श्रीपञ्चमीमा अक्षर किन चिनाइन्छ ?
- नेटिजन संवाददाता
- मंगलबार, ८ माघ, २०८१- १५:५९:००/ Tuesday 01-21-25
काठमाडौं । श्री पञ्चमीमा यो विद्यालयले सरस्वतीपूजा र अक्षरारम्भ गंराउँदै छ । त्यसैले अक्षरारम्भका लागि आफ्ना नानीबाबुलाई विद्यालयमा ल्याउनु होला' भनी विज्ञापन गरिएको देख्ने गर्नुभएको होला । साना नानीबाबुलाई यही दिन अक्षरारम्भ किन गराइन्छ, थाहा छ ?
आफ्ना नानीबाबुलाई अभिभावक (बुबाआमा वा हजुरबुवा-हजुरआमा वा दाजुदिदी) ले लेख्न सिकाउनुहुन्छ। यसलाई विद्यारम्भ पनि भनिन्छ। त्यसो भए श्रीपञ्चमीकै दिन किन यो काम गरिन्छ त ?
सबैभन्दा पहिले अक्षरारम्भको अर्थ बुझौं । अक्षरारम्भ 'अक्षर' र 'आरम्भ' शब्द मिलेर बनेको छ । अक्षर आरम्भ अर्थात् पहिलो पटक अक्षर लेख्न सिकाउने काम । आफ्ना नानीबाबुलाई अभिभावक (बुबाआमा वा हजुरबुवा-हजुरआमा वा दाजुदिदी) ले लेख्न सिकाउनुहुन्छ। यसलाई विद्यारम्भ पनि भनिन्छ। त्यसो भए श्रीपञ्चमीकै दिन किन यो काम गरिन्छ त ?
आफ्नो धर्म-संस्कृतिको हरतरहबाट रक्षा गर्ने, कुलतमा नलाग्ने, जस्तोसुकै सङ्कटमा पनि विचलित नभई समाज र मातृभूमिका लागि निरन्तर लाग्ने प्रेरणा पनि सरस्वतीबाट पाइने विश्वास छ ।
सनातन धर्ममा लक्ष्मीलाई धनकी र कालीलाई बलकी देवी मानिए जस्तै सरस्वतीलाई विद्या र बुद्धिकी देवी (अधिष्ठात्री) मानिएको छ । कुनै पनि व्यक्तिमा देवी सरस्वतीको कृपा नभए विद्या प्राप्त हुँदैन र पाएको विद्या पनि स्थिर रहँदैन भन्ने मान्यता छ । सधैं सत्य बोल्ने, आमाबाबु-गुरुको देवतासरह मान राख्ने, मान्यजनलाई सम्मान गर्ने, सानालाई स्नेह गर्ने प्रेरणा सरस्वतीको कृपाबाट प्राप्त हुन्छ भनिन्छ ।
आफ्नो धर्म-संस्कृतिको हरतरहबाट रक्षा गर्ने, कुलतमा नलाग्ने, जस्तोसुकै सङ्कटमा पनि विचलित नभई समाज र मातृभूमिका लागि निरन्तर लाग्ने प्रेरणा पनि सरस्वतीबाट पाइने विश्वास छ । त्यसैले विद्याको कामना गर्नेहरूले माता सरस्वतीको आराधना गर्छन् । धर्मग्रन्थ पुराणमा माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यो दिन सरस्वतीको प्रार्थना गर्ने मन्त्र यस्तो छ 'सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥' यसको सामान्य अर्थ वीणा र पुस्तक धारण गरेकी (हातमा लिएकी) सरस्वती देवीले मलाई विद्या प्रदान गर्नुहोस् भन्ने हुन्छ ।
देवीभागवत महापुराणको नवम् स्कन्धको चौथो अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ । त्यसैले अध्ययन-अध्यापन गर्ने व्यक्ति तथा सङ्गीत, चित्रकला तथा नाट्यकला आदिमा लागेकाले पनि यो दिन सरस्वतीको पूजा गर्छन् । यसै दिन बालबालिकालाई विद्यारम्भ गराउन पनि पुराणमा भनिएको छ ।
यो दिन बिहानै शुद्ध भई अभिभावकले नानीबाबुलाई साथमा लिएर दीप-कलश-गणेशको पूजा गर्छन् । सरस्वतीको पूजा गर्छन् । नानीबाबुलाई पनि गर्न लगाउँछन् । त्यसपछि नानीबाबुलाई सरस्वतीको स्तुति (प्रार्थना) गर्न लगाइन्छ । त्यो दिन सरस्वतीको प्रार्थना गर्ने मन्त्र यस्तो छ 'सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ॥' यसको सामान्य अर्थ वीणा र पुस्तक धारण गरेकी (हातमा लिएकी) सरस्वती देवीले मलाई विद्या प्रदान गर्नुहोस् भन्ने हुन्छ ।
विद्यालयले यो दिनलाई विद्यार्थी भर्नाको अवसरका रूपमा लिएका हुन्छन् । हरेक जसो विद्यालयमा सरस्वतीको पूजासहित अक्षरारम्भ गराउने कार्यक्रम राखिएको हुन्छ । पूजापछि प्रसाद बाँड्ने चलन हुन्छ । तराईतिर विद्यालयमा प्रसादका रूपमा हलुवा पकाइन्छ । विद्याकी देवी भएकाले नै विद्यालय हाताभित्र सरस्वतीको मन्दिर बनाइएको हो।
मुना मासिकबाट।