शैक्षिक सुधारका स्थानीय दुत : ठूलीदिदी
-
रीता थपलिया
- मंगलबार, १५ माघ, २०८१- १३:०१:००/ Tuesday 01-28-25

काठमाडौं । जुनादेवी सापकोटा बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ३, कालापाताल स्थित शिवालय आधारभूत विद्यालयकी शिक्षिका र सूचना अधिकारी हुन् । विद्यालय भवन बनाउने समथर जमिन समेत नभएको यो विद्यालयले दुई ठाउँमा भवन बनाएर विद्यार्थीहरु पढाइरहेको छ । तर विद्यालयको परिसरभित्र छिर्यो भने यसको भित्री सुन्दरता र शैक्षिक वातावरण बाहिरबाट अनुमान गरेभन्दा फरक भेटिन्छ ।
भवनभित्र विद्यार्थीका लागि पुस्तकालयसंगै पढ्ने कुनो ( रिडिंग कर्नर), कक्षा कोठाका भित्तामा विभिन्न चित्रहरु, स्मार्ट बोर्डको प्रयोगबाट पढाउँने अभ्यास अनि कार्यालय कोठामा राखिएको सूचना अधिकारीको नाम र सम्पर्क नम्बर देख्न सकिन्छ ।
त्यति मात्र होइन प्रहरीको सहायतासंग जोडिएका कुनै जानकारी लिन वा दिनका लागि भवनको बाहिर सम्पर्क नम्बर सहित प्रहरी सम्पर्क व्यक्ति(फोकल पर्सन)को विवरणसमेत देखिन्छ । पहिलो पटक पुग्ने जो कोहीलाई यो विद्यालयमा भएको अभ्यासबाट उत्साहित हुदै यस किसिमको सुधार कसरी संभव भयो भन्ने जिज्ञासा जाग्छ । विद्यालयका सबै क्रियाकलापको जवाफ सूचना अधिकारी जुनादेवी सापकोटाले दिने गर्छिन् ।
उनले हामीसंगको कुराकानीमा भनिन्, “”यो सुधारको मूल कारण सिकाई परियोजना हो । अनि यी सबै काम संभव र सजिलो भएको परियोजना अन्तर्गत स्थानीय सरकारले परिचालन गरेका ठूलीदिदीमार्फत् हो, जसले रातदिन नभनी गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय सरकारलाई जोड्ने र आवश्यक समान्यवसमन्वय तथा सहजिकरणको काम गर्छन् । ”
वि.स. २०७८ सालबाट हेम्पल फाउण्डेशनको आर्थिक तथा भिएसओ नेपालको प्राविधिक सहयोगमा बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा सुरु भएको सिकाइ परियोजनामार्फत आएका परिवर्तनबाट शिक्षक, अभिभावक, स्थानीय सरकार सबै उत्साहित छन् । उनिहरु सबै यो परिवर्तनका लागि मुख्य भूमिका खेल्ने माध्यम ठूलीदिदीको मान्दछन् ।
बागलुङ जिल्लाकै काठेखोला गाउँपालिकामा पनि सिकाइ परियोजनामार्फत आएका परिवर्तनका कारण जैमिनी नगरपालिकाका विद्यालायमा जस्तै उत्साह देखिन्छ । सिकाइ परियोजनाबाट सुरु भएको ठूलीदिदी परिचालन पालिकाका ४७ विद्यालयमध्ये २७ वटा विद्यालबाट सुरु भएको छ, जहाँ ठूलीदिदीहरुले उनीहरुले बालबालिकाको पढाईमा उल्लेखनीय नतिजा आउँने गरी मेन्ट मेन्टोरिङ र कोचिङ सहयोग काम गरेका छन् ।
दुईवटै पालिकामाहरूका बाँकी २० वटा विद्यालयहरुले समेत विद्यालय शिक्षामा सुधारका लागि ठूलीदिदीको माग गर्न थालेपछि स्थानीय सरकारले चालु आर्थिक वर्षमा आफ्नै बजेटमार्फत ठूलीदिदी सबै १ सय २१ विद्यालयहरुरुमा परिचालन कार्य विस्तार गरिएको छ ।
यी दुई पालिकामा भएका दुईवटा दृष्टान्तले शिक्षासंग सरोकार राख्ने सबै पक्षले अनुभूत गर्नेगरी भएका यस किसिमका परिवर्तनलाई संस्थागत र दीगो बनाउँने गरी निरन्तरता दिने स्थानीय सरकारको भनाइ छ । यस किसमको परिवर्तन ल्याउँन योगादन दिने स्वयंसेवक ठूलीदिदीहरु को हुन् भन्ने जिज्ञासा धेरैलाई जाग्न सक्छ ।
