• शुक्रबार, ४ माघ, २०८१
  • ०५:४९:४६

नेपालमा कहिले भित्रियो अङ्ग्रेजी ?

काठमाडौं । नेपालको सार्वभौमिकतामाथि धावा बोलिएको यस ऐतिहासिक घटनाको वर्णन इतिहासका पानामा बग्रेल्ती भेटिन्छन् । विदेशीसँग पौठोजोरी खेल्दै र स्वदेशी शक्तिलाई ड्याक्दै पृथ्वीनारायण शाहको नेपाल एकीकरण सपना पूरा भयो तर उनको शेषपछि उनका उत्तराधिकारीले देशको बागडोर समालिरहेका बेला विसं १८७१ मा नेपाल र अङ्ग्रेजबिच युद्ध भयो ।


त्यस युद्धमा नेपालको हार भई अङ्ग्रेजीसँर्ग सुगौली सन्धि’ (विसं १८७२) भयो । जसबाट पृथ्वीनारायण शाह र उनका छोरा–नातिले पौरखले आर्जेको ठूलो भूभाग गुमाउनु पर्यो ।   

समयले दिएको चोटबाट पाठ सिकेर भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीरण गरे । उनले आफ्नो सेनालाई युरोपेली शैलीको तालिम दिई आधुनिक पोशाक र अस्त्रशस्त्रबाट सुसज्जित गराएका थिए । उनकै पालामा जनरल (प्रधान सेनापति), इन्फेन्ट्री (पैदल सेना), फोर्ट (किल्ला), आर्टिलरी (तोपखांना), परेड, ड्रिल (सैनिक अभ्यास). क्यामलरी (घोडचडी फौज) जस्ता सैन्यबलसँग सम्बन्धित अङ्ग्रेजी शब्द प्रयोगमा आएको पाइन्छ ।

 

इस्ट इन्डिया कम्पनीसँग जोडिएका यी तमाम भूराजनीतिक उल्झनले नेपाल र अङ्ग्रेजबीच वार्तालापको बाध्यात्मक वातावरण बन्यो । यही समयदेखि नै नेपालमा अङ्ग्रेजी भाषाले प्रवेश पाएको अनुमान गर्न सकिन्छ ।

हुन त नेपालीजनको अङ्ग्रेजसँग यस किसिमले बोली मिसिनुभन्दा अघि नै इस्वी संवत्को सत्रौँ र अठारौं शताब्दीतिर कमशः पोर्चुगाली तथा इटालेली पादरीहरू धर्म प्रचार गर्ने अभिप्रायले नेपाल प्रवेश गरेको ऐतिहासिक अभिलेख भेटिन्छन् । यद्यपि ती पादरी अङ्ग्रेजी मातृभाषी नभएकाले उनीहरूमा अङ्ग्रेजीसम्बन्धी भाषिक ज्ञान भए–नभएको तथा तिनले नेपालीजनसँग अङ्ग्रेजीमा संवाद गरे–नगरेका सम्बन्धमा किटान गर्न गाह्रो छ ।

अङ्ग्रेजीकरणको समयरेखा

पृथ्वीनारायण शाहको पालादेखि नै नेपालमा अङ्ग्रेजीकरणको प्रक्रिया धेरथोर सुरु भए पनि मुख्तियार भीमसेन थापाको पालामा यसले गति लिन थालेको देखिन्छ । उनकै पालामा नेपाल अङ्ग्रेज युद्ध भएको थियो । त्यस युद्धमा नेपालले पीडादायक हार खानु परेको तथ्य अघि आइसकेको छ । यही पीडादायी घटनाबाट उनले देशको सुरक्षाका लागि सैन्यशक्तिलाई सबल बनाउनुपर्ने रहेछ भन्ने पाठ सिकेको पाइन्छ ।

समयले दिएको चोटबाट पाठ सिकेर भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीरण गरे । उनले आफ्नो सेनालाई युरोपेली शैलीको तालिम दिई आधुनिक पोशाक र अस्त्रशस्त्रबाट सुसज्जित गराएका थिए । उनकै पालामा जनरल (प्रधान सेनापति), इन्फेन्ट्री (पैदल सेना), फोर्ट (किल्ला), आर्टिलरी (तोपखांना), परेड, ड्रिल (सैनिक अभ्यास). क्यामलरी (घोडचडी फौज) जस्ता सैन्यबलसँग सम्बन्धित अङ्ग्रेजी शब्द प्रयोगमा आएको पाइन्छ ।

