायतका सहायक उपकरणहरूको प्रयोगले सिकाई सहजीकरण गर्न जोड दिन्छ।समावेशी मूल्यांकन प्रणालीपनि यसको अर्को महत्वपूर्ण बिशेषता हो जसले मौखिक परीक्षा, परियोजनामा आधारित मूल्यांकन, र पोर्टफोलियो मूल्यांकन वैकल्पिक मूल्यांकन विधिलाइ जोड दिन्छ।

सहयोगी सेवा  (Support Services) सहयोगी सेवा भन्नाले कुनै व्यक्ति, समूह, वा समुदायलाई उनीहरूको आवश्यकता र क्षमताअनुसार उचित सहयोग र साधनहरू उपलब्ध गराउने प्रक्रिया हो। बिशेषत समाबेशी शिक्षाका लागि अपाङ्गताभएका बालबालिकाको सिकाई सहजीकरणमा सहयोगी सेवाको ठुलो भूमीका हुने गर्छ।शिक्षामा सहयोगी सेवा भनेको सहयोग संयन्त्रलाई संकेत गर्न खोजिएको छ जस अन्तर्गत दृष्टि सम्बन्धि अपाङ्गता भएका विद्यार्थीका लागि ब्रेलमा लेखिएका किताबहरू उपलब्ध गराउनु, बहिरा बिधार्थीको लागि सांकेतिक भाषाका सामग्री वा बौद्दिक अपाङ्गता भएका विद्यार्थीहरूका लागि ठुलो छापा र दृश्य श्रव्य सामग्री मार्फत सिकाई सहजीकरण गर्नु गराउनु हो।

यसको अतिरिक्त विद्यालयमा तालिमप्राप्त शिक्षक राखेर विद्यार्थीहरूको व्यक्तिगत आवश्यकता अनुसार सहयोग गर्न सकिन्छ साथै शारीरिक अपाङ्गता भएका विद्यार्थीहरूको आवतजावतका लागि व्हीलचेयर र रेलिंग सहित र्याम्पको व्यवस्था आदि। स्वास्थ्य सम्बन्धी सहयोग अन्तर्गत चिकित्सकीय सहयोगका लागि प्रारम्भिक पहिचान र नियमित स्वास्थ्य जाँच, औषधिको उपलब्धता र विभिन्न थेरापी सेवा उपलब्ध हुनु आबश्यक मानिन्छ।

प्राविधिक उपकरणहरू जस्तै ह्वीलचेयर, सुनाइने मेसिन (hearing aids), अक्षर लाइ ठुलो बनाई पढ्न सक्ने यन्त्र वा कृत्रिम अंग जस्ता उपकरणहरू बिद्यालय वा बिद्यालय क्षेत्र भित्र सहज आपूर्तिको व्यवस्था सहित आर्थिकरुपमा कमजोर भएका बिधार्थीका लागि निशुल्क वा कम लागतमा उपलब्ध हुने कुराको सुनिश्चिततामा जोड दिएको हुन्छ।

तेसै गरि आर्थिक र सामाजिक सहयोग मार्फत गरिबीको रेखामुनी रहेका र सिमान्तकृत समुह भित्रका बर्गलाई जीविकोपार्जनका लागि सीपमूलक तालिम मार्फत रोजगारको अवसर सिर्जना गरि बिधार्थीको सिकाई निरन्तरतालाइ सहजीकरण गर्न सकिन्छ। सूचना र परामर्श सेवा पनि अतिनै महत्वपूर्ण रहेको हुन्छ जसले अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अधिकार, सुविधाहरू, र सरकारी तथा अन्य कार्यक्रमहरूबारे जानकारी दिदै ति सेवामा पहुँच गरि बालबालिकाका लागि छात्रवृत्ति लगायत सेवा प्रदान गर्न सकिन्छ भने मानसिक तनावबाट गुज्रिरहेका व्यक्तिहरूलाई परामर्शमार्फत सहजीकरण गर्न सकिन्छ।

यातायातको पहुँच अर्को महत्वपूर्ण पक्ष हो जसले विद्यालयसम्मको आवागमनको कठिनाइ भएका बालबालिकाका लागि स्कुल बसको व्यवस्था गर्ने वा ठाउँ बिशेष यातायातको व्यवस्था गर्न सकिन्छ भने अनुकुल नभएको अवस्थामा स्थानीय सहयोग प्रणाली निर्माण तथा प्रयोग गर्न सकिन्छ।

शिक्षण बिधि र अभ्यास Teaching method and Practice समावेशी कक्षा एक महत्वपूर्ण आयाम हो जसले अपाङ्गता भएका वा थप सिकाई सहजीकरण आबश्यक भएका बालबालिकाहरु अन्य विद्यार्थीहरू संगै एउटै कक्षामा सहपाठीहरूको सहयोग र समूहगत गतिविधिहरू मार्फत सिक्न सक्ने कुरामा विश्वास गर्दछ।