विपन्न समुदायका बालबालिकाको सिकाइ उपलब्धि बढाउने र विद्यालय शिक्षाबाट बञ्न्चित भएकाहरुलाई विद्यालय फर्काउने र टिकाइराख्ने काममा सहजिकरण गर्नका लागि परिचालित स्थानीय सामुदायिक स्वयंसेवक महिला नै ठूलीदिदी हुन् । उनीहरु यी दुई पालिकाका १ सय २१ वटा विद्यालायहरुमा हरुमा प्रति विद्यालय एक जनाका दरले परिचालित छन् । हरेक ठूलीदिदीको नेतृत्वमा १० जनाको स्थानीय स्वयंसेवक समूह पनि हुन्छ । उक्त समूहले पनि ठूलीदिदीको गुणस्तरीय शिक्षाको पहललाई समुदाय र विद्यालायमा सहयोग गर्छन् ।
ठूलीदिदीहरु निरन्तर रुपमा विद्यालाय जान्छन् पढाइमा कमजोर भएका तथा विद्यालाय बाहिर जाने जोखिममा रहेका विद्यार्थीको जानकारी लिन्छन् । ती विद्यार्थीहरुलाई विद्यालयका अतिरिक्त कक्षा कोठामा बालबालिकाहरुको अध्ययनमा सहयोग गर्ने देखि घरमा गएर अभिभावकलाई उनीहरुको अध्ययन प्रक्रियामा जोड्छन् ।
विद्यार्थीहरुलाई पनि घर तथा विद्यलायमा पढ्न प्रेरित गर्छन् । उनीहरुको यो तरिका निकै प्रभावकारी भएको छ । यही तरिकाको सहजीकरणले गर्दा बीचमा विद्यालय छोड्ने विद्यार्थीको संख्यामा उल्लेख्य सुधार आएको र विद्यलाय भर्नादर पनि शत प्रतिशत पुगेको पालिकाहरुको भनाइ छ । यो स्वयंसेवी स्थानीय अभ्यासले समग्र सामाजिक रुपान्तरणका लागि सानो लगानीबाट पनि समाजमा सबैले देख्ने परिवर्तन ल्याउँन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको स्थानीय सरकारको भनाइ छ ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पालिकामा विद्यालय भर्नादर शत प्रतिशत पुगेको र बीचैमा विद्यालय छाड्ने दर शुन्यमा झार्न सकिएको बताउँदै यसको मुख्य श्रेय ठूलीदिदीहरुलाई जाने बताउनुभयो ।
काठेखोला गाउँपालिका वडा नं ४ मा अवस्थित श्री मुक्तिनाथ आधारभूत विद्यालय, तंग्रामकी ठूलीदिदी अमृता पुन मगर भन्छिन्, “मैले कक्षा १२ सम्म पढेको छु । यो पढाइ भन्दा ३ वर्ष ठूलीदिदी भएर काम गर्दा सिकेको कुरा मेरा लागि उपयोगी र व्यवहारिक भएको छ । मैले बाल क्लबको बैठक, अभिभावक शिक्षक संघको बैठक, विद्यालय व्यवस्थापन समितिको बैठक, गाउँमा अभिभावक भेला बसाल्ने देखि यसको रिपोर्ट तयार गर्ने माइन्युट लेख्ने काम गर्न सिकें ।
विद्यालय उमेरका बालबालिकाहरुलाई भर्ना गर्ने देखि उनीहरुलाई विद्यालय र घरमा पढ्ने वातावरण बनाउँनमा सहयोग गर्ने भएकाले यो परिवर्तन संभव भएको अध्यक्ष थापाको भनाई छ । वास्तवमा सिकाइ परियोजना भन्दा पनि अभियान भएको छ । यो अभियानले समावेशी गुणस्तरीय शिक्षका लागि अरु पनि धेरै क्रियाकलापहरु संचालन गरेका छ । तर ती सबै क्रियाकलापमा सबैभन्दा बढी जोडिने ठूलीदिदीहरु भएकाले उनीहरुको भूमिका बढी हुने र यो भूमिका प्रशंसनीय रहेको जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन बताउँनुहुन्छ ।
उहाँको मूल्यांकनमा ठूलीदिदी परिचालनले विद्यालय बाहिर रहेका र पढाइमा कमजोर रहेका विद्यार्थीलाई गुणस्तरी शिक्षाको पहुँचमा ल्याउँने स्थानीय सरकारको अभियानलाई निकै ठूलो मद्दत मिलेको छ । अब यो अभियानलाई पालिकाभरी विस्तार गर्ने गरी ठूलीदिदीको संख्या थप्ने तयारीमा नगरपालिका लागेको उहाँको भनाई छ ।
कसरी सफल भए ठूलीदिदीहरु ?
