• शनिबार, १३ बैशाख, २०८२
  • ०४:५२:१८

 नेताप्रतिको विश्वास ब्यारोमिटर 

काठमाडौं । समयको अन्तरालमा मुलुकको  नेतृत्वमा  रहेका नेताहरूको समयमा मुल्यांकन गर्ने गरेको देखिन्छ । यी दुरगाामी सोच राखेर नेतृत्व दिने नेताहरूको पार्श्र्व चित्रको अर्थात वाह्य रुपरेखाको विश्वका केही चर्चित नेता र नेपालका केही बिशिस्ट स्थानका साथै जनताको नजरमा उच्च मुल्यांकन गरिएका नेताहरूको वाह्य रुपरेखा कोट्याउने यो पंक्तिकारले प्रयास गरेको छ ।

एशियाली देश मलेसियाका डाक्टर महाथिर महम्द मलेसियाको बप्पा ९ँबतजभच या ःबभिकष्थब० भनेर चिनिन्थे ।  बर्तमान मलेसियालाई विश्व रंगमञ्चमा चिनाउने र औद्योगिक देशको रुपमा स्थापित गर्ने महाथिर  पेसाले डाक्टर हुन । उनले मलेसियाको सन् १९८१ देखि सन २००३ सम्म प्रधानमन्त्री रहेर मलेसियालाई उच्च मध्यम आय  देशमा पुर्याउन सफल भएका थिए ।
 महाथिर पेशाले डाक्टरनै भएर पनि देशलाई सामाजिकआर्थिक र औद्योगिक विकासमा देशलाई उपल्लो तहमा पुर्‍याउने उच्च मुल्यांकन गरिएका मलेसियाका राजनेता हुन । अहिले प्रचलनमा रहेको सामाजिक संजालमा ४० लाख भन्दा बढि अनुयायीहरु रहेका छन । यस्ता ब्यक्तित्यको पार्श्व चित्रलाई विश्व समुदायले उच्चमुल्यांकन गरेको पाईन्छ ।

भारतका पुर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंह भारत सरकारको सरकारी सेवामा समेत रहेका थिए । डाक्टर सिंह भारतमा सन् २००४ देखि सन २०१४ सम्म देशका प्रधानमन्त्री भएर काम गर्दै गरेका शालिन ब्यक्ति थिए । डाक्टर सिंहले भारतको आर्थिकसामाजिक विकासकको बर्तमानको जग बसाल्न ठुलो योगदान गरेका थिए । डाक्टर सिंहका पनि झन्डै ५० लाख जति अनुयायी रहेका थिए । यिनी पनि दक्षिण एशियाली देशका  राज नेतामा गनिन्छन् ।

 दक्षिण अफ्रिकाको रंगभेद ब्यवस्था  बिरुद्ध लडेका २७ बर्षको कष्टकर जेल जीवन बिताएका विश्वकै एक महान आदर्श वादि नेता डाक्टर नेल्शन  मन्डेलाको पार्श्व चित्र पछ्याउने झन्डै ७३ लाख अनुयायी रहेका छन् । डाक्टर मन्डेलाले सन १९९४ देखि १९९९ सम्म जम्मा जम्मि पांच बर्ष राष्ट्रपति भएर  मुलुकलाई शान्ति प्रक्रियाबाट दक्षिण अफ्रिकालाई उच्च मध्यम आय मुलुक तिर ड‍ोर्याउन सफल भए ।  

लामो अबधिसम्म  सत्तामा रहे मात्र समाज र मुलुकलाई प्रगति पथमा डोर्‍याउन सकिन्छ भन्ने भ्रम नेपालका नेतागणमा रहेको देखिन्छ । फगत यो चाहना नेपाली नेताहरू मा आफू आफ्ना परिवार र आफ्ना आसेपासेलाई पोष्ने चाहना रैछ भन्ने नेपाली जनतालाई घाम जस्तै छर्लंग भएको छ । विक्रम संवत् २०१५ को संसदीय ब्यवस्थाको चुनावबाट निर्वाचित बिश्वेश्वर प्रसाद कोईरालाको जम्मा जम्मि १८ महिनाको कार्यकाल क्रान्तिकारी भुमिसुधार, औद्योगिक युगको पुनराबृति जस्लाई पंचायत शासकले पछ्याउँदै गएको बुझिन्छ । २०२१ साल तिर ठुला ठुला भुमिपतिका जग्गा हदबन्दी भन्दा बढि जग्गा कृषिमा आधारित उद्योग स्थापनाको चाहना राख्ने भुमिपतिहरुलाई उद्योग स्थापनाको जग बसाल्न दिईएको थियोे । 