विसं १९०३ मा जङ्गबहादुर राणाले जहानियाँ व्यवस्थाको सूत्रपात गरेपछि अङ्ग्रेजबीच न्यायो सम्बन्ध कायम भएको देखिन्छ । राणाहरूले अङ्ग्रेजसँग राम्रै उठबस गरे । अङ्ग्रेजसँगको उठबस तथा अङ्ग्रेजी शिक्षाको प्रभावले कतिपय कुलीन राणा अङ्ग्रेज जीवनशैली अपनाउँथे । उनीहरूका खानपिन, पोशाक तथा खेलकुद अङ्ग्रेजी शैलीका हुन्थे र अङ्ग्रेजीमै कुरा गर्थे भन्ने थुप्रै संस्मरण पढ्न र सुन्न पाइन्छ ।

अङ्ग्रेजसँगको सङ्गतले राणाकालमा अङ्ग्रेजी शब्द व्यापक रूपमा भित्रिएको देखिन्छ । प्राइम मिनिस्टर, मिनिस्टर, कम्पाउन्डर इन चिफ. फिल्ड मार्सल, गजेट, सिपोइ (सिपाही), बटालियन, कम्पनी, मोटरकार, रिपोर्ट, नोटिस, डाक्टर, स्कुल, कलेज जस्ता अङ्ग्रेजी शब्द राणाकालमै प्रचलनमा आएका थिए ।   

 नेपालमा अङ्ग्रेजी भाषालाई औपचारिक रूपमा श्रीगणेश गर्ने श्रेय प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई नै जान्छ । उनले युरोप भ्रमणका क्रममा विद्यालय शिक्षा र अङ्ग्रेजी भाषाको महत्त्व पहिलो पटक बुझेको चर्चा पढ्न पाइन्छ । युरोप भ्रमणबाट फर्केपछि उनले थापाथलीस्थित निजी दरबारमा आफ्ना लालाबालालाई अङ्ग्रेजी भाषा सिकाउने व्यवस्था मिलाएका थिए ।

 

राणाकालमा नेपाली सेनाका धेरैजसो पद अङ्ग्रेजीकरण हुन पुगेको देखिन्छ। जस्तै जनरल (महारथी, प्रधान सेनापति). लेफ्टिनेन्ट जनरल (रथी), ब्रिगेडियर (सहायक रथी), कर्णेल (महासेनानी), लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी), मेजर (सेनानी), क्याप्टेन (सहसेनानी), लेफ्टिनेन्ट (उपसेनानी), सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी), अफिसर क्याडेट अधिकृत (क्याडेट) ।

जङ्गबहादुर राणा आफ्नो युरोप भ्रमणका क्रममा त्यहाँको कानुनी व्यवस्था तथा न्याय प्रणालीबारे निकै प्रभावित भएको वर्णन पढ्न पाइन्छ । युरोपको न्याय प्रणालीबाट प्रभावित भएर उनले न्यायिक सुनुवाइका लागि एउटा अड्डा नै खडा गरेका थिए, कौसल । यो शब्द अङ्ग्रेजी शब्द ’काउन्सिल’ बाट आएको भनेर नेपाली बृहत् शब्दकोश (१० औं संस्करण) मा उल्लेख गरिएको छ ।

नेपाली बृहत् शब्दकोशले अङ्ग्रेजीबाट अपभ्रंश भई आएको शब्द ’कौसल’ लाई न्यायिक निकायको रूपमा चित्रण गरेको छ । शब्दकोशका अनुसार राणाकालका कुनै जल्दोबल्दो विषयमा विशेष विचार पुर्याई निर्णयमा पुग्न खडा गरिएको सभा वा शासकलाई राजकाजबारे सल्लाह दिने अड्डा, कानुनविद्को सभा वा कानुन तथा न्यायसम्बन्धी काम गर्ने अड्डा नै ’कौसल’ हो ।

राणाकालमा प्रसारण क्षेत्रमा पनि अङ्ग्रेजी शब्द प्रयोग भएको देखिन्छ । २००३ साल माघ १४ गतेदेखि पद्मशमशेरले बिजुली अड्डाबाट रेडियो प्रसारण सुरु गरेको इतिहास छ । इन्जिनियर काशीराज पाण्डेको नेतृत्वमा सुरु भएको प्रसारणलाई ’नेपाल बोडकास्टिङ’ भनी नामकरण गरिएको थियो भनी रेडियो नेपालको सामाजिक इतिहासमा चर्चा गरिएको छ ।

नेपालमा अङ्ग्रेजी पढाइ

नेपालमा अङ्ग्रेजी भाषालाई औपचारिक रूपमा श्रीगणेश गर्ने श्रेय प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणालाई नै जान्छ । उनले युरोप भ्रमणका क्रममा विद्यालय शिक्षा र अङ्ग्रेजी भाषाको महत्त्व पहिलो पटक बुझेको चर्चा पढ्न पाइन्छ । युरोप भ्रमणबाट फर्केपछि उनले थापाथलीस्थित निजी दरबारमा आफ्ना लालाबालालाई अङ्ग्रेजी भाषा सिकाउने व्यवस्था मिलाएका थिए ।