सिकाइ अभियानको महत्वपूर्ण अंशको रुपमा रहेको ठूलीदिदी परिचालन दुबै पालिकाका लागि नयाँ अभ्यास थियो । यसका लागि सुरुमा उनीहरुलाई ४ दिनको तालिम दिइयो, जुन तालिममा खासगरी विपन्न तथा कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकालाई विद्यालयसंग जोड्ने, बीचैमा विद्यालाय छाडेकालाई विद्यालय फर्काउने र उनीहरुको सिकाइ स्तर बढाउनका लागि परिवार तथा विद्यलायसंग समन्वय र सहजीकरण गर्ने थियो । यही तालिम नै आफ्नो सफलता र अहिलेको चर्चाको मूल आधार रहेको ठूलीदिदीहरुको भनाई छ ।
उनीहरु बालबालिकासंग घनिष्ट र साथीत्वको सम्बन्ध स्थापित गर्छन् । यिनै सम्बन्धका आधारमा बालबालिकाका सबै समस्याहरु पहिचान गरी शिक्षक तथा अभिभावकसंग समन्वय गरेर तुरुन्तै समाधानका लागि पहल गर्छन् । यही व्यवहारिक अभ्यासले गर्दा ठूलीदिदी परिचालन भएका दूई पालिकाका १२१६० वटा विद्यालयमा उनीहरु विद्यालय शिक्षा सुधारका दुत बनेका छन् । यो संगै आफ्नो व्यक्तित्व र क्षमता बढाउँन समेत सहयोग पुगको उनीहरुको भनाई छ ।
काठेखोला गाउँपालिका वडा नं ४ मा अवस्थित श्री मुक्तिनाथ आधारभूत विद्यालय, तंग्रामकी ठूलीदिदी अमृता पुन मगर भन्छिन्, “मैले कक्षा १२ सम्म पढेको छु । यो पढाइ भन्दा ३ वर्ष ठूलीदिदी भएर काम गर्दा सिकेको कुरा मेरा लागि उपयोगी र व्यवहारिक भएको छ । मैले बाल क्लबको बैठक, अभिभावक शिक्षक संघको बैठक, विद्यालय व्यवस्थापन समितिको बैठक, गाउँमा अभिभावक भेला बसाल्ने देखि यसको रिपोर्ट तयार गर्ने माइन्युट लेख्ने काम गर्न सिकें ।
स्थानीय सरकारसंग समन्वय गर्ने देखि उहाँहरुसंग शिक्षाको सुधारका लागि छलफल गर्ने काम पनि गर्छु । उहाँहरुले पनि बोलाउनुहुन्छ । त्यसैले ठूलीदिदी भएर काम गर्न पाउँनु मेरो जीवनको सबैभन्दा उपलब्धिपूर्ण र आत्मसन्तुष्टिको काम मानेको छु । ”
अमृताले जस्तै ६० जना ठूलीदिदीले यो कार्यलाई आफ्नो व्यक्तित्व विकास र समाजका लागि योगदान दिन सकेको कार्यको रुपमा गर्व गर्छन् । दिव्यज्योति प्राथमिक विद्यालय, जैमिनी नगरपालिका, ४ बागलुङकी ठूलीदिदी विपना नेपाली यो कार्यबाट आफ्नो आत्मविश्वास बढेको बताउँदै भन्छिन् “ ८३ घर दलित रहेको स्थानमा हाम्रो विद्यालयमा पहिले विद्यार्थीहरुलाई विद्यालय ल्याउँन निकै अप्ठ्यारो थियो ।