यसमा आवश्यकता अनुसार बिधि, प्रक्रिया र सामग्री अनुकूलन गरिन्छ, जस्तै  दृष्टिविहीन विद्यार्थीहरूका लागि ब्रेल पाठ्यपुस्तकहरू, श्रवण वा छामेर सिक्न सक्ने सामग्री, श्रवण समस्या भएका विद्यार्थीहरूका लागि सांकेतिक भाषाको प्रयोग तथा बौद्दिक अपाङ्गता भएका लागि पढ्न सजिलो हुने प्रणाली (Easy to Read) लगायत बहु(संवेदी सामग्री हरु श्रव्य, दृश्य, स्पर्शजन्य (tactlie) सामग्रीहरूको उपयोगलाई अभिप्रेरित गरिएको हुन्छ।      

समावेशी शिक्षा सबैका लागि शिक्षामा समान अवसर प्रदान गर्ने, विद्यार्थीहरूको भिन्नतालाई स्वीकार गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने साधन हो। यसले शैक्षिक मात्र होइन, सामाजिक रूपमा पनि समता र सहभागिता सुनिश्चित गर्दछ। यसले शैक्षिक सफलता, सामाजिक एकता, र व्यक्तिगत सशक्तिकरणलाई प्राथमिकतामा राख्छ।

 

सांस्कृतिक र लैंगिक, भौगोलिक, भाषागत विविधतालाइ मध्यनजर गरी व्याख्यान, समूह कार्य, प्रयोगात्मक शिक्षा, र व्यक्तिगत सहयोगका भिन्न (भिन्न शिक्षण पद्धतिमा जोड दिनु पर्छ। पाठ्यक्रमले नै अनुकुलित समावेशी शिक्षण उपकरणको सफ्टवेयर, एप्स, स्क्रीन रिडर, श्रव्य पुस्तकहरू, रियाल(टाइम सबटाइटलिङ लगायतका सहायक उपकरणहरूको प्रयोगले सिकाई सहजीकरण गर्न जोड दिन्छ।समावेशी मूल्यांकन प्रणालीपनि यसको अर्को महत्वपूर्ण बिशेषता हो जसले मौखिक परीक्षा, परियोजनामा आधारित मूल्यांकन, र पोर्टफोलियो मूल्यांकन वैकल्पिक मूल्यांकन विधिलाइ जोड दिन्छ।

पाठ्यपुस्तक बिषयबस्तु र शिक्षण 
समावेशी शिक्षण अभ्यासको पहिले आधार भनेको पाठ्यक्रम हो जसले कुन बिषय कसले हुन् बिधि वा कुन बिशेष उदेश्य हासिल गर्नको लागि के के क्रियाकलाप कसरी गर्ने र समावेशिता कसरि सुनिश्चित गर्ने सम्मको खाका निर्धारण गर्ने भएकोले प्रत्येक विद्यार्थीको आवश्यकता अनुसार पाठ्यक्रम तयार गर्न समावेशी शिक्षाले जोड दिएको हुन्छ। समावेशी पाठ्यक्रम भन्नाले शिक्षण सिकाई उदेश्य, पाठ्यबस्तु, प्रक्रिया, सामग्री, र वातावरणलाई अपाङ्गता लगायत सबै विद्यार्थीहरूकालागि पहुँचयोग्य, समान, र सान्दर्भिक बनाउने प्रयास हो।

पाठ्यक्रम र शिक्षण विधिले विद्यार्थीहरूको क्षमता, रुचि, र अवस्थालाई ध्यानमा राख्नुपर्छ। उदाहरणका लागि, दृष्टिसम्बन्धी अपाङ्गता भएका विद्यार्थीका लागि ज्यामिति वा विजगणित कठिन मात्र होइन अव्यवहारीक पनि नहुन सक्छ तसर्थ यसलाई अनिबार्य नबनाई सो को सट्टा व्यवहारीक र जिवनोपयोगी  शिक्षा, स्वतन्त्र जिवनयापन कला तथा सक्षमता आधारित सिप र रोजगारी प्रबर्धन गर्ने बिषयबस्तु समाबेश गर्दा जीबन सापेक्ष शिक्षा हुन् सक्छ।

शिक्षामा समावेशी विधिहरूको प्रयोगले समाजलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ। विपत्तिको बेला सबै भन्दा संकटासन्न र जोखिममा रहेका नागरिकको सहयोग र उद्धार गर्ने सिप, ज्ञान, कला र संबेदनशीलता भए बिबिधतामा एकताको बललाई जोड दिदै विपत्तिको जोखिम र क्षतिलाई कम गर्न सकिन्छ। 