जसका लागि बेलायतबाट एक जना अङ्ग्रेजी शिक्षक झिकाइएको थियो । शरद्चन्द्र शर्मा भट्टराईले आफ्नो शोधमूलक कृति खोजी अनि व्याख्यामा जङ्गबहादुरले आफ्ना लालाबालालाई अङ्ग्रेजी सिकाउन बङ्गाली शिक्षक कैलाशचन्द्र गङ्गोलीलाई नियुक्त गरेको चर्चा गरेका छन् ।   

यस सन्दर्भमा नेपाली समाजमा चलेका रमाइला उदाहरणहरू अघि सार्न सकिन्छ । अङ्ग्रेजी शब्द ’सार्टिफिकेट’ लाई नेपाली अङ्क साठीसँग नाता गाँसिदिएर साठीपिकेट भन्ने गरेको पर्याप्त सुनिन्छ । त्यसै गरी ’भलिबल’ लाई कुखुराको भालेसँग जोडेर भालेबल भन्ने गरेको पाइन्छ । ’पासपोर्ट’ लाई पास र फोटोको योग ठानेर पासपोटो भनी जनजिब्रोमा उच्चारित हुन पुग्छ ।

 

जङ्गबहादुर राणाले आफ्नै दरबारमा सञ्चालन गरेको निजी विद्यालयलाई स्थानान्तरण गरी १९१० साल असोज २७ गते रानीपोखरीको पश्चिमतिर राख्न लगाए । सोही विद्यालय दरबार हाइस्कुल नामबाट परिचित हुन पुग्यो । त्यहाँ अरू विषय सँगसँगै अङ्ग्रेजीको पनि पढाइ हुन्थ्यो ।

समयक्रममा अङ्ग्रेजी भाषालाई प्राथमिकता दिने सेन्ट जेभियर (सन् १९५१) तथा सेन्ट मेरिज (सन् १९५५) स्कुल स्थापना भए । २००७ सालमा जहानियाँ राणा शासनको पतन भयो । यससँगै देशका कुनाकन्दरामा चलेका चौतारी पाठशाला, पिँढी पाठशाला, दलान पाठशाला, ठाँटी पाठशाला, भाषा पाठशाला जस्ता अनौपचारिक शिक्षालयले क्रमिक रूपमा काँचुली फेर्दै गएर औपचारिक विद्यालयमा परिणत भए । त्यसपछि विद्यालयमा अङ्ग्रेजी विषयले प्रवेश पाउँदै गएको देखिन्छ ।

जनस्तरमा अङ्ग्रेजी

जनस्तरका बोलीमा पर्याप्त मात्रामा अङ्ग्रेजी शब्द घुसेका छन् । यसलाई पुष्टि गर्ने अनेकन दृष्टान्त छन् । जनबोलीले ’ट्याक्टिस’ लाई ट्याउटिस भनी रमाइलो किसिमले उच्चारण गर्छ । ’एयर रिङ’ लाई यार्लिङ, ’लेफ्टेनेन्ट’ लाई लप्टन, ’क्याप्टेन’ लाई कप्तान, ’टाइम’ लाई ट्याम, ’बिजनिस’ लाई बिगनेस,, ’फोन’ फुन, ’प्यान्टस्’ लाई पाईंट, ’ट्याक्सी’ ट्याउसी, ’स्टेसन’ लाई टेसन, ’चान्स’ लाई चानस भनी जनजिब्रोले विछट्टै रहरलाग्दो किसिमले उच्चारण गर्छ ।

पठितजनबाट सर्वसाधारण नागरिकसम्म आइपुग्दा कुनै पनि भाषाले आफ्नो मौलिक रूप बदल्छ । जसलाई भाषाशास्त्रले पनि स्वाभाविक ठान्छ । नेपालीजनको जिब्रोमा उच्चारित हुन पुगेको अङ्ग्रेजी भाषा पनि यसको अपवाद बन्न सक्तैन ।

सामान्यतयः अपठित नागरिकले अपरिचित आगन्तुक शब्दलाई जस्ताको तस्तै ग्रहण गर्न सक्दैन । उसले आफ्नो कानमा गुञ्जिएको अपरिचित शब्दलाई आफू परिचित रहेको सामाजिक तथा सांस्कृतिक परिवेशसँग जोडेर हेर्ने, बुझ्ने, ग्रहण गर्ने र उच्चारण गर्ने गर्छ । यस प्रक्रियालाई पुनर्सर्भिकरण (recontextualization) वा घरेलुकरण (domestication) भन्ने गरिन्छ ।