अभिभावकहरुले पनि बालबालिकालाई विद्यलाय पठाउँन त्यति चासो दिएका थिएनन् । तर अहिले सबै घरका सबै बालबालिका विद्यालय आउँछन् । अभिभावकमा पनि बालबालिकाको पढाइ सम्बन्धी ठूलो परिवर्तन आएको छ । यो देख्दा निकै खुसी लाग्छ ।सबै मिलेर काम गर्दा परिवर्तन संभव हुने रहेछ । ”
उनीहरुले गरेका काम र भएका परिवर्तनका कारण आजभोली रातो कुर्ता सलवारमा सेतो सल भिरेरे विद्यालय र समुदाय जहाँ पुगे पनि हजुरबा-आमा उमेरकाले समेत ठूलीदिदी भन्छन् । त्यसैले स्थानीय सरकार तथा विद्यालयका लागि उनीहरु शैक्षिक सुधार अभियानका ब्राण्ड व्यक्तित्व बनेका छन् ।
अहिले त गाउँमा ठूलीदिदीको प्रभाव यतिसम्म परेको छ की सबै समस्याको समाधान ठूलीदिदीसंगै छ भन्ने विश्वास जाग्न थालेको छ । समाजको यस किसिमको विश्वास नै हाम्रो खटाइको उर्जा भएकाले यस अभियानलाई आगामी दिनमा पनि आफ्नो व्यक्तिगत तर्फबाट समेत योगदान गर्न तयार रहेको अधिकांश ठूलीदिदीहरु बताउँछन् ।
चुनौति चिर्दै अघि बढ्दा सफलता
यो परिवर्तन र पहिचान सजिलै प्राप्त भएको भने होइन । सिकाई अभियानको सुरुवात गर्दा कतिपय स्थानमा अभिभावकलाई बालबालिकाहरुको पढाइको महत्व बुझाउँनै गाह्रो भएको तर निरन्तरको प्रयासपछि उनीहरुलाई बुझाउन सकिएको ठूलीदिदीहरुको अनुभव छ । यस सन्दर्भमा दलित उत्थान आधारभूुत विद्यालय, जैमिनीकी ठूलीदिदी देवी शर्मा भन्छिन्, “’सुरुसुरुमा त छोराछोरी विद्यालय गए नगएको अभिभावकलाई मतलबै थिएन ।
यस बारेमा सम्झाउँन खोज्दा हाम्रा कुरा सुन्नै चाहदैनथे । कतिपयले त मलाई देख्नेबित्तिकै ढोका लगाएर बस्थे । तर शिक्षाको महत्व र यसबाट भविष्यमा बालबालिकाले लिन सक्ने फाइदाका बारेमा सम्झाएँ । बालबालिकालाई विद्यालयले दिने सेवा सुविधाका बारेमा पनि जानकारी दिएँ । अहिले उनीहरुले नै हामीलाई सहयोग गर्छन् । ”
भौगोलिक विकटताले गर्दा कतिपय अभिभावकलाई भेट्न दुई तीन घण्टाको बाटो हिंडेर जानुपर्ने, खोला-खोल्सा र जंगलको बाटोजस्ता कुराहरु पनि चुनौति रहेको उनीहरुको भनाई छ । तर शिक्षामा आएको परिवर्तन र समाजमा बढेको आफ्नो पहिचानले गर्दा यस्ता चुनौतिलाई चिर्दै अघि बढ्ने आत्मविश्वास उनीहरुमा देखिन्छ ।
अहिले त गाउँमा ठूलीदिदीको प्रभाव यतिसम्म परेको छ की सबै समस्याको समाधान ठूलीदिदीसंगै छ भन्ने विश्वास जाग्न थालेको छ । समाजको यस किसिमको विश्वास नै हाम्रो खटाइको उर्जा भएकाले यस अभियानलाई आगामी दिनमा पनि आफ्नो व्यक्तिगत तर्फबाट समेत योगदान गर्न तयार रहेको अधिकांश ठूलीदिदीहरु बताउँछन् ।