परम्परागत शैलीको शिक्षा प्रणाली र सिकाई हुने बिषयबस्तुले अपाङ्गता प्रति हेयभाव सिर्जना गर्ने, उनीहरुको अवमुल्यांकन गर्ने तथा अपाङ्गता पूर्वजन्मको परिणाम वा पितृ श्रापको फल हो भन्ने जस्ता ग्लानीयुक्त बिषयबस्तु रहेको पाइन्छ साथै शिक्षा प्रणालीले नै अपाङ्गता भएका नागरिकले पढ्न नसक्ने, सामाजिक क्षेत्रका आयाममा योगदान दिन नसक्ने र कतिपय ठाउँमा त उनीहरु धार्मिक वा सामाजिक कार्यमा असुद्द रहेको तर्क समेत गरेका बिषयबस्तु समावेस भएको देखिन्छ।     

व्यक्तिगत सशक्तिकरणको माध्यमबाट विद्यार्थीहरूलाई आत्मनिर्भर र समाजका सक्रिय नागरिक बनाउने लक्ष्य राख्छ। जीवनोपयोगी सीप, व्यवहारिक ज्ञान, र आत्मविश्वास विकासको माध्यमबाट अपाङ्गता भएका विद्यार्थीहरूलाई समेत समान अवसर प्रदान गरिन्छ। यसरी, समावेशी शिक्षाले सबैका लागि समानता, सम्मान, र न्यायमा आधारित समाज निर्माणको मार्ग प्रशस्त गर्दै दिगो सामाजिक रूपान्तरण सुनिश्चित गर्दछ।

त्यति  मात्र होइन पाठ्यपुस्तक र कक्षाकोठाको सिकाई प्रणालीमा अपाङ्गतालाइ अपशब्द प्रयोग गर्ने र उनीहरुलाई तेस्ता शब्द प्रयोग गर्न सिकाउने गरिन्थ्यो र जुन केहि हद सम्म अहिले पनि कायम छ भन्ने लाग्छ।समावेशी शिक्षाले नकारात्मक सोच र दृस्टीकोणलाई हटाउँदै समानता, न्याय, र सम्मानमा आधारित समाज निर्माण गर्न शिक्षक, अभिभावक, र समाजको सह अस्तित्वको भूमिका निर्माण जग बसाल्छ।

निष्कर्ष 
समावेशी शिक्षा सबैका लागि शिक्षामा समान अवसर प्रदान गर्ने, विद्यार्थीहरूको भिन्नतालाई स्वीकार गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने साधन हो। यसले शैक्षिक मात्र होइन, सामाजिक रूपमा पनि समता र सहभागिता सुनिश्चित गर्दछ। यसले शैक्षिक सफलता, सामाजिक एकता, र व्यक्तिगत सशक्तिकरणलाई प्राथमिकतामा राख्छ।

पहिलो, शैक्षिक सफलता सुनिश्चित गर्न पाठ्यक्रम, शिक्षण विधि, र मूल्यांकन प्रणाली लचिलो हुनुपर्छ, जसले विद्यार्थीहरूको क्षमता र आवश्यकता अनुसार सिकाइको प्रक्रिया समायोजन गर्न सकियोस।समावेशी शिक्षाले सामाजिक एकताको आधार तयार गर्दै सहकार्य, आपसी आदर, र सहिष्णुताको वातावरण निर्माण गर्दछ। यसले विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई साझा सिकाइको माध्यमबाट एकअर्कालाई बुझ्न र सहयोग गर्न सक्षम बनाउँछ।

साथै, व्यक्तिगत सशक्तिकरणको माध्यमबाट विद्यार्थीहरूलाई आत्मनिर्भर र समाजका सक्रिय नागरिक बनाउने लक्ष्य राख्छ। जीवनोपयोगी सीप, व्यवहारिक ज्ञान, र आत्मविश्वास विकासको माध्यमबाट अपाङ्गता भएका विद्यार्थीहरूलाई समेत समान अवसर प्रदान गरिन्छ। यसरी, समावेशी शिक्षाले सबैका लागि समानता, सम्मान, र न्यायमा आधारित समाज निर्माणको मार्ग प्रशस्त गर्दै दिगो सामाजिक रूपान्तरण सुनिश्चित गर्दछ।

हाल  रिड नेपालमा शिक्षा कार्यक्रम प्रमुखको जिम्मेबारीमा  कार्यरत लेखक महर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासंग आबद्द भइ अपाङ्गता समावेशी र समावेशी शिक्षा क्षेत्रको खोज अभियानमा सक्रिय हुनुहुन्छ ।