आजदेखि चलचित्र 'प्रेमगीत ३' १ रुपैयामै हेर्न सकिने , यसरि हेर्नुहोस
- नेटिजन संवाददाता
- आइतबार, १४ पौष, २०८१- १२:४०:००/ Sunday 12-29-24
काठमाडौं। नेपाल टेलिकमले आफ्ना आईपीटिभी सेवा प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। आज, केवल १ रुपैयाँमा, एनटीटिभी (NTTV) मार्फत नेपाली ब्लकबस्टर फिल्म ‘प्रेमगीत ३’ हेर्न सकिनेछ।
ग्राहकले एनटीटिभीको मुभी सेक्सन मा गई १ रुपैयाँ तिरेर यो चलचित्र हेर्न सक्नेछन्। एक पटक चलचित्र खरिद गरेपछि, ग्राहकलाई २४ घण्टासम्म हेर्नको लागि समय उपलब्ध हुनेछ। शुल्क ग्राहकको नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट नै कटौती हुनेछ।
यसअघि, आईपीटिभी सेवा अन्तर्गत सब्सक्रिप्सन मोडेलको प्रवर्द्धनका लागि टेलिकमले केही चलचित्र प्रदर्शन गरिसकेको छ। ‘प्रेमगीत ३’ हेर्नका लागि तलका प्रक्रिया अपनाउनुपर्नेछ:
- एनटीटिभीको मुभी सेक्सन मा जानुहोस्।
- ‘वान डे मुभी रुपिज वन’मा क्लिक गर्नुहोस्।
- बाई अप्सन मा क्लिक गरी आफ्नो नेपाल टेलिकम मोबाइल नम्बर राख्नुहोस्।
- १ रुपैयाँ बुझाउनुहोस् (मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ)।
- ओटीपी (वन टाइम पासवर्ड) प्राप्त गरी प्रमाणीकरण गर्नुहोस्।
नेपाल टेलिकमले एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट, र टिभी सेवा उपलब्ध गराउने लक्ष्यसहित एनटीटिभी सेवा सञ्चालन गरिरहेको छ।
एनटीटिभी एप डाउनलोड गर्न, एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्न सक्नुहुन्छ।
यो अफरले प्रयोगकर्तालाई सुलभ दरमा मनोरञ्जन उपलब्ध गराउने टेलिकमको प्रयासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।