लोकतान्त्रिक समाजवादका चिन्तक एवं प्रवर्द्धक बिश्वेसर प्रसाद कोईराला विक्रम संवत् २०१६ बैषाख देखि पौष २०१७ सम्म सत्तामा झन्डै ६० बर्ष अगाडिका नेताको पनि १० लाख भन्दा बढि   अनुयायीका माझ अझै पनि लोकप्रिय छन् । समाजलाई शुसान दिने लोकप्रिय राजनेता लाई तत्कालीन राजकीय सत्ताधारी शासकलाई बिझाईनै रह्यो । 

वर्तमानका कम्युनिस्ट नेताहरूमा वर्तमान प्रधानमन्त्री केपी ओली को पार्श्वचित्रको सुक्ष्म अध्यन गर्ने हो भने अरु बामपंथी नेताहरु भन्दा चतुर्‍याइँको पगरीनै गुथेका छन् । पटकपटक राज्यसत्तामा पुगेका प्रधानमन्त्री ओलीका झन्डै सात लाख सत्तरी हजार अनुयायी रहेका छन । 
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पाँच पटक देशको बागडोर संम्हालेका नेताको जम्मा जम्मी दुई लाख नब्बे हजार सामाजिक संजालमा अनुयायी रहेका छन । यिनको पार्श्वचित्र वर्तमानमा दयनीयनै देखिन्छ । 

नेपाली कांग्रेसकै नेता डाक्टर सशांक कोईरालाको हबिगत छ ।  समाजिक संजालमा एक लाख दस हजार अनुयायी हुदै गर्दा नेपाली कांग्रेसका अर्को युवा नेता गगन कुमार थापाका झन्डै पाँच लाख तीस हजार अनुयायी छन् ।  नेपाली कांग्रेसकै अर्का महासचिव विश्व प्रकाश शर्माका एक लाख नब्बे हजार अनुयायी छ। मधेका  मसिहामा गणना गरिएका नेताका सामाजिक संजाल मा जम्मा जम्मी २२ हजार अनुयायी रहेको देखिन्छ । 

नेपालका हरेक बर्ग र तब्काका र सबै जसो दलका नेताहरुको पार्श्व चित्र  भावि संतती, बुद्धिजीवी र उत्साहि युवा युवतीहरुलाई किमार्थ आकर्षण गर्न सकेको छ‌न। यसैको परिणाम हो नेपाली युवा युवतीहरुको लर्को विदेशीने क्रम चरम उत्तकर्षमा पुगेको । 

अहिले सामाजिक संजाल सार्वजनिक व्यक्ति तथा विषयवस्तुको विश्वास र लोकप्रियता मापन गर्ने सूचकको रुपमा स्थापित भएको छ । नेताहरुका देखिने अनुयायीका आधारमा विश्लेषण गर्दा उनिहरु खासै लोकप्रिय देखिदैनन् । यसको अर्थ हो उनिहरुप्रतिको विश्वास न्यून हुनु । विश्वमा चर्चा कमाएका नेताहरुप्रति त्यहाँका जनताले विश्वास गर्नुमा उनिहरुले गरेको कामले गर्दा नै हो । यो तथ्यलाई बुझेर हाम्रा नेताहरुले पनि आफूलाई सुधार गर्ने तर्फ लागेमा यसले उनिहरु आफैलाई पनि फाइदा हुनेछ भने जनताप्रतिको विश्वास पनि बढ्नेछ ।