बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण
-
नेटिजन संवाददाता
- शुक्रबार, २५ माघ, २०८१- ११:१७:००/ Friday 02-07-25
![](https://netizennepal.com/uploads/news/images/ambulance2022-05-27-12-34-17.png)
काठमाडौं ।बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो। मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ।
एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी १ देखि ५ किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ। तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ। रासस।