यस सन्दर्भमा नेपाली समाजमा चलेका रमाइला उदाहरणहरू अघि सार्न सकिन्छ । अङ्ग्रेजी शब्द ’सार्टिफिकेट’ लाई नेपाली अङ्क साठीसँग नाता गाँसिदिएर साठीपिकेट भन्ने गरेको पर्याप्त सुनिन्छ । त्यसै गरी ’भलिबल’ लाई कुखुराको भालेसँग जोडेर भालेबल भन्ने गरेको पाइन्छ । ’पासपोर्ट’ लाई पास र फोटोको योग ठानेर पासपोटो भनी जनजिब्रोमा उच्चारित हुन पुग्छ ।

यस्ता रमाइला दृष्टान्त अरू पनि पेश गर्न सकिन्छ । ’बेलबदम’ लाई बेली र बटनको गठजोड ठानेर वेलीबटन भन्ने गरेको सुनिन्छ । ’मिनरल वाटर’ लाई मिनी शब्दसँग जोडेर ’मिनी वाटर’ भन्ने गरेको पाइन्छ । ’सिनेमा’ लाई सानिमा (सानी आमा) सँग मितेरी साइनो गाँसेर स्यानिमा भन्ने चलन छ । अङ्ग्रेजी शब्द ’मल’ लाई ठूला ’महल’ सँग नाता जोडेर महल भन्न थालिएको छ । जस्तै: काठमाण्डु महल’ ।

समयले कोल्टो फेरिसक्यो । हिजोका अपठितजनको जिब्रोमा झुन्डिने अङ्ग्रेजी शब्दको एक प्रकारको विशेषता थियो । अब पठितजनको वाक्लो उपस्थिति रहेको घडीमा जनस्तरको अङ्ग्रेजीले काँचुली फेरिसकेको देखिन्छ । ब्रो (ब्रदर), सिस् (सिस्टर), जिएफ (गर्लफ्रेन्ड), विएफ (ब्वायफ्रेन्ड), भेज (भेज्टेबल), सि यु जस्ता नयाँ जमानाका शब्द सार्वजनिक वृत्तमा बग्रेल्ती सुनिन्छन् । यस्ता शब्द सुन्दा हिजोका अशिक्षित अभिव्यक्ति (illiterate expression ) ठहरिने शब्दले चोला फेरेर स्फूर्तिदार बनिरहेको प्रतीत हुन्छ ।

गोर्खा भर्ती केन्द्रको अङ्ग्रेजी साइनो

गोर्खा भर्ती केन्द्रले लाहुरे समुदायमा अङ्ग्रेजी काइदा र जीवनशैली भित्र्याउन सघायो । यससँगै अङ्ग्रेजी शब्द पनि भित्रिन थाले । यद्यपि ती शब्द अङ्ग्रेजको मौलिक लवजमा नभई अपभ्रंश भई भित्रिन थाले । अङ्ग्रेजीको आधारभूत ज्ञानसमेत नभएका गोर्खाली जिब्रोले अङ्ग्रेजी लवजलाई सजिलैसँग टिप्न सम्भव थिएन ।   

भारतीय गोर्खाको जिब्राले ’पमनिेन्ट’ लाई पारमेन्टी, ’गभर्मेन्ट’ लाई गोर्मेन्ट, ’प्राइभेट’ लाई पराइभेटी उच्चारण गर्छन् । यद्यपि यस किसिमको लवज भारतीय गोर्खामा मात्र सीमित नभई एक हदसम्म ब्रिटिस गोर्खा तथा भारतका विभिन्न भूगोलमा गैरसैनिक पेशामा संलग्न कर्मजीवीका जिन्नामा पनि उत्तिकै जमेको देखिन्छ। यी उच्चारणमा आञ्चलिक भेदको बेग्लै भूमिका छ ।

 

परिणामस्वरूप गोर्खालीले सात समुद्रपारिको अङ्ग्रेजी शब्दलाई आफ्नै लवज र शैलीमा उच्चारण थाले । परिणामस्वरूप गोर्खाली जिब्रोले रिकूट’ लाई रङरुट, ’प्लादुन’ लाई पल्टन, ’सिक म्यान’ लाई सिकमनी. ’हस्पिटल’ लाई हस्पताल, ’पेन्सन’ लाई पेन्छिन्, ’दु आई सी’ लाई ट्वाइसी, ’सेन्ट्री’ लाई सन्तरी. ’मेस टिन’ लाई मिसटिन स्याटिन’ (पछ्योरीका रूपमा प्रयोग हुने एक प्रकारको वस्व) लाई टाटन, ’अफिसर’ लाई अफ्सर मनी उच्चारण गर्न थाल्यो ।

यति हुँदाहुँदै पनि केही शब्दलाई गोर्खाली जिब्रोले तुलनात्मक रूपमा सग्लो शब्द किसिमले उच्चारण गरेको देखिन्छ । जस्तै राइफल, राइफलम्यान, फ्याम्ली लाइन, ड्युटी, सिक लिभ (बिरामी बिदा). सिटरोल, हल्ट आदि । यद्यपि यी शब्दको शतप्रतिशत सही उच्चारण भएको छ भन्न चाहिँ सकिँदैन । जसका पछाडि रहेको प्राविधिक कारणबारे माथि नै धेरथोर चर्चा भइसकेको छ ।

यसै गरी भारतीय गोर्खाको अङ्ग्रेजी साइनोका सन्दर्भमा भारतीय सेनामा सेवा गरेको नेपालीजनको पनि बेग्लै विशेषता छ । भारतका कतिपय गोर्खा पल्टन रहेका ठाउँमा ’पल्टन बजार’ नामले परिचित स्थाननाम रहेका छन् । जसले गोर्खा भर्ती केन्द्रको विरासत बोलिरहेका छन् ।

भारतीय गोर्खाको जिब्राले ’पमनिेन्ट’ लाई पारमेन्टी, ’गभर्मेन्ट’ लाई गोर्मेन्ट, ’प्राइभेट’ लाई पराइभेटी उच्चारण गर्छन् । यद्यपि यस किसिमको लवज भारतीय गोर्खामा मात्र सीमित नभई एक हदसम्म ब्रिटिस गोर्खा तथा भारतका विभिन्न भूगोलमा गैरसैनिक पेशामा संलग्न कर्मजीवीका जिन्नामा पनि उत्तिकै जमेको देखिन्छ। यी उच्चारणमा आञ्चलिक भेदको बेग्लै भूमिका छ ।

लाहुरे समुदाय र तिनले भित्र्याएका अङ्ग्रेजीको अरू आयाम पनि छन् । लाहुरेहरूको नाता नेपालका विद्यालयमा पनि जोडिएको पाइन्छ । विगतमा लाहुरे बस्तीमा विद्यालय सञ्चालक समितिका पदाधिकारी भारतीय वा ब्रिटिस सेनाका भूतपूर्व सैनिक हुन्थे । कतिपय अवस्थामा उनीहरूले शिक्षकको जिम्मेवारी पनि समाल्थे । उनीहरूले विद्यालयमा अनौठो किसिमका अङ्ग्रेजी शब्द प्रयोगमा ल्याउँथे । जस्तैः ’फालिन’, ’बिर्काप’ र ’ठन्डिज्’ ।  

ती शब्दको सही अर्थ र उच्चारण विद्यालय शिक्षा पूरा गरेर क्याम्पस पढ्न थालेपछि मात्र थाहा भयो । ’फालिन’, ’विर्काप’ र ’ठव्डिज को अर्थ क्रमशः फल इन लाइन (लाइनमा पङ्क्तिबद्ध भएर उमिऊ) र ’ब्रेक अप’ (मध्याह्नमा हुने हाफ छुट्टी, जसलाई खेक मात्रै भने पुग्ने रहेछ) र स्ट्यान्ड एट इज’ (सजिलो गरी उभिऊ) रहेछन् ।   

नेपालमा प्रत्यक्षतः प्रवेश नपाएका तर भारतमा रजगज गरिरहेका अङ्ग्रेज धर्म प्रचारकले दार्जीलिङ पहाडमा राम्रैसँग डेरा जमाएका थिए। त्यहाँ नेपालीभाषी गोर्खालीलाई नेपालीमा बाइबल पढाएर धर्म प्रचार गर्ने उनीहरूको अभिप्राय थियो । यही अभिप्रायलाई मूर्त रूप दिनका लागि विलियम क्यारीले सन् १८२१ नेपाली भाषामा बाइबल प्रकाशनमा ल्याए ।

 

गोर्खा भर्ती केन्दले नेपालीजनमाथि अङ्ग्रेजीको प्रभाव जमाएको तथ्य सर्वविदितै छ । यसको अर्को अदृश्य पाटो पनि छ । गोर्खा भर्ती केन्द्रले गोर्खालीहरूलाई एउटा अर्को अवसर पनि दियो । त्यो हो. नेपाली भाषा विस्तार गर्ने अवसर । नेपाली तथा भारतीय समुदायसँगको सङ्गतले हुनुपर्छ अङ्ग्रेजले खुकुरी, हुक्का, लुट. नमस्ते,यती, पण्डित जस्ता शब्दलाई आफ्नो शब्दभण्डारमा प्रविष्टि दिएको ।

अङ्ग्रेजले गोर्खालीसँगको सङ्गतले धेरथोर नेपाली भाषा सिके । कतिपय अङ्ग्रेज त नेपाली भाषामा माहिर बने । थोरै सङ्ख्या नै सही गोर्खालीकै प्रतापले अङ्ग्रेजहरू मजैसँग नेपाली कुरा गर्न सक्ने भए । जसका थुप्रै दृष्टान्त छन् । यसको एउटा दृष्टान्न ब्रिटिस सेनाका कर्णेल जेपी क्रसलाई लिन सकिन्छ । उनको उमेर एक शताब्दीभन्दा बढी भइसकेको छ ।

नेपाली नागरिक बनिसकेका जेपी क्रस पोखरामा बस्छन् । उनले नेपालीभाषीलाई नै छक्क पार्ने गरी मीठो नेपाली बोल्छन् । अङ्ग्रेजलाई नेपाली सिकाउनुमा गोर्खा भर्ती केन्द्रको योगदान छैन भनेर कहाँ भन्न सकिन्छ र ।

अङ्ग्रेजको गुन

अङ्ग्रेजले नेपालमाथि साम्राज्यवादी प्रभाव जमाएरै छाड्यो । शौभाग्य भनौँ वा दुर्भाग्य । नेपालीमाथि अङ्ग्रेजी भाषाको प्रभाव पनि जमाएरै छाड्यो । जसको नतिजा जनजीवनमा प्रस्टै देखिन्छ तर पनि अङ्ग्रेजले जे जसरी भए पनि ऐन–मौकामा नेपाली भाषाको श्रीवृद्धिमा योगदान पनि पुर्याएका छन् ।

नेपालमा प्रत्यक्षतः प्रवेश नपाएका तर भारतमा रजगज गरिरहेका अङ्ग्रेज धर्म प्रचारकले दार्जीलिङ पहाडमा राम्रैसँग डेरा जमाएका थिए। त्यहाँ नेपालीभाषी गोर्खालीलाई नेपालीमा बाइबल पढाएर धर्म प्रचार गर्ने उनीहरूको अभिप्राय थियो । यही अभिप्रायलाई मूर्त रूप दिनका लागि विलियम क्यारीले सन् १८२१ नेपाली भाषामा बाइबल प्रकाशनमा ल्याए ।

त्यस बाइबलमा न्यू टेस्टमेन्ट’ मात्र समाविष्ट थियो । जो भाषिक दृष्टिले पनि उतिविधि सुललित र बोधगम्य थिएन । पुरानो बाइबलमा विद्यमान भाषिक अशुद्धिलाई सुधार गरी अघिल्लो पटक छुटेको ’ओल्ड टेस्टमेन्ट समेत समावेश गरी सन् १९१४ मा अर्को संस्करण छापियो । त्यसलाई ब्रिटिस एन्ड फरेन बाइबल सोसाइटीले प्रकाशनमा ल्याएको थियो ।

नेपाली भाषाको व्याकरणमा पनि अङ्ग्रेजहरूको योगदान स्मरणीय छ । नेपालमा नेपाली भाषाको प्राज्ञिक चिन्तन–मनन हुन नसकिरहेको बेलामा सन् १८२० मा प्रकाशित अ ग्रामर अफ दी नेपलिज ल्याङ्गुएज प्रकाशनमा आयो । जो नेपाली भाषाको पहिलो प्रकाशित व्याकरण मानिन्छ ।

यसका लेखक जेम्स एलेक्जेन्डर एटन हुन् जो अङ्ग्रेज थिए । उनीपछिका अर्का धर्मप्रचारक सर राल्फ लिली टर्नरले सन् १९३१ मा अ कम्प्यारेटिभ एन्ड इटोमोजिकल डिक्सनरी अब् दी नेपाली ल्याङ्गुएज लेखे । यस्ता पुस्तकले नेपाली समाज भाषामाथिको प्राज्ञिक बहसको झिल्को पारिदिए ।

रमाइलो प्रयोग

अचेल अङ्ग्रेजी शब्दसँग खेलेर भाषिक दुनियाँमा रमाइलो प्रयोग पनि हुन थालेको देखिन्छ । कतै नेपाली शब्दावलीमा अङ्ग्रेजी शब्द घुसाएर त कतै नेपाली र अङ्ग्रेजी शब्दबीच सन्धि (समास) कायम गरेर रोचक तरिकाले विचार पोरूने चलन आएको छ । यस्ता ’स्ल्याङ’ अभिव्यक्ति (अनौपचारिक बोली) ले नेपाली भाषामा एउटा बेग्लै आयाम थपेको देखिन्छ ।     

कसैले कुनै कुरा दोहोर्याएर गरेमा ’पलानोले डब्ल्यायो’ भनेको सुनिन्छ । अचेल अङ्ग्रेजी शब्द ’लास्ट’ लाई नेपालीकरण गरेर ’लास्टै’ बनाइएको पाइन्छ । जसलाई एकदमै, ज्यादै वा बिछट्टै भन्ने अर्थमा प्रयोग गरिन्छ । कसै कसैले नीतिगत शब्दको सट्टामा अङ्ग्रेजी शब्द ’पोलिसी’ मा ’गत’ जोडेर ’पोलिसीगत’ प्रयोग गर्न थालेका छन् ।

 

नेपाली र अङ्ग्रेजी मिसिएका स्ल्याङ’ अभिव्यक्ति ’नेपाङ्ङ्ग्रेजी’ नामबाट प्रचलित छन् । यसका थुप्रै उदाहरण फेला पर्छन् । कसैले ’टिकट बुक हुन थाल्यो’ भन्नका लगि टिकट बुकिन’ थाल्यो भन्ने गरेको पाइन्छ । कसैले ट्विटरमा लेखेका थिए, उनले मलाई ब्लकिछिन्’ (ब्लक गरिछिन) । कसैले कुनै काम वा प्रतियोगितामा सबैलाई जिते छ भन्नलाई ’पलानोले टप गरे छ’ भन्ने चलन छ । अचेल यसलाई अझ छोटो पारेर ’पलानोले टपे छ’ भन्ने चलन स्थापित भइसकेको छ । नेपाली शब्द ’क्षमता’ लाई अङ्ग्रेजी शब्द ’एबिलिटी’ सँग समास गरेर ’खुबिलिटी’ भनेको पनि पाइन्छ ।

यसै गरी कुनै खानेकुरा स्वादिलो थियो भन्नका लागि ’टेसिलो थियो भन्ने चलन बसिसकेको छ । जसमा अङ्ग्रेजी शब्द ’टेस्टी’ र नेपाली शब्द ’स्वादिलो’ सन्धि भएको छ । शब्दका चलाख खेलाडीले नेपाली र अङ्ग्रेजी शब्दलाई नेप्टयाउने र चेप्टयाउने गर्न थालेका छन् । उदाहरणका लागि कसैले मैले गुगलमा सर्च गरें भन्नका लागि ’म गुगलिएँ भन्ने गर्छन् । यसै गरी कुनै सामग्री सोसल मिडिया वा वेबसाइटमा पोस्ट गर्नुलाई ’पोस्टघाउनु’ भनिएको सुनिन्छ ।

कसैले कुनै कुरा दोहोर्याएर गरेमा ’पलानोले डब्ल्यायो’ भनेको सुनिन्छ । अचेल अङ्ग्रेजी शब्द ’लास्ट’ लाई नेपालीकरण गरेर ’लास्टै’ बनाइएको पाइन्छ । जसलाई एकदमै, ज्यादै वा बिछट्टै भन्ने अर्थमा प्रयोग गरिन्छ । कसै कसैले नीतिगत शब्दको सट्टामा अङ्ग्रेजी शब्द ’पोलिसी’ मा ’गत’ जोडेर ’पोलिसीगत’ प्रयोग गर्न थालेका छन् ।

दुनियाँलाई पूँजीवादले बाघले बाखोलाई गाँजेझै गाँजिरहेको छ । पुँजीवादी युगमा ’जसरी भए पनि’ धन आर्जन गर्नु पर्छ भन्ने मान्यता प्रबल हुनु एक हिसाबले अस्वाभाविक पनि होइन । ’जसरी भए पनि’ शब्दावलीको पेटबोलीमा साम–दाम–दण्ड–भेद सबै पर्छन् होला । यही मनोवृत्तिलाई जनाउन अचेल अङ्ग्रेजी शब्द मिश्रित उखान नै तयार भएको छ, एनी हाउ धन कमाउ ।

एकाध पुराना साहित्यकारले पनि ’नेपाङ्ग्रेजी’ शब्दलाई नजानिँदो किसिमले प्रयोगमा ल्याएको पाइन्छ । साहित्यकार कुमारबहादुर जोशीले आफ्नो शोधमूलक कृति महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनका महाकाव्य (२०४५) मा रमाइलो गरी नेपाङ्ग्रेजी शब्द प्रयोग गरेका छन् । जोशीले कोस्टित हुन्छ वा कोस्टभित्र राखिन्छ भन्ने आशयलाई अभिव्यक्त गर्न ’ब्राकेटिन्छ’ भनेका छन् । साहित्यकार शङ्कर कोइरालाले आफ्नी कृति उच्चाकाङ्क्षामा शक्तिशाली मन्ने आशयलाई बुझाउन ’पावरदार शब्द प्रयोग गरेका छन् ।

पश्चिमीकरणको फन्दा

आधुनिक विज्ञान तथा प्रविधिको विकासमा पश्चिमी गोलाद्र्धले चर्को प्रगति गरेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ । एकातिर हामीले आफ्नो रैथानेपन गुमाउँदै गएका छौं भने अर्कोतिर पश्चिमा जान–विज्ञानमा निर्भर रहँदै गइरहेका छौ। 

हाम्रो छिमेकी मुलुक भारतमा यही अवस्था छ । त्यहाँ रेललाई ’लौहपथगामिनी’ भनिया । त्यो चलेन । टेलिफोनलाई ’दूरभाष’ भनियो । त्यो शब्द पनि चलेन । टेलिभिजनलाई ’दूरदर्शन’ भनियो । त्यसले टेलिभिजनलाई नजनाइकन भारतको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था ’दूरदर्शन’ लाई मात्र जनाउन थाल्यो ।

 

पश्चिममाथिको निर्भरताबाट हामी उम्कन सक्ने अवस्थामा छैनौं । हामीले ती सबै आयामलाई नहिच्किचाइकनै आत्मसात् गरिरहेका छौं । यसबाट जनबोलीमा अङ्ग्रेजी शब्द टन्नै भित्रिसकेका छन् । यो क्रम निरन्तर जारी छ । त्यसमा पनि वैश्वीकरण (Globalization ) को लहर आँधीहुरीसरह आइरहेको छ ।   

पश्चिमी आविष्कार तथा प्रविधिसँग सम्बन्धित शब्दको विकल्प फेला पार्न पनि एक प्रकारले असम्भव छ । कम्प्युटर, टाइपराइटर, रेडियो, टेलिभिजन, मोबाइल, रेल, मोटर, कार, केबलकार जस्ता सयौं शब्द जनजिब्रोमा भिजिसकेका छन् । जसलाई नेपालीकरण गर्ने कार्य एक प्रकारले असम्भव भइसकेको छ ।

यस्ता शब्दलाई कुनै हिसाबले नेपालीकरण गरे पनि त्यो धेरै टिकाउ पनि हुँदैन । इतिहासले यही भन्छ । एकताका कम्प्युटरलाई ’सुसाङख्य’ भन्ने गरियो तर त्यो शब्द धेरैबेर टिकेन । यस्ता धेरै आगन्तुक शब्द बहुधा अपरिवर्तनीय भइसकेका छन् ।

हाम्रो छिमेकी मुलुक भारतमा यही अवस्था छ । त्यहाँ रेललाई ’लौहपथगामिनी’ भनिया । त्यो चलेन । टेलिफोनलाई ’दूरभाष’ भनियो । त्यो शब्द पनि चलेन । टेलिभिजनलाई ’दूरदर्शन’ भनियो । त्यसले टेलिभिजनलाई नजनाइकन भारतको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था ’दूरदर्शन’ लाई मात्र जनाउन थाल्यो ।

यति हुँदाहुँदै पनि हिन्दीले केही अङ्ग्रेजी शब्दलाई थोरै परिमार्जन गरेर आफ्नै नयाँ स्वरूपमा प्रस्तुत गरिएको दृष्टान्त पनि छ । ती जनजिब्रोमा स्वादिलो किसिमले झुन्डिएका छन् । उदाहरणस्वरूप ’टेक्नोलोजी’ लाई हिन्दीमा तक्निकी भनी उच्चारण गरिएको पाइन्छ । जुन जनस्तरमा पनि ग्राह्य बनेको देखिन्छ । खोजीपस्दा अरू पनि यस्तै प्रकृक्तिका शब्दहरू भेटिन्छन् ।

बिसौनी

नेपाली समाज शनैः शनैः अङ्ग्रेजीमय बनिरहेको छ । यसबाट नेपाली भाषा मात्र होइन नेपालभित्र बोलिने कतिपय जनजातीय भाषा हराइसके भने कति हराउने क्रममा छन् । समयको हावा नै यस्तै छ । हामीले जति नै चिन्ता गरे पनि नेपालका तमाम भाषा अङ्ग्रेजीबाट सङ्क्रमित हुने क्रम तीव्र छ । यस क्षेत्रका अरू देशको हालत पनि नेपालको भन्दा मिन्न छैन । अब आगन्तुक भाषालाई रोक्न सक्ने कुनै उपाय देखिंदैन । जुन सांस्कृतिक सहिष्णुताका दृष्टिले तर्कसङ्गत पनि छैन ।

इतिहासले नै बताउँछ, हामीले विगतदेखि नै अङ्ग्रेजी, फारसी, उर्दू, अरबीलगायतका शब्दलाई उदारतापूर्वक भित्र्याइरहेका छौ। अब एउटा मात्र उपाय बाँकी छ । त्यो हो, आगन्तुक भाषालाई व्यवस्थापन गर्ने । हाम्रो भाषामा ह्वारवार्ती भित्रिएका असङ्ख्य अङ्ग्रेजी शब्दलाई व्याकरणको नियमबद्ध ढोकाबाट प्रवेश गराई नियमन गर्न सकिन्छ ।

यसले नेपाली भाषामा देखिएको बेथितिलाई नियमन गरेर लयबद्ध बनाउने अवसर पनि दिने छ । यस प्रक्रियामा भाषाशास्त्री र भाषिक चिन्तकहरूको रचनात्मक भूमिका अपेक्षित रहन्छ । यमबहादुर दुरा - युवामञ्